Thursday, June 28, 2012


डिसीनेपाल डटकम संवाददाता - पेट्रोलियम पदार्थमा भएको अधिक मुल्य वृद्धिका कारण सवारी साधनको भाडा बढ्ने भएको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको निर्णय
ले डिजेलबाट चल्ने यात्रुवाहक सवारी साधनको भाडामा ३ दशमलव ७५ प्रतिशत र मालबाहकमा ४ देखि  ४ दशमलव ५ प्रतिशतले भाडा बढाउने भएको हो ।

विभागले निर्णयलाई आइतवार यातायात मन्त्रालयमा पठाएर मन्त्रालयबाट विभागको निर्णयमा सहमती भए पछि नयाँ भाडादर लागु हुने विभागले जनाएको छ । यसअघि गत चैतमा पनि सार्वजनिक सवारीको भाडा बढाइएको थियो ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अव मन्त्रालयलाई सहमतिका लागि सिफारीस गर्ने र त्यहाँबाट सहमति भएर आएपछि नयाँ भाडा लागु हुने बताए । चैतमा बढाईएको भाडा दुई पटक डिजेलको मुल्य बढेकाले मात्र भाडा बढाउन लागिएको श्रेष्ठले बताए ।

श्रेष्ठले भाडा वैज्ञानिक आधारमा बढाएकाले आफुले बृद्धिबारे केही बोल्न नमिल्ने बताए पनि उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जगन्नाथ मिश्रले व्यवसायीको दवावमा सरकारले एकतर्फि रुपमा बढाएको भाडा उपभोक्तलाई मान्य नहुने बताए । उनले भने, "पेट्रोलियम पदार्थको मुल्य बृद्धिसँग भाडा बढाउनु जायज भएपनि एक पक्षिय भाडा बृद्धि सही होइन ।" एक पक्षिय रुपमा भएको भाडा वृद्धिले आर्थिक चलखेल र अनियमिता भएको आरोप समेत लगाए ।