Thursday, August 9, 2012

आज गुल्मीको दिगाम मा श्री कृष्णजन्माष्टमी’ श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गरि मनाइँयो।

आज गुल्मीको दिगाम लगायत देशभरि नै भगवान् श्रीकृष्णको पूजाआराधना गरी 'श्री कृष्णजन्माष्टमी’ मनाइँयो।।
 
धार्मिक ग्रन्थ महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान श्रकृष्णका मुखारविन्दबाट ‘श्रीमद्भभागवत' वाचन गरेको उल्लेख छ। त्यसै गरि भगवान श्रीकृणबाट नै वाचन गरीएको धार्मिक ग्रन्थ 'गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउने श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानाबहरुको संहार गरेको विश्वास गरिन्छ।

आजको दिन देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गरि मनाइँयो।                                                          

1 comment: