Monday, December 3, 2012

नेपाली हास्य टेली श्रीन्खला जिरे खुर्सानी


Jire Khursani - December 3, 2012


 नेपाली हास्य टेली श्रीन्खला जिरे खुर्सानी

क्षितिज पारी उनको बस्तिमा......

क्षितिज पारी उनको बस्तिमा......नेपाली लोक गीत 


यस्तो रह्यो अर्घाखाँचिको रेस्लिङ प्रतियोगिता (फोटो फिचर)

अन्तर्राष्ट्रिय खेलाडी सहित अर्घाखाँचीको सन्धीखर्क टुँडिखेलमा भएको अन्तर्राष्ट्रिय रेस्लीङगमा अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेस्लर भरत बहादुर विशुराल (हिमालयन टाइगर) बीच मुख्य महाभिडन्त भएको थियो । उक्त भिडन्तमा जितेका  खेलाडी हिमालयन टाइगरलाई संघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाईटल वेल्ट उपाधीका साथ नगद दुई लाख रुपैया प्रदान गरिएको  छ  । हेरौ उक्त प्रतियोगिताका केही झलकहरु:





समचार गुल्मी न्युज बाट  

पुष्पाले जितिन् ‘सीएनएन हिरो २०१२’ (भिडियोसहित)


१८ मंसिर, काठमाण्डौ । जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।
सीएनएनले सवै प्रतिस्पर्धीलाई जनही ५० हजार डलर पनि दिएको छ । यो सँगै पुष्पाले आफनो अभियानका लागि ३ लाख डलर अर्थात करिव २ करोड ६४ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।
उपाधि लिन स्टेजमा पुग्दा पुष्पा भावबिभोर  थिइन् । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।’

नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।

हेरौँ भिडियो: 

महायज्ञको उधारो दान उठाउन घरघर हिंड्यो रेसुङ्गा क्याम्पस

अनिल खत्री
गुल्मी, मंसिर १८ ।  गएको कार्तिक १५ देखि २२ गते सम्म रेसुङ्गा बहुमुखी क्याम्पसले संञ्चालन महायज्ञ सम्पन्न पश्चात पनि महायज्ञमा उठ्न बाँकी रकम सङ्कलन गर्न तम्घास नगरमा पर्ने घरहरुमा घरदैलो अभियानलाइ क्याम्पसले तिब्रताका साथ संञ्चालनमा गरेको छ ।
आइतबार तम्घासको वाड नंम्बर १ बाट सुरु गरिएको घरदैलो अभियान तम्घासका ९ वाड र तम्घासका जोडिएका गाबिसहरुमा समेत पुग्ने क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले जानकारी दिनुभयो । अभियानमा तम्घासको बजार तथा बाटोमा घर पर्ने हरुका लागी न्युनतम ५हजार र भित्री बाटोमा पर्ने घरहरुको लागी ३ हजार र तमघासमै घडेरीहुनेहरुका लागी न्युनतम २ हजार सहयोग रकम तो किएको र कसैले सो इच्छा अनुसार बढी दिनचाहे उहाहरुकै इच्छाअनुसार रकम उठाउदै हिडेको पन्थीले जानकारी दिनुभयो । कार्तिक १५ देखि २२ सम्म संञ्चालन भएको महायज्ञमा ३ करोड भन्दा बढी रकम संकलन भएको थियो ।

   समचार गुल्मी न्युज बाट