Friday, July 19, 2013

रुपकोटमा पहिरोले बगाउँदा एक युवती घाईते

गुल्मिको रुपाकोटमा शुक्रबार बिहान पहिरोले बगाउँदा एकजना घाईतेका छन । रुपाकोट चिउरेनी (बोटे गाउँ) की २० बर्षिया सावित्रा माझीलाई रुपाकोट स्थित भिरबाटोमा शुक्रबार बिहान गएको पहिरोले बगाएको हो । आफ्नो घरबाट सोता मेलामा काम गर्न हिँडेकी माझिलाई भिरबाटोमा केही साता पहिला झरेको पहिरो पार गर्दै गर्दा पुन: पहिरो गएर करीब ५० मिटर तल बडिघाट खोलाको छेउमा पुर्याएको प्रत्यक्षदर्शी पाण्डव गौतमले गुल्मीन्युज डट कमलाई बताए ।
माझिको स्थानीय सहित घटनास्थलमा रहेका मजुवाका युवाहरुले उद्दार गरेका थिए । पहिरोमा परेर खुट्टा भाँचिएकी माझिलाई मजुवाका केही युवाहरुले आफु स्वंय र सिस्नेखोलाबाट बुटवल चल्ने अनी सोता हुँदै वामी चल्ने केही सवारी साधनहरुबाट सहयोग उठएर उपचारको लागि पाल्पा पठाएको मजुवाबाट पाण्डब गौतमले खबर पठाएका छन ।
झन्डै २ महिना पहिले रुपाकोटको भिरबाटोमा गएको पहिरो खोल्न जिबिसले बेवास्ता गर्दा सवारीसाधनहरु चल्न सकेका छैनन भने यात्रु तथा स्थानियहरु यसरी जोखिम मोल्दै हिँड्न वाध्य छन । तस्बिर: पाण्डव गौतम

वोर्डले रेग्मी र कार्कीलाई उपचारको लागी रकम दिने

डिसीनेपाल डटकम संवाददाता - चलचित्र विकास वोर्डले फिल्मकर्मी प्रति कोमलता देखाएको छ । साउन ३ मा बसेको विकास वोर्ड बैठकले वोर्ड सञ्चालक समितिको सिफारिस माथि सहमती जनाउँदै फिल्म निर्देशक शिव रेग्मी र अभिनेता अर्जुन कार्कीलाई उपचारको लागी रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

दुई वटै मृगौला फेल भएका निर्देशक रेग्मीलाई ५ लाख र सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई खुट्टाका औला गुमाएका अभिनेता कार्कीलाई वोर्डले २ लाख रुपैयाँ  उपलब्ध गराउने भएको हो ।

चलचित्र कल्याणकारी कोषको उक्त रकमलाई केही दिनमै निर्देशक रेग्मी र अभिनेता कार्कीलाई वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले हस्तान्तरण गर्ने कार्यक्रम रहेको वोर्ड प्रवत्ता अनुपम निरौलाले  जानकारी गराए।

नेपाली फिल्म क्षेत्र प्रती निर्देशक रेग्मीको योगदान र अभिनेता कार्कीको साहषलाई कदर गर्दै उहाँहरुको उपचार्थ यो रकम निकाशा गरिएको हो प्रवत्ता निरौलाले भने । दर्जन भन्दा बढी सफल फिल्मका निर्देशक रेग्मीलाई उपचार खर्च उपलब्ध गराउन बिभिन्न संघसंस्था एवम् व्यक्ति लागि परेका छन् ।

आफन्त, ए मेरो हजुर, सुख दुःख, कहाँ भेटिएलाका हिट निर्देशक रेग्मीको केही दिनमा ओम हस्पिटलमा एउटा मृगौला प्रत्यारोपण गरिनेछ । निर्देशक रेग्मीका आफ्नै कान्छा भाईले मृगौला दिंदैछन् ।

यस्तै सञ्चारकर्मी अनुप भट्टराईको पहलमा एनआरएन इशा गुरूङले ५० हजार रूपैंया निर्देशक रेग्मीलाई सहयोग स्वरूप उपलब्ध गराएकी छिन् ।






 
Comments
 
 
Post Comments
Full Name
EmailAddress
Website
Comment
 
 

