| Advertisements |
Saturday, May 18, 2013
वामी-विश्व सम्पर्क मंचको गठन, गुल्मी प्रशासनमा दर्ता
वामी, हाल: स्विडेन । वामीबासीको लागि खुशीको खबर ! समयको बहाब र बिकासको गतिसंगै विभिन्न आकांक्षा पूर्ति गर्ने उदेश्यले वामीबासी युबाहरु देश-बिदेशमा अध्यनरत र बिबिध पेशामा कार्यरत छन्। साथसाथै तराइ र काठमाडौँमा बसाइ सराइ गर्ने तथा विदेशी राहधानी लिने बढ्दो क्रमले गर्दा वामीमा युवा जनशक्ति कम हुदै गएको छ। यसै परिबेशमा देश बिदेशमा रहेका वामेली उर्जाशील युवाहरुको सक्रियतामा "वामी-विश्व सम्पर्क मंच" नामक संस्थाको स्थापना भइ जिल्ला प्रशासन कार्यालय, तम्घासमा मिति २०७० बैशाख २७ गते दर्ता भएको छ (दर्ता न. ६४/०६९/७०) ।
यस संस्थाको प्रमुख उदेश्य विश्वका विभिन्न देशमा बसोबास गर्ने वामीबासीहरुको बिचमा सुमधुर सम्पर्क कायम गर्दै वामीमा शिक्षा, स्वास्थ्य लगायत अन्य बिबिध क्षेत्रमा चौतर्फी विकास गर्नु हो। पछिल्लो समयमा द्रुत गतीमा विकास भएको इन्टरनेट प्रविधिको उपयोग गर्दै स्काईप र फेसबुकको माध्यमबाट सम्पर्क बिस्तार गरी चरणवद्ध कन्फेरेन्स मिटिंगहरुबाट यो संस्थाको जन्म भएको हो। संस्थामा साधारण र आजिबन सदस्य गरी दुइ प्रकारका सदस्यताको व्यवस्था छ। वामीका बासिन्दा सबै, पुर्ख्यौली घर वामी भएका सबै, मैदान/टक्सारको बिध्यालयमा अध्ययन गरेका अन्य जुनसुकै ठाऊँका व्यक्तिहरु तथा छिमेकी गा. बि. स. का इच्छुक व्यक्ति समेत यस संस्थाका साधारण र आजिबन सदस्य हुने प्राबधान छ ।
हाललाई फेसबुक र स्काइप मार्फत इन्टरनेटमा पहुँच हुने साथीहरुको बिचमा भएको सम्पर्कको आधारमा मात्र पनि ७८१ साधारण र १७७ आजिबन सदस्य संख्या पुगिसकेको छ। आजिबन सदस्य हुनको लागि एक पटक मात्र रु. ५०००/ (पाँच हजार) संस्थाको खातामा जम्मा गर्नु पर्नेछ, जुन रकमबाट संस्थाले अक्षयकोषको स्थापना गर्नेछ भने अन्य सहयोग र आर्थिक स्रोतबाट आफ्ना कार्ययोजना संचालन गर्नेछ। वामीमा नियमित कार्य सम्पन्न गर्नको लागि एउटा कार्यसमिति हुनेछ भने बिश्व भरिका वामीबासीहरुबाट एउटा समन्यव समिति गठन हुनेछ र देश बिदेशका विभिन्न ठाउँमा स्थानीय समितिहरु हुनेछन । तदनुरुप वामीमा श्री ज्ञानहरि सापकोटाको अदक्ष्यतामा १३ सदस्यीय कार्यसमिति गठन भैसकेको छ भने बिश्वब्यापी रुपमा समन्वय समिति गठन हुने प्रक्रियामा छ ।
यस संस्थाका केही योजना र अन्य गतिबिधिहरु वामी-विश्व सम्पर्क मंचको फेसबुक पेजमा हेर्न सकिन्छ । केही साथीहरुको अगुवाइमा बिगत एक वर्षदेखि प्रवासी सम्पर्क संगम वामीको नामबाट फेसबुक पेज संचालन हुदै आएकोमा सम्पूर्ण वामीबासीको बीचमा छलफल भएर यसकै आधारमा वामी-विश्व सम्पर्क मंचको नामाकरण भएको हो । यसको स्थापना र नामाकरणमा थुप्रै जागरुक वामेली युबाहरुको अपुर्ब योगदान छ तापनि प्रतिनिधिमुलक रुपमा उल्लेख गर्नुपर्दा काठमाडौँबाट प्रा. डा. तारा प्रसाद सापकोटा, डा. ज्ञानबहादुर थापा (हाल: स्वीडेन), अमेरिकाबाट डा. इश्वरी प्रसाद पाण्डे, हरि नारायण सापकोटा, चेक रिपब्लिकबाट बैकुण्ठ रायमाझी, बेलायतबाट दुर्गा सापकोटा, होमेन्द्र भण्डारी, वामीबाट महेश जि. सी., भुवन के. सी., कृष्ण हरी सापकोटा, मोहन लाल श्रेष्ठ, ज्ञानहरि सापकोटा, चितवनबाट इ. कृष्ण चालिसे, जापानबाट बोधशाली गौतम, सुरेश के. सी., सोम रायमाझी, दुर्जन रायमाझी, सुनिल सापकोटा, रामलाल सापकोटा, दिलिप थापा, टेक भण्डारी, पारस बोहोरा, कतारबाट यदु घिमिरे, बहराईनबाट डि.बि. बोहोरा, अस्ट्रेलियाबाट टंक कंडेल लगायतको भूमिका उल्लेख्य छ ।
गुल्मि न्युज बाट सबार

गुल्मेली समाज जापानको अधिवेशन जून १६ मा
टोकियो
"आफ्नो जिल्ला, आफ्नो गाऊँ, हामी सबै मिली बनाऔं" भन्ने मूल नाराका साथ गुल्मी जिल्लाबाट जापान आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुल्मेलीहरुको समाज गुल्मेली समाज जापानले आगामी जुन १६ तारिख आईतवारका दिन दोश्रो अधिवेशन तथा घोषणा सभाको आयोजना गर्न गईरहेको छ ।
गत मे ११ तारिख शनिवारका दिन टोकियोमा बसेको वैठकले अधिवेशन सफल पार्नको लागि विभिन्न विभागहरुको गठन गरेको छ । जसअनुसार प्रचार-प्रसार विभागमा वावुराम भण्डारी, हल व्यवस्थापनमा राजु ढकाल, आर्थिक व्यवस्थापनमा कुलचन्द्र खरेल, पत्राचारमा मोहन रायमाझी, वार्षिक प्रतिवेदन तथा विधान मस्यौदामा शालिकराम भण्डारी र मिडियामा सुरेश केसी संयोजक रहनुभएको छ ।
अधिवेशनमा जापानमा रहनु भएका सम्पूर्ण गुल्मेलीहरुका साथै अन्य जापानवासी नेपालीहरुलाई पनि उपस्थितिको लागि समाजले हार्दिक निमन्त्रणा गरेको छ ।
न्युज गुल्मि न्युज बाट सबार

Subscribe to:
Comments (Atom)