Thursday, September 26, 2013

सुरु भयो टिकट बुकिङ

सुरु भयो टिकट बुकिङ

नेपालीहरुको महान चाड दशै नजिकिँदै गर्दा राजधानीबाट घर फर्किनेहरुका लागि बसको टिकट बुकिङ आजदेखि खुला भएको छ । गोंगबुस्थित नयाँ बस पार्क लगायतका ठाउँमा आजैदेखि टिकट काट्नेहरुको घुइँचो लाग्न थालेको छ तर यस पाली केइ समय टिकट बुकिङ  
गुल्मी को यात्रा


                   बुटवलबुटवल बुस्पर्क 
रोकेको हुनेले नीकै भीड भाड भयको छ अइले पस्चीम पूर्व को बिभीन ठाउको लागी टिकट बुकिङ भयको छ तस्तै बुटवल बाट गुल्मी अर्घाखाची को गाडी मा पानी नीकै भीड भाड दखीन६ लौ हर्नुस त जोखीम्पुर्ना यात्रा के तपाई पनी यस्तै यात्रा गर्दैहुनुन६ तर विचार गर्नुस
                                                                 मेरो दिगाम 

गुल्मीका ३ ओटै क्षेत्रमा जित्छौँ: विष्ट

गुल्मी, असोज ४ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व उर्जामन्त्री गोकर्ण विष्टले नेकपा एमालले देशभरवाट जित्ने दावी गर्नुभएको छ । गत संविधान सभामा विभिन्न कारणले गर्दा एमालले जित्न नसकेको वताउँदै उहाँले अहिलेको निर्वाचनमा एमाले पहिलो पार्टी हुने दावी गर्नुभयो । नेकपा एमालेका जनवर्गीय संगठनको क्षेत्रीय अधिवेसनलाई शुक्रबार अमरपुरको राङदलमा चौरमा उद्घाटन गर्दै उहाँले गुल्मीका तीनओटै निर्वाचन क्षेत्रवाट एमाले विजयी हुने जिकिर गर्नुभयो । उहाँले संविधानसभा निर्वाचनको विकल्प नरहेको वताउँदै मंसिर चारको निर्वाचन जुनसुकै अवस्थामा पनि हुने वताउनुभयो 

गोकर्ण विष्टलाई ‘ढाँटको खेती’ नगर्न भुषालको चेतावानी

भदौ ५, गुल्मी । नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक दामोदर भुषालले नेकपा एमालेका नेता एवं पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले ढाँटको खेती गरेर जनतालाई गुमराहमा पारेको आरोप लगाउँदै त्यसो नगर्न चेतावानी दिएका छन् । शनिबार गुल्मीको अर्जैमा नेपाल महिला संघको बृहत भेलालाई सम्वोधन गर्दै उनले यस्तो चेतावानी दिएका हुन् । "गुल्मीको क्षेत्र नम्वर ३ मा विद्युतका पोल आए पनि मैले नै पारी दिएको हुँ, मोटरबाटो, पुल, स्कुल, पानीका पाईप सम्म मैले नै पारीदिएको हुँ भन्दै विष्टले ढाँटको खेती गरिरहेका छन्" उनले भने–‘त्यस्तो कुप्रचार नगर्न हामी चेतावानी दिन्छौ । ’ सर्वदलिय समहमतिमा सरकारले विकास योजना पारेको हो, गाविस र जिविसमा पनि त्यसरी नै विकास योजना विनियोजित भएका हुन’ उनले भने–‘तर विष्टले केन्द्र देखि गाविससम्मबाट परेका विकास समेत आफुले नै पारीदिएको भनेर लाजै नमानी प्रचारवाजी गरिरहेका छन् तर अहिलेका सचेत जनताले पत्याउनेवाला छैनन् ।’ केहि दिन अघि काठमाण्डौबाट प्रकाशित उनि निकट पत्रिकाले गोकर्ण विष्टले फलानो ठाउँमा पनि पुल पारी दिएको हुन भन्ने कुरालाई उदृत गर्दै भुसालले भने ‘जहाँ त्यो पुल विष्टले पारी दिएको भनेर प्रचार गरियो  त्यहाँ पुल हाल्ने ठावै छैन त उनले कसरी पुल पारिदिए ? ‘विष्ट उर्जा मन्त्री रहँदा काम भन्दा ज्यादा मिडिया प्रयोग गरेर सस्तो लोकप्रियता कमाएको आरोप लगाउँदै उनले भने–‘अहिले पनि त्यस्तै कुप्रचार गर्दै गराउँदै  हिँडेका छन्, त्यो हामी चिर्दै छौ, यहाँको विकास निर्माण कांग्रेस, माओवादीले पनि गरेको हो । ’ उनले एकिकृत नेकपा माओवादीको पनि चर्को आलोचना गरेका थिए । ‘माओवादीले हिजो सामाजिक रुपान्तरणका कुरा उठायो तर उ अहिले आफ्नो एजेण्डाबाट च्युत भई सकेको छ’ उनले भने–‘ अव माओवादीलाई पनि समाज रुपान्तरण मैले गर्दै छु भन्ने अधिाकार छैन ।’ कार्यक्रममा नेपाली कांग्रेस अर्जै गाउ कार्य समितिका सभापति दिपक भण्डारी, हरिप्रसाद पोखरेल, तुल्सीराम अर्याल लगायतले पनि मन्तब्य राखेका थिए । नेपाल महिला संघ अर्जै गाउँ कार्य समिति अध्यक्ष सिता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढुण्डीराज अर्यालको सञ्चालन रहेको थियो । 

दसैं टीकाको उत्तम साइत बिहान ९ बजेर ५७ मिनेटमा

दसैं टीकाको उत्तम साइत बिहान ९ बजेर ५७ मिनेटमा
मेरो दिगाम आश्विन १० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडा दशैंका विभिन्न दिनका साइतहरु सम्बन्धमा जानकारी गराएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आगामी १९ गते शनिबारदेखि नवरात्र सुरु हुने र सोही दिन बिहान ९ बजेर ५१ मिनेट जाँदा घटस्थापना गर्न उत्तम रहेको जनाएको छ ।

त्यस्तै २३ गते बुधबार पचली भैरवयात्रको साइत परेको पनि जनाइएको छ । त्यसैगरी २५ गते शुक्रबार फूलपाती र सोही दिन बिहान ९ बजेर ३१ मिनेटमा तलेजु भवानीको यात्राको साइत रहेको पनि समितिले जनाएको छ ।

२६ गते शनिबार महाअष्टमी र कालरात्री पूजा तथा २७ गते आइतबार महानवमीको पूजाको साइत रहेको छ । आश्विन २८ गते सोमबार विजया दशमीको दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ भने बिहान ९ बजेर ५७ मिनेट जाँदा टीकाको उत्तम साइत रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तर, उक्त दिन टीका लगाउन साइत नै पर्खनुनपर्ने पनि समितिले जनाएको छ । कार्तिक १ गते कोजाग्रत पूर्णिमाको साइत रहेको छ ।

बजार अनुगमनमा तीब्रता, कारबाही फितलो


मेरो दिगाम

, आश्विन १० । वाणिज्य विभागले बजार अनुगमनलाई तीब्रता दिएपनि कारबाही भने फितलो देखिएको छ । प्रत्येक दिन अनुगमन बढाउँदै लगेको विभागले बिहीबार ललितपुर जिल्लाको विभिन्न भागमा गरेको अनुगमनमा विभागको यसअघिको निर्देशन र सच्चिने मौकामा समेत व्यवसायीले अटेर गरेको पाइएको हो ।

ललितपुरको चापागाँउस्थित महाँकाल खाद्य भण्डारले विभागले यसअघि दिएको निर्देशन कार्यान्वयन नगर्दा पनि विभागले कुनै कारबाही भने गर्न सकेन । 

विभागको अनुगमन टोलीले सो भण्डारमा म्याद नाघेका एवं लेबल नराखिएका खाद्यान्न, पेय पदार्थ पुनः विक्री गरेको भेटेको थियो । विभागका अनुगमन अधिकृत रत्नेश शशिले पसल बन्द गराउने अधिकार भएपनि सच्चिनको लागि पुनः मौका दिएको बताए ।

काठमाडौंबाट लुक्ला उडेको हेलिकप्टर दुर्घटना

काठमाडौं, आश्विन १० । काठमाडौंबाट लुक्लाको लागि उडेको एयर डायनेष्टीको हेलिकप्टर लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । क्याप्टेन अरुण मल्लसहित पाँच यात्रु रहेको हेलिकप्टरमा सबैजना सकुशल रहेका छन् । एक्वेरेवल हेलिकप्टर काठमाडौंबाट लुक्लाको लागि उडेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Thursday, September 19, 2013

मलाई सहयोग गर्नुहोस

साथीहरू तँपाईहरूको सानों सहयोगले कसैको जीवनमा ख़ुशी मिलछ भने म हजुरहरूको सहयोगको लागी अपील गरछु
   



                      मलाई सहयोग गर्नुहोस  

मेरो नाम भीमलाल पन्थ हो।मेरो दुवै मिर्गौला काम नगर्ने भयकोले 

 मिर्गौला फेर्न पर्ने भयको छ । मृगौला प्रत्यरोपण अत्यन्तै महंगो बिधि हो ।कृषि मा आधारित मेरो परिवार को आर्थिक स्थिति अत्यन्तै कमजोर भयका कारण परिवार ले मात्र उपचार गर्न सक्ने अवस्था छैैन । तपाई हरुको सानो सहयोग ले मेरो उपचार मा ठुलो मदत पुगने छ।

                      मानबिय संबेदना को यो घडिमा सहयोग गर्न अपिल गर्दछु सहयोग कोलागि Everest bank काठमांडू साखामा रहेको खाता न:- ०४८००५०१२०१८१७ वा मोबाईल न:- +९७७९८४७५९१४५६ खबर गरिदिनुहुन आग्रह गर्दछु
 
भिमलाल पन्थ गुल्मि दिगाम साथै मेरो दिगाम परिवार सम्पूर्ण दिगाम बासी लगायत सम्पूर्ण फेसबुक साथी हरु लाई सहयोग को हार्दिक अपील गर्दछौ

  मेरो दिगाम परिवार गुल्मी दिगाम



फुर्सी नेपालीका परिवारलाई एउटै ब्याक्तिबाट डेढ लाख सहयोग

प्रेम सुनार असौज २,गुल्मी । -जहाँ तिजको दर होईन भोकमा एक छाक खाने खर्च छैन’ शिर्षकको समचार प्रकाशित भएपछि उनका छोरा प्रेम नेपालीको उपचार्थ एउटै ब्याक्तिले डेढ लाख सम्मको सहयोग रकम घोषण गरेका छन् भने अन्य थुप्रैले आफु सक्य सहयोग गर्ने क्रम बढेको छ ।
एक वर्ष अघि भारत मजदुरीमा छँदा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिई मेरु दण्ड गुमाएर यति बेला घरमा थातै दिशा पिशाव भएर लडिरहेको र उनकी बृद्ध एकल महिला आमा फुर्सीको निमेक मजदुरले छाक टार्न समेत मुस्कील परेको समचार पढेपछि मन छोयो’गुल्मीको हसरा गाविस वडा नम्वर १ घर भई हाल स्कटल्याण्डमा कार्यरत काशीराम भण्डारीले भने –‘उनको उपचार हुन्छ भने मैले डेढ लाख सम्म सहयोग गर्ने घोषण गर्दछु । ’ उनले सो रकम घरयासी खर्चका लागि भने नदिने, उपचार गर्दाको विल तिरी दिने बताए ।
यसरी नै बुटवल ओंनलाइन माँ प्रकाशित यो दुखद समाचार पढेर गुल्मी कै मुसिकोट ७ घर भई सउदीमा कार्यरत महिला कामदार सुनिता यात्री, त्यही कार्यरत मकवानपुर सरीखेत ६, भाटी निवासी डिलबहादुर बि.क., गुल्मी अर्लाङ्गकोट घरभई सोही ठाउमा काम नगर्ने बुद्ध सारु मगर, लगयतले संकलन गरी ४ हजार ४ सय २६ रुपैयाँ नेपाली परिवारलाई आईएमई मार्फत पठाएका छन् । त्यस्तै अनलाईन मिडीया गुल्मी टुडे डट कम ले ११ सय , थानापति ३ श्याम बस्यालले विदेशबाट २ हजार, र गुल्मीकै मुसिकोट ५ देउराली घरभई सउदी अरवमा कार्यरत विष्णु घिमिरेले त्यहाँबाट प्रेम नेपालीकी आम फुर्सी नेपालीको नाममा १० हजार रपैयाँ पठाई दिएका छन् । घिमिरले पठाएको रकमबाट साईन रेसुङ्गा बैंकमा खाता खोलि दिएको सो बैंक गुल्मी शाखा प्रबन्धक लालमणी पन्थीले जानकारी दिए । त्यस्तै थानपति ७ थोर्गाकी सिमा नेपाललीले पत्रमा रु ५ सय १० पठाएकी छन् । प्रेम नेपालीको अवस्थाबारे जानकारी लिई जिल्ला स्वास्थ्य प्रमुख डाक्टर हरिवहादुर के.सीले निशुल्क उपचारको सिफारिस दिई बिर अस्पतालमा पठाउने आश्वासन दिएका छन् । सहयोग गर्ने कार्य जारी रहेको छ ।
उनलाई सहयोग गर्न चाहने महानुभावले साईनर रेसुङ्गा बै्रकको खाता नम्वर ००८००५०००६५५७८०००००१ (फुर्सी सार्की ) मा रकम पठाई दिन सक्नु हुने छ ।

Wednesday, September 11, 2013

लोपोन्मुख बन्दै प्रचलित लाखे नाच

गुल्मी, आश्विन । नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा पुगेको छ । डेढ दशकअघिसम्म नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा हरेक वर्ष नाग पञ्चमीदेखि तीजको ऋषि पञ्चमी एवं काठमाडौंको इन्द्रजात्राको दिनसम्म देखाइने लाखे नाच जिल्लाभर प्रचलित थियो ।

गुल्मीको बलेटक्सार गाविसमा गत बर्ष देखाईएको लाखे नाच नाच्दै । नेवार
समुदायमा  प्रचलित लाखे नाच पछिल्ला वर्षहरूमा युवा पुस्ताको चासो
कम हुँदा हराउँदै जान थालेको छ । तस्बिर : घनश्याम गौतम
माओवादी जनयुद्धको सुरुवातसँगै ग्रामीण क्षेत्रबाट हराउँदै गएको लाखेनाच शान्ति स्थापनापछि पनि नियमित हुन नसक्दा पछिल्लो पुस्ताले यसको संस्कृति र महत्त्वसमेत बिर्सन थालेको छ । दुई वर्षअगाडि लाखे नाचको संरक्षणका लागि भन्दै तम्घासको नेवाः खलले ३५ वर्षपछि लाखे नाचको आयोजना गरेको थियो । तर त्यो पनि पछिल्ला दुई वर्ष भन सञ्चालन भएन ।

कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । पहिले नेवार बस्ती रहेका दर्जनौं स्थानमा नचाइने लाखे नाच पछिल्ला वर्षहरूमा वामिटक्सार र बम्घामा मात्र सीमित भएको तम्घास नेवाःखलका अध्यक्ष गोमराज श्रेष्ठले बताए ।

नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत नरहेको श्रेष्ठले बताए । मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको नेवार बस्ती रहेका ठाउँमा घुइँचो लाग्ने गर्दछ । जिल्लाभरबाट बम्घा र बलेटक्सारमा मात्र हुने गरेको लाखे नाच हेर्न शनिबार हजारौं सर्वसाधारणको भीड लागेको थियो ।

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने बूढापाका बताउँछन् । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको बुच्चाले जिस्क्याउँदै र लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक हुने बलेटक्सारका प्रवीण कार्कीले बताए । 'यस्तो नाचमा नयाँ पुस्ताले पनि निरन्तरता दिनु जरुरी छ', उनले भने । पछिल्ला वर्षमा लाखे नाचसँगै हराउँदै गएको रोपाइँ, घोडेलगायतका जात्राहरूसमेत हराउँदै जान थालेकोमा समेत कार्कीले गुनासो गरे ।

