Thursday, October 10, 2013

विजया दशमी तथा दिपावली को शुभकामाना

 फलोस फुलोस जीवन सयपत्री सरी ॥
मौलायोस सफलता जमरा सरी ॥
उदायोस खुशी विहानी को किरण सरी ॥
चम्कियोस भाग्य सप्तरङगी निधार
को टिका सरी ॥
!!!!!!! हाम्रो महान चाड !!!!!!!!!

विजया दशमी तथा दिपावली को शुभ उपलक्ष्यमा हजुरको शुख शान्ती समृद्धि तथा उत्तरोतर प्रगती को हर्दिक मँगलमय शुभ-कामना सम्पूर्ण आफन्त अनी साथिहरुमा विजयदशमी २०७० को मंगलमय शुभकामाना 

कसैको दशैं खसी र बोकोमा कसैको डोकामा

प्रेम सुनार असौज–२४, गुल्मी ।
बिहान भालेले डाको नछाड्दै एक डोको बेलौती (अम्वा ) को भारी बोकेर तम्घासतिर हिडेकी दर्लामचौरकी ८० वार्षया रुमकला अधिकारीलाई ९ वजेतिर तम्घासमा अम्बा बेच्न आएकी दशैंमा नुन भुटुनको जोह कसरी गर्ने हो भन्ने चिन्ता छ ।

उमेर कति भो आमा ? औला भाँच्दै ‘चार विसा ’ जवाफ दिने उनिलाई दशैंमा दुईचार सय कमाएर दिने कोहि छैन् । चार वर्ष अघि श्रीमानको मृत्यु भएर एकल बनेकी उनि तिन छोराहरु भारतमा भए पनि दुख नदेख्ने गरेको बताउ छिन् । ‘१० बर्ष भयो छोराहरु दिल्ली तिर ह्डिने थालेको रुमकलाले भनिन्–‘ उनिहरुको ज्यान पाल्दैमा ठिक्क छ , म बुढिको दुख देख्ने कोही छैन् । ’
अघि पछि आए पनि दशैंमा छोराहरु नआएको दश वर्ष भएको कलेश गर्ने उनि छिमेकी भाई भतिजा आउँदा दशैमा रित्तो हात फर्काउन नपरोस् भनेर दुई चार सय रुपैयाँको जोह गर्न हिडेको बताउछिन् ।

उन कै छिमेकी कुमाल समुदायका महिलाहरुको दशैं पनि रात दिन डोकामा निर्भर छ । त्यस गाविस सहित अमरपुर, ईस्मा रजस्थल, हस्तीचौरका कुमाल समुदायका महिलाहरु अर्घखाँची, बाग्लुङ्ग सम्म माटो बेच्न हिडेर दशैको जोह गर्दै छन् । यि ताका त्यस भेगका कुमालहरु अर्घखाँचीको मरेङ्ग, भगवती, अर्घातोष , ठुलापोखरा लगायतका स्थानमा हलो जोत्न जान्थे र दशैं खर्च बनाएर फर्किन्थे तर अहिले त्यही काम पनि नपाएर रित्तो हात फर्किएका छन् ।
वुल्मका विरबहादुर कुमाल सहित २० जना त्यस भेगकका कुमालहरु अर्घाखाँचीका ति स्थानहरुमा हलो जोत्ने काम खोज्न भौतारिए तर सवका घरमा जोत्ने हाते ट्याक्टर भित्रिए पछि उनिहरुलाई काम दिने कोहि भएनन् । स्थानिय संञ्चारकर्माी दिपेन्द्र श्रेष्ठका अनुसार उनिहरु एक हप्ता सम्म भौतारिदा खाने खर्चा नभएर चाउचाउ खाएर फर्किए । अहिले ति गाविसमा जोत्ने ट्याक्टर भित्रिए पछि उनिहरुले ल्याएका १२ हल गोरु पनि फर्किएको श्रेष्ठले बताए ।
उता वाङ्गलुङ्ग जलजलाबाट डाला बेच्न हिडेका मगर बन्धुहरु पनि तम्घास मै छन् । सम्पन्न परिवारको घर घरमा खसी र बोका तयारी हुँदा उनिहरुका लागि चारपाँच सयको मासु , नुन तेल चामलको जोह गर्न त्यो मुस्कील-नियाल्न सक्ने हो भने दशैं मित्तब्ययी बनाउन सकिन्थ्यो कि ?