एक व्यक्ति, दुई नाम, तीन नागरिकता

एक व्यक्ति, दुई नाम, तीन नागरिकता

 
गुल्मी, २ साउन / एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको खुलेको छ । विवाह भइसकेकी ती महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भएको नागरिकता निकालेर पुन: विवाह गरेकी छिन् । उनले विवाह गर्दै अ...ंश माग्ने गरेकी छिन् ।

दिगाम–७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लीकोट–१ का लिलबहादुर झाँक्रीको श्रीमतीका रूपमा ४११०१७/६५७११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ७ कात्तिक ०६५ मा अविवाहिताका रूपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् ।
उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक–फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ ।
गिरीले पहिलो नागरिकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीका रूपमा र दोस्रो नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा हस्ताक्षर गरी जारी गरेका छन् । नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभिन्न प्रमाणपत्रमा पनि फरक–फरक नाम राखेकी छन् ।
झाँक्रीले दोस्रो नागरिकताको आधारमा नागरिकता जारी भएको २२ दिनपछि २१ कात्तिक ०६५ मा नेपाली राहदानीको प्रमाणपत्रसमेत बनाएकी छन् । पहिलो श्रीमान्को मृत्युपछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्द बानियाँसँग विवाह गरेकी उनले दोस्रो पतिको पनि काठमाडौंमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराइदिन भनेपछि विवाद हुँदा उनको तीनवटा नागरिकता रहेको खुलेको हो ।
विवादपछि म्याग्दी जिल्ला अदालतमा परेको मुद्दामा किर्ते कागजात बनाएको अभियोगमा आफैँ कारबाहीमा परेपछि उनले मुन्द्रेहरूलाई ल्याएर धम्क्याउन थालेको बानियाँले बताए । ‘म्याग्दी जिल्ला अदालतको मुद्दामा हाम्रो विवाह बदर हुने र उसलाई नक्कली कागजातको सजाय भएपछि मुन्द्रे र गुन्डा बोलाएर धम्क्याउन थाली,’ उनले भने, ‘कानुन नै हातमा लिएपछि त के लाग्यो र हैरान भइयो ।’
ती महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमान्बाट दुई छोरा छन् । ०६५ मा श्रीमान्को मृत्युपछि उनले तुरुन्तै ४ कात्तिक ०६५ मा छोराहरूको संरक्षकका रूपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेकी थिइन् । त्यसको केही दिनपछि नै अविवाहिताका रूपमा नाम र जन्ममितिसमेत परिवर्तन गरी माइतीबाट नागरिकता लिएकी थिइन् ।

म्याग्दी जिल्ला अदालतका तत्कालीन न्यायाधीश विनोदप्रसाद शर्माको इजलासले १२ मंसिर ०६९ मा जालसाज गरेको ठहरमा झाँक्रीलाई मुलुकी ऐन किर्ते कागजको महल १० बमोजिम दुई सय रुपैयाँ जरिवाना गरी विवाहसमेत बदर गर्ने फैसला गरेको थिए । त्यसपछि आफूले अदालतमा न्याय नपाउने देखेर हरिकलाले नेता र गुन्डा गुहारेर आफूलाई दु:ख दिने गरेको बानियाँले बताए । साभार :गगनशिला खड्का ।
: एक व्यक्ति, दुई नाम, तीन नागरिकता गुल्मी, २ साउन / एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको खुलेको छ । विवाह भइसकेकी ती महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भएको नागरिकता निकालेर पुन: विवाह गरेकी छिन् । उनले विवाह गर्दै अंश माग्ने गरेकी छिन् । दिगाम–७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लीकोट–१ का लिलबहादुर झाँक्रीको श्रीमतीका रूपमा ४११०१७/६५७११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ७ कात्तिक ०६५ मा अविवाहिताका रूपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् । उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक–फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ । गिरीले पहिलो नागरिकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीका रूपमा र दोस्रो नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा हस्ताक्षर गरी जारी गरेका छन् । नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभिन्न प्रमाणपत्रमा पनि फरक–फरक नाम राखेकी छन् । झाँक्रीले दोस्रो नागरिकताको आधारमा नागरिकता जारी भएको २२ दिनपछि २१ कात्तिक ०६५ मा नेपाली राहदानीको प्रमाणपत्रसमेत बनाएकी छन् । पहिलो श्रीमान्को मृत्युपछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्द बानियाँसँग विवाह गरेकी उनले दोस्रो पतिको पनि काठमाडौंमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराइदिन भनेपछि विवाद हुँदा उनको तीनवटा नागरिकता रहेको खुलेको हो । विवादपछि म्याग्दी जिल्ला अदालतमा परेको मुद्दामा किर्ते कागजात बनाएको अभियोगमा आफैँ कारबाहीमा परेपछि उनले मुन्द्रेहरूलाई ल्याएर धम्क्याउन थालेको बानियाँले बताए । ‘म्याग्दी जिल्ला अदालतको मुद्दामा हाम्रो विवाह बदर हुने र उसलाई नक्कली कागजातको सजाय भएपछि मुन्द्रे र गुन्डा बोलाएर धम्क्याउन थाली,’ उनले भने, ‘कानुन नै हातमा लिएपछि त के लाग्यो र हैरान भइयो ।’ ती महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमान्बाट दुई छोरा छन् । ०६५ मा श्रीमान्को मृत्युपछि उनले तुरुन्तै ४ कात्तिक ०६५ मा छोराहरूको संरक्षकका रूपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेकी थिइन् । त्यसको केही दिनपछि नै अविवाहिताका रूपमा नाम र जन्ममितिसमेत परिवर्तन गरी माइतीबाट नागरिकता लिएकी थिइन् । म्याग्दी जिल्ला अदालतका तत्कालीन न्यायाधीश विनोदप्रसाद शर्माको इजलासले १२ मंसिर ०६९ मा जालसाज गरेको ठहरमा झाँक्रीलाई मुलुकी ऐन किर्ते कागजको महल १० बमोजिम दुई सय रुपैयाँ जरिवाना गरी विवाहसमेत बदर गर्ने फैसला गरेको थिए । त्यसपछि आफूले अदालतमा न्याय नपाउने देखेर हरिकलाले नेता र गुन्डा गुहारेर आफूलाई दु:ख दिने गरेको बानियाँले बताए

Wednesday, July 3, 2013

साउदीमा सात वर्षसम्म सम्पर्कविहीन महिलालाई उद्धार

साउदी अरबस्थित नेपाली दूतावासले सात वर्षसम्म परिवारसँग सम्पर्कविहीन भएर घर फिर्न वञ्चित एक घरेलु महिला कामदार (हाउसेड) लाई उद्धार गरेको छ ।
साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार झन्डै ३५ वर्ष कटेकी चित्रमाया घिमिरेलाई पाउनुपर्ने तलब दिलाई उद्धार गरिएको हो । साउदीमा परिवारको सम्पर्कमा नरहेका महिलाको संख्या बढी नै रहेको दूतावासको भनाइ छ । 'उनी सात वर्षदेखि परिवारको सम्पर्कमा थिइनन् । परिवारले खोजीका लागि निवेदन दिएको थियो,' उनले भने, 'स्पोन्सर पत्ता लगाएर उनी बस्दै आएको घर पुगेर उद्धार गरिएको हो ।'
राजदूत पाण्डेले घिमिरेले आएदेखि मालिकबाट तलबसमेत नपाएको बताए । 'उनले सात वर्षको तलब ३५ हजार रियाल पाउन बाूकी देखियो,' उनले भने, 'स्पोन्सरलाई त्यो पैसा दिलाउन लगाइयो ।'   
तीन बच्चाकी आमा घिमिरेले प्राप्त रकम स्वदेश पठाइसकेकी छन् । 'आफूले पाउनुपर्ने तलब पाएपछि खुसी हुूदै घिमिरे स्वदेश गएकी छन्,' राजदूत पाण्डेले भने । घिमिरे भारत हुूदै साउदी पुगेका थिइन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पाण्डेले बताए ।
दूतावासले रियादबाट झन्डै १८ सय किमि टाढा रहेकी गंगा बराललाई पनि उद्धार गरी स्वदेश पठाएको छ । इरानको बोर्डर नजिक रहेको जिजानमा रहेकी बराललाई उद्धार गर्न निकै कठिनाइ परेको थियो  । बराललाई घरमालिक्नीले यातना दिूदै आएकी थिइन् ।
'उनलाई उद्धार गरेर रियाद ल्याउन मात्रै ६० हजार रुपैयाू खर्च भएको छ,' राजदूत पाण्डेले भने, 'हामीले स्पोन्सर पत्ता लगायौं । उनी त्यस घरबाट निस्केर हस्पिटलमा काम गर्ने नेपाली महिलाहरूको सम्पर्कमा गएर बसिन् । त्यहाूबाट उनीलाई लिएर दूतावास ल्याइएको हो ।' 

