मेरो दिगाम आश्विन १० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडा दशैंका विभिन्न दिनका साइतहरु सम्बन्धमा जानकारी गराएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आगामी १९ गते शनिबारदेखि नवरात्र सुरु हुने र सोही दिन बिहान ९ बजेर ५१ मिनेट जाँदा घटस्थापना गर्न उत्तम रहेको जनाएको छ ।
त्यस्तै २३ गते बुधबार पचली भैरवयात्रको साइत परेको पनि जनाइएको छ । त्यसैगरी २५ गते शुक्रबार फूलपाती र सोही दिन बिहान ९ बजेर ३१ मिनेटमा तलेजु भवानीको यात्राको साइत रहेको पनि समितिले जनाएको छ ।
२६ गते शनिबार महाअष्टमी र कालरात्री पूजा तथा २७ गते आइतबार महानवमीको पूजाको साइत रहेको छ । आश्विन २८ गते सोमबार विजया दशमीको दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ भने बिहान ९ बजेर ५७ मिनेट जाँदा टीकाको उत्तम साइत रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
तर, उक्त दिन टीका लगाउन साइत नै पर्खनुनपर्ने पनि समितिले जनाएको छ । कार्तिक १ गते कोजाग्रत पूर्णिमाको साइत रहेको छ ।

No comments:
Post a Comment