                                      
                                            तस्वीर -एडमिन प्रेम सुनार

Wednesday, October 9, 2013

आफ्नो पार्टी चुनावको लडाईमा छ ः काँग्रेस

संगिता कुवँर
गुल्मी, असौज १९ । हिन्दु नेपालीहरुको महानपर्व बडादशै तथा शुभ दिपावलीको अवसरमा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. ३ ले आज सदरमुकाम तमघासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आसन्न संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चित रहेको दावी गर्दै निर्वाचनलाई मध्यनजर गरेर आफ्ना गतिविधीहरुलाई थप सशक्त बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनीहरुले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता प्रेमनाथ अर्यालले शान्ति र विकासको पक्षमा रहेको प्रजातान्त्रिक शक्तिको सधै विजयी हुने बताउनुभयो । उहाँले बामपन्थी पार्टीहरुको जस्तो व्यवहार र प्रबृतिबाट प्रजातन्त्रबादी शक्तिहरु सधै टाढा रहनुपर्ने बताउँदै ती शक्तिहरु व्याक्तिको पक्षमा नभई संस्थाको हितको पक्षमा सधै लागिरहेको दावी गर्नुभयो । अन्याय, अत्याचार तथा आसुरी प्रवृतिको नास गरिएको खुशीयालीमा मनाईने यस पर्वले मुलुकमा विद्यमान अन्याय अत्याचार तथा विभिन्न व्याक्ति तथा राजनीतिक दलहरुमा विद्यमान आसुरी प्रबृतिको अन्त्य गर्न टेवा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै विशेष अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेद्वार त्रैलोक्यप्रसाद सेनले जित्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।
निर्वाचनको युद्ध संग्राममा आफुहरु उत्रिएको र त्यसका लागि तैयारीका साथ लागिरहेको बताउँदै उम्मेद्वार सेनले न्याय र सत्यको पक्षमा साथ दिन आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । नेपाली काँग्रेसका सचिव छन्द पहराईले गर्दैै नगरेका काम पनि अरु दलका कार्यकर्ताहरुले हामीले गरेको भनिरहँदा काँग्रेसले केही भन्न नसक्ने तर आफुले गरेका राम्रा कामको विषयमा जनसमुदायलाई जानकारी गराउन नसकिरहेको बताउनुभयो । उहाँले अव काँग्रेस विगतका कमी कमजोरीलाई हटाउँदै एक भएर राष्ट्रियता, प्रजातन्त्र र समाजबादको पक्षमा पुर्ण प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । पहराईले समानता र इन्साफको आधारमा संबृध समाजको पुनर्निर्माण गर्नु काँग्रेसको आकांक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रोम विश्वकर्मा, महासमिति सदस्य विष्णु पन्थी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी, युवराज भण्डारी, तेजेन्द्र थापा मगर लगायतका वक्ताहरुले नेपाली काँग्रेसले राजनीति स्वतन्त्रताका साथै आर्थिक समानताको आधारमा उभिएको प्रजातन्त्रबादलाई आफ्नो आदर्श मानेर निर्वाचनमा एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी, पत्रकार तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो । क्षेत्रीय समिति सभापति दामोदर भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि युवराज अर्यालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने क्षेत्रीय सचिव रेखाकुमार जिसीले गर्नुभएको थियो

