Friday, September 28, 2012

विमान चिलसँग ठोकिएर दुर्घटना : प्राधिकारण


 नेपाल नागरिक उड्ययन प्राधिकरणले आज बिहान १९ जनाको ज्यान गरी भएको सीता एयरको दुर्घटना चरासँग ठोकिएर भएको जनाएको छ ।

दुर्घटना लगत्तै दुर्घटनास्थलमा चिल मृत अवस्थामा फेला परेपछि प्राधिकरणले दुर्घटनाको कारण चिलसँग ठोकिएर हुनसक्ने अनुमान गरेको हो ।

तर, उक्त दुर्घटना चिलमा नै ठोकिएर भएको हो या अन्य कारणले नै भन्नेबारे भने पुष्टि भएको छैन ।

उक्त विमानका चालक विजय तन्डुकारले जहाज दुर्घटनामा पर्नु अघि कन्ट्रोला टावरसँग जहाज चिलसँग ठोक्किएको जानकारी गराएको बताइएको छ ।

यसै आधारलाई लिएर पनि विमान चिलसँग ठोकिएर दुर्घटनामा परेको अुनमान गरिएको छ । तर यसको पुष्टि भने अनुसन्धानपछि मात्रै हुनेछ ।

यसैबीच, त्रिभुवन विमास्थल प्रमुखले पनि आजै एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना चरासँग ठोकिएर भएको उल्लेख गरेका छन् 

                                  बिमान दुर्घटनाको दृश्य भिडियोमा, हेर्नुहोस तलको लिंक मा 


https://www.youtube.com/watch?feature=player_detailpage&v=WjnDFa1i0_M 

No comments:

Post a Comment