गुल्मीमा यात्रा गर्दै हुनुहुन्छ? मापसे नगर्नुहोला !
गुल्मी, असोज २३ । तपाइँ गुल्मी जिल्लामा यात्रा गर्दै हुनुहुन्छ भने अव ख्याल गर्नुहोस – चालक जस्तै मापसे (मादक पदार्थ सेवन) कार्वाहीमा पर्नुहोला ।
जिल्ला प्रशासनले दँशै तिहारलाई मध्यनजर गरी जारी गरेको सुरक्षा व्याबस्थालाई प्रहरीले कार्यान्वयन गर्ने क्रममा चालकलाई मात्र होईन पुरै यात्रुलाई समेत मापसे चेक गर्न शुरु गरेको छ । यही क्रममा आजै प्रहरीले विभीन्न यातायातमा सवार ८ जनालाई मदिरा सेवन गरेबापत नियन्त्रणमा लिएको छ । प्रहरीको भाषामा मिगरस चेकिङ्ग अर्थात सम्पूर्ण सवारीसाधन, मानिस र शंका लागेका सबैखाले अनुसन्धान गर्ने क्रममा ८ जनालाई नियन्त्रणमा लिई भोली प्रशासनलाई बुझाईने प्रहरी नायव निरीक्षक परशुराम जोसीले बताए । "आजदेखि हामीले प्रमुख नाका र छड्के चेक जुनसुकै स्थानमा पुगेर पनि चालक यात्रु सवैलाई मापसे चेक गर्दछाँ, सेवन गरेको पाईए नियन्त्रणमा लिएर आवस्यक कार्वाही गरीने छ", उनले भने ।केहीदिन पहिला बढ्दो दुर्घटनालाई न्यूनिकरण सम्बन्धमा बसको समिक्षा बैठकले पनि चालकको लापर्वाहीले मात्र दुर्घटना नहुने निचोड निकालेको थियो । यात्रुहरु चालकदललाई कुटेर पनि आफै छतमा गएर बस्ने । क्षमता छैन नचड्नुस भन्दा पनि दादागिरी देखाएर चालक दललाई दवाव दिने गुनासो आएपछि यस्तो अभियान शुरु गरीएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए ।
No comments:
Post a Comment