नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई दिने सरकारको तयारी आवश्यक नभएको अन्तरिम आदेश सर्वोच्चले दिएको छ ।
त्रिभुवन विमानस्थलको व्यवस्थापन गर्न भारतीय कम्पनीलाई दिने सरकारी तयारीको विरुद्धमा परेको रिटमा आइतबार सर्वोच्चका तीन न्यायाधीशको विशेष इजालासमा सुनाइ गर्दै उक्त तयारी रोक्न आदेश दिएको हो । सुनुवाइका क्रममा न्यायाधिशका बिचमा राय बाझिएको भए पनि बहुमत न्यायाधिशको तर्क नदिने विषयमा भएपछि यस्तो आदेश आएको हो ।
सर्वोच्चका न्यायाधीश सुशीला कार्की, तर्कराज भट्टले मुलुकको सार्वभौम सुरक्षामा आँच आउने भएकाले सरकारी तयारी रोक्नुपर्ने तर्क प्रस्तुत गरे भने न्यायाधीश रामकुमार प्रसाद साहले देशको आन्तरिक सुरक्षामा यसको कुनै प्रभाव नदेखिएकाले अन्तरिम आदेशको आवश्यकता नभएको बताएका थिए ।
अन्तत विदेशी तयारी आवश्यक नभएको विषयमा महुमत पुगेपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो ।
No comments:
Post a Comment