 बलेटक्सारको लाखे नाच हेर्न खैरनीबाट आएका सुनिल मुखियाले भने आजभोलि लाखेनाच नाच्नै छोडिएको बताए । 'आजभोलि हाम्रो गाउँतिर लाखे नाच हुनैछाड्यो', उनले भने । २० वर्षअगाडिसम्म उनी जिल्लाका शान्तिपुर, बलेटक्सार, वामिटक्सार लगायतका स्थानहरूमा लाखे नाच नाच्ने र पुरस्कार जित्ने गरेको भए पनि अहिलेको पुस्ताले यसप्रति चासो नै देखाउन छाडेकाले हराउँदै गएको उनले बताए । २० वर्षअगाडि लाखे नाच प्रतियोगिता जितेर ५ सयदेखि १ हजार रुपैयाँसम्म आफूले जितेको मुखियाले बताए । ऋषि पञ्चमीका दिन शान्तिपुरमा हुने सात लाखे एकै पटक नाचेर हुने प्रतियोगिता जिल्लाकै प्रचलित प्रतियोगिता थियो तर शान्तिपुरमा १०/१२ वर्षदेखि नै लाखे नाच हुन छाडेको छ । 

रेसुङ्गा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

दिल्ली, भारत । रेसुङ्गा क्लव र प्रवासी नेपाली संघ भारतको आयोजनामा खुला भलिवल प्रतियोगिता ८ सेप्टेम्बर आईतबारका दिन भारतको नयॉ दिल्लीमा सम्पन्न भयो ।
दिल्ली एनसीआरबाट १६ टिमको सहभागिता रहेको उक्त भलिबल प्रतियोगितामा गुडगाँव प्रथम, हिमचुली क्लब दोस्रो र तेस्रो स्थानमा लुम्बिनी क्लब रहेका थिए । प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको प्रमुख आतिथ्य र पदम गाहाको अध्यक्षतामा सम्पन्न उक्त भलिवल प्रतियोगितामा अतिथिहरु प्रवासी नेपाली संघ भारतका महासचिव युवराज बास्कोटा, केन्द्रीय खेल विभाग अध्यक्ष गोपाल थापा, दिल्ली राज्य समितिका हेमविर थापा, इश्वरी भण्डारी हुनुहुन्थ्यो । रेसुङ्गा क्लबले आयोजना गरेको उक्त भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य दिँदै महासचिव बाँस्कोटाले रेसुङ्गा क्लब र सहभागी टिमहरुको प्रगतिको कामना गर्दै तिन वर्ष पहिला आफ्नो भम्रणको क्रममा गुल्मी पर्यटकीय क्षेत्र रेसुङ्गा तपोभुमिको अवलोकन बारे खुलेर प्रसंसा गर्नुभएको थियो ।


पाल्पामा हुने चोई स्मृती प्रतियोगिताको लागि गुल्मीबाट पनि खेलाडी छनौट

भाद्र २५, गुल्मी । नेपाल ईन्टरनेश्नल तेकवान्दो संघको आयोजनामा भदौ २८ र २९ गते पाल्पा हुने आठौँ जनरल चोई स्मृती आईटिएफ तेकवान्दो प्रतियोगिता तथा राष्ट्रिय आईटिएफ तेकवान्दो महोत्सवको लागि खेलाडी छनौट भएका छन् । गुल्मी जिल्लाबाट रेसुंगा आईटिएफ तेकवानदो डोजाङले १२ जना खेलाडी छनौट गरेको हो । खेलको लागि ६ बिधामा १२ जना खेलाडी छनौट गरिएको छ । जिल्लाबाट हेमन्त बस्नेत, विशाल मरासीनी, सौगात चोतान, विरेन्द्र कुँवर, बुद्धबहादुर पाण्डे, सुर्य विक, लोकेश वुढामगर, मुना थापा, तारा फुंजाली, सीमा खासु, विना राकसकोटी र संझना सुर्यबंशी छनौट भएका छन् । आईटिएफ समितिले आफ्ना खेलाडी निकै क्षमतावान रहेको दावी गरेको छ । २०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलबाट आईटिएफ खेलाडीले स्वर्णपदक जितेकोले खेलाडीहरु क्षमतावान रहेको प्रशिक्षक नवराज खरेलले दावी गर्नुभयो ।  निकै प्रतिभावान क्षमताले भरिपूर्ण खेलाडीहरुको बाहुल्यता रहेकोले प्रतियोगितामा गुल्मीले उच्च प्रदर्शन गर्ने अनुमान गरिएको छ । 