साउदीमा नेपाली युवतीको जीवनरक्षाको पहल

काठमाडौ, चैत्र २६ - दोहा घरेलु कामका लागि साउदी अरब पुगेकी एक नेपाली युवतीले आफ्नै घर माल्किनीको दुई वर्षे बच्चाको हत्या गरेको स्वीकारेपछि उनलाई मृत्युदण्डको सजायबाट जोगाउन नेपाली दूतावासले कूटनीतिक पहल थालेको छ । यसका लागि दूतावासले स्थानीय गभर्नरबाट वार्ता थालेको छ । तनहुँकी परियार थरकी ती युवतीले पाँच महिनाअघि बच्चाको हत्या गरेको स्वीकार गरेकी छिन् ।
उच्च शिक्षा अध्ययन गरेकी ती युवतीले नियमित घर मालिक्नीबाट हुने गरेको यातना सहन नसकेर रिसको झोकमा बच्चाको हत्या गरेको बयान दिएकी छिन् । 'मलाई नियमित यातना दिने गर्थी,' ती युवतीको भनाइ गर्दै राजदूतले भने, 'एक बिहान घरमालिक्नी पिटेर बाहिर गएकी थिई । त्यही झोकमा अगाडि देखेको बच्चालाई मारिदिएकी हुँ ।'  
'यो अहिलेसम्म निकै गम्भीर मुद्दा हो । ती युवतीले लिखित र मौखिक रूपमा प्रहरीदेखि अदालतसम्म हत्याको जिम्मेवारी लिइसकेको अवस्था छ,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, 'अब तिनको जीवन कसरी जोगाउने भन्नेमा निकै चिन्तित छौं ।' साउदीमा हत्या अभियोगलाई स्वीकार गर्नासाथ अदालतले मृत्युदण्ड दिने गर्छ । दूतावासका अनुसार अब अदालतबाट फैसला आउन मात्रै बाँकी छ । दूतावासले अदालतबाट आउनसक्ने सम्भावित फैसलालाई मध्यनजर गरी कूटनीतिक पहल थालेको हो । 'फैसला हुनेबित्तिकै कूटनीतिक रूपमा जोगाउन गाह्रो हुन्छ भनेर स्थानीय गभर्नरसँग वार्ता सुरु भइसकेको छ,' राजदूत पाण्डेले भने, 'गभर्नरले फैसला चाँडो नगरौंला भनेर आश्वासन दिएको छ ।'
साउदी राजधानी रियादबाट १ हजार ८ सय किमि टाढा अरर भन्ने ठाउँमा घटना भएको हो । राजदूत पाण्डेले माफी दिन वा क्षतिपूर्ति लिएर माफी दिन पीडित परिवारसँग उच्चस्तरबाट सम्पर्कको प्रयास भइरहेको जनाए । साउदीमा अदालतले मृत्युदण्ड दिए पनि पीडित पक्षले माफी दिए पीडकलाई माफी हुने गरेको छ । 'परिवारले माफी नदिने हो भने अरू कुनै उपाय छैन,' उनले भने, 'त्यसका लागि परिवारलाई बुझाउन गभर्नर, प्रहरीका अधिकृत हँुदै मन्त्रीसम्मलाई वार्ता गर्न अनुरोध भइरहेको छ ।' प्ााण्डेका अनुसार परिवार क्षतिपूर्ति लिन तयार भए कोष स्थापना गर्ने योजना छ । साउदीमा ज्यान मुद्दाको अभियोगमा आधा दर्जन जति नेपाली जेलमा छन् ।

- See more at: http://www.ekantipur.com/np/2069/12/26/full-story/365859.html#sthash.nuvkf5xM.dpuf