निर्वाचन वहिष्कार गर्नुको कुनै औचित्य छैन: नेता रायमाझी

गुल्मी, २६ भदौ ।  एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले एकाध पार्टिहरुले संविधानसभा निर्वाचन वहिष्कार गर्नुको कुनै औचित्य नहुने वताउनु भएको छ । उहाँले नेकपा माओवादीको निर्वाचन वहिष्कार गर्ने कुरा नारामा मात्र सिमित रहने भन्दै त्यो कुनै पनि हालतमा व्यवहारमा लागु नहुने दावी समेत गर्नु भएको छ । मन्त्रीमा कुरा नमिलेका कारण माओवादीको वैद्य समूह पार्टिवाट अलग भएको भन्दै नेता रायमाझीले मोहन वैद्यलाई आवेगमा वुद्धि विग्रियर पार्टि फुटाएको आरोप लगाउनु भयो ।
“उनीहरुले परराष्ट्र, गृह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयहरु मागेका थिए, एउटैलाई वाराम्वार मन्त्री वनाउन सकिने स्थिति पार्टिमा रहेन, मन्त्रीमा कुरा नमिलेर उहाँहरु फुट्नु भएको हो”, रायमाझीले भन्नु भयो । एकिकृत नेकपा माओवादी गुल्मीले बुधवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले उक्त कुरा व्यक्त गर्नु भएको हो । संविधान सभाको निर्वाचन विना देश अघि वढ्न नसक्ने भन्दै, आगामि मंशिर चार गते निर्वाचन नभए यो सरकारको औचित्य समेत समाप्त हुने उहाँको दावी छ । आगामि संविधान सभाको निर्वाचनमा संघियता चाहनेहरुलाई दुइतिहाई वहुमत र एकिकृत नेकपा माओवादीलाई साधारण वहुमत दिएमा पनि संविधान निर्माण हुने नेता रायमाझीले वताउनु भयो ।

 केन्द्रिय सदश्य रायमाझीले वर्तमान अवस्थामा काँग्रेसलाई आफ्नो अस्तित्व धान्न गाह्रो भएको र एमालेलाई पनि विखण्डनतर्फ उन्मुख भएको आरोप लागाउँदै उहाँले एकिकृत माओवादी मात्र अग्रगमनकारी शक्ति भएको दावी गर्नु भयो । अवको निर्वाचनमा अग्रगमन र प्रगति चाहने पार्टिले जित हासिल गर्नु पर्ने माझीको धारणा थियो ।
एकिकृत नेकपा माओवादीको जिल्ला कार्यालयको विस्तारित वैठकमा पार्टिले आगामि चुनावमा तय गर्ने विविध विषय र अपनाउनु पर्ने आगामि रणनीतिका विषयमा छलफलगरि निर्देशन समेत दिने शिलशिलामा रायमाझी गुल्मी आईपुगेको जिल्ला संयोजक शुदर्सन वरालले जानकारी दिनु भएको छ  । -

यस्तो पनि देखियो गुल्मीको तिजमा यसपाली (भिडियोहरु)

तीज त अब यो बर्षको लागि सकिईसकेको छ । गुल्मीका बिभिन्न स्थानमा मनाईएका तीज कार्यक्रमका अप्डेट र फोटोहरु त हामीले गुल्मीन्युजमा निरन्तर नै राखीरह्यौँ तिजैभरी । धेरै पाठक मित्रहरुले भिडियो पनि अप्लोड गर्न अनुरोध गर्नुभएको थियो । आज यसो युट्युबमा टहलिँदै गर्दा गुल्मीमा मनाईएका केही तीजनाचका भिडियोहरु फेला पारेँ र त्यहीँबाट साभार गरेर गुल्मीन्युज डट कममा राखेको छु । तलका सबै भिडियोहरु sabbir srehaan ali नामक युट्युब च्यानलमार्फत अप्लोड गरिएका हुन ।
 आज यी भिडियोहरु हेरीरँहदा आजकाल तीज मनाउने, नाच्ने, गाउने र रमाईलो गर्ने तरिकामा पुरै परिवर्तन भएको हो कि जस्तो लाग्यो मलाई त, तपाईंलाई कस्तो लाग्छ? भिडियो हेरिसकेपछी तल कमेण्टमा आफ्ना प्रतिकृयाहरु लेख्न नबिर्सिनुहोला ।     
गुल्मीन्युज डट कमबाट