साउदीमा आममाफीको अवधि थपियो

असार १९ - साउदी अरबले दुई महिने आममाफीको समय बुधबारबाट अरू चार महिना बढाएको छ । कागजात नभएर अलपत्र हजारौं नेपालीलाई यसबाट ठूलो राहत पुगेको छ ।
साउदीले गैरकानुनी कामदारलाई जुलाई २ अर्थात् असार १८ गतेसम्मका लागि आममाफी दिएको थियो । नेपाललगायत विभिन्न देशले त्यसको समय थप्न गरेको लिखित आग्रहलाई सुनुवाइ गर्दै चार महिना (नोभेम्बर २ सम्म) समय दिइएको हो ।
परिचयपत्र र राहदानीजस्ता कागजात साथमा नभएर साउदीबाट नेपाल जान नसकेका कम्तीमा १० हजार नेपालीलाई यसबाट लाभान्वित हुने त्यहाँको नेपाली दूतावासले जनाएको छ ।
'विमानस्थलबाटै स्पोन्सरमा नपुगेका, स्पोन्सरमा पुगेर परिचयपत्र नबनाई भागेका कामदार स्वदेश फिर्नबाट वञ्चित हुनुपरेको छ,' साउदीका लागि नेपाली राजूदत उदयराज पाण्डेले भने, 'त्यस्ता कामदार कम्तीमा १० हजार थिए । अब उनीहरूलाई ठूलो राहत मिलेको छ ।'
अर्कातर्फ ट्राभल डकुमेन्ट -आउटपास) पाएर स्वदेश फिर्न नसकेकाको हकमा के हुने भनेर अन्योल भइरहेको बेला आममाफीको समय बढेपछि तिनलाई पनि सजिलो भएको उनले बताए । 'अब सबै नेपालीलाई उद्धार गरेर पठाउन सक्ने आँट आएको छ,' उनले भने ।
दुई महिने समयमा दूतावासले ३५ हजार नेपालीलाई ट्राभल डकुमेन्ट दिएको थियो । उनीहरू पनि विमानस्थलबाट र्फकनुपरेको थियो । आफूलाई उपलब्ध गराएको नम्बर विमानस्थल नपुगिसकेका, साउदी अबरमा अवैधानिक तवरले भित्रिएका, अदालतमा मुद्दा परेका र छिनोफानो भइनसकेका, व्यक्तिगत विवरण गलत भएका, अध्यागमनमा फिंगर पि्रन्ट नभएका र ट्राफिक प्रहरीमा जरिवाना तिर्न बाँकी रहेकाहरू स्वदेश फिर्न नपाएको दूतावासले जनाएको छ ।
घर फिर्न नपाएकाहरू अझै सार्वजनिक पार्क, सडक वा खुला चौरमा बसिरहेका छन् । दिनभर चर्को घाममा बसेकाहरू रातभर खुला चौरमा खजुरको बोटमुनि बस्न बाध्य भएका छन् । जेद्दामा आक्रोशित भीडबाट दूतावासबाट खटी गएका कर्मचारीलाई आक्रमणको प्रयास गरिएको थियो ।
साउदीमै सबैलाई काम नगरेको भन्दै इन्डोनेसियालीले दूतावासमै आगो लगाइदिएका थिए । त्यसमा एक जना महिला कामदारको भीडमा लडेर ज्यान गएको थियो ।  
आममाफीको समयमा हजारौं नेपालीलाई उद्धार गर्न काठमाडौंबाट सरकारले आवश्यकताअनुसार बजेट र कर्मचारी उपलब्ध नगराएकाले जटिल समस्या परेको राजदूत पाण्डेले बताए । 'यहाँ कामदारको समस्या जीवनसँग जोडिएको छ,' उनले भने, 'यस्तो बेला सरकारसँग खाना र बस्न आपतकालीन बजेट माग्दा पनि पाइएको छैन ।' साउदीमा ७० हजार गैरकानुनी कामदार रहेको अनुमान गरिएको छ ।
सेल्टरमा १२५ पुगे
आममाफीमा घर फिर्न नेपाली दूतावासको सेल्टरमा बस्ने नेपाली महिलाको संख्या १ सय २५ सम्म पुगेको छ । यो अहिलेसम्मको उच्च हो । ३५ जना पनि नअट्ने सेल्टरमा यति धेरै महिला थुपि्रएपछि दूतावासले वैकिल्पक व्यवस्था गर्नुपरेको छ । 'अहिले गर्मीको सिजन छ । बाहिरै घेरेर बस्न मिल्ने गरी वैकल्पिक व्यवस्था गरेका छौं,' राजदूतले भने, 'जसरी पनि राख्नुपरेकै छ ।'