एमाओवादी गुल्मीको चुनावी अभियान तिब्र

प्रेम सुनार
असौज २३, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मीले चुनावी अभियानलाई तिब्र पारेको छ । उसले क्षेत्र नम्वर १ को २५ वटै गाविसमा चुनावी अभियान सुरु गरेको छ । त्यस्तै क्षेत्र नम्वर २ र ३ का पनि पुरै गाविसमा चुनावी अभियान तिब्र परेका सो पार्टीका निर्वाचन परिचालन समितिका संयोजक दिनेश पन्थीले बताए । उनका अनुसार क्षेत्र नम्वर १ को निर्वाचन परिचालन समितिको संयोजक युवराज के सीको नेतृत्वमा अभियना तिब्र पारिएको छ । क्षेत्रिय परिचालन समितिका संयोजक के सींका अनुसार सो क्षेत्रको सम्पर्क कार्यालय जोहाङ खैरेनीमा स्थापनमा भएको छ । त्यस्तै क्षेत्र नम्वर २ को तम्घासमा र क्षेत्र नम्वर ३ को सिमलटारीमा स्थापना भएको छ ।

एमाओवादीले जिल्लाको क्षेत्र नम्वर ३ मा चुनावी अभियान अलि बढि तिब्र पारेका देखिएको छ । हस्तीचौरबाट सुरु गरिएको अभियान दर्लामचौर, दोहोली, ईस्मारजस्थल, छापहिले, अर्जै, अमरपुरमा पुगेको क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष भरत पाण्डेले बताए । उनका अनुसार आज अमरपुरबाट एमालेका सक्रिय कार्यकर्ता कृष्णबहादुर थापा र टोपेन्द्र सिंह महार्जन एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
अभियानका क्रममा ३ नम्वर क्षेत्रका उमेदवार वामदेव क्षेत्रिले अव ब्याक्ति बिशेषका लागि काम गर्ने नेता होईन, समाज र देशका लागि काम गर्ने नेता छान्न जनतासंग आग्राह गरेका छन् । ब्याक्ति बिशेष गरी समाजका हुने खाने टाउकेहरुलाई अगाडी सारेर चुनाव जित्ने परिपाटीको अन्त्य हुने कुरालाई जोड दिदै क्षेत्रिले अव जनताले त्यस्ता नेता र दलहरुलाई चिन्न आग्राह गरेका छन् ।
अभियानमा गुल्मीका चुनावी अभियान जन परिचानल समितिका संयोजक एवं केन्द्रिय सदस्य दिनेश पन्थी, ३ नम्वर क्षेत्रिय चुनाव परिचालन समिति संयोजक बुद्धि जि.सी., राज्य समिति सदस्यहरु देविराम अर्याल, सुर्यबहादुर बुढा, शाहिद परिवार जिल्ला अध्यक्ष घनाश्याम पराजुली, जिल्ला सदस्य दुर्गाचन्द्र बोहरा, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भरत पाण्डे लगायतको सहभागिता रहेका छ । 

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

गुल्मी, २३ असोज– गुल्मी जिल्लाको ग्वाघा गाविसमा आज राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भुर्तङ्ग प्रहरी चौकी इन्चार्ज पशुपती बोहोराका अनुसार बुटवलबाट खाध्य सामाग्री लिएर भुर्तुङ्ग तर्पm जा“दै गरेको लु. २ त. ६१४३ नम्बरके ट्याक्टर ग्वाघा गाविसको वार्ड नं. २ गम्देबेलौनी भन्ने स्थानमा राती दुर्घटनामा परेको थियो । दुर्घटनामा भुर्तुङ्ग गाविस वार्ड नं. ४ का ट्याक्टर मालिक नवराज श्रेष्ठ र भुर्तुङ्ग गाविस वार्ड नं. ५ का गुनबहादुर किसानको  घटनास्थलमै मृत्यु भएको प्रहरी हवल्दार बोहोराले बताउनु भयो । ट्याक्टर सडकबाट झण्डै ७० मिटर तल खसेको छ । घटनामा ट्याक्टर चालक भुर्तुङ्ग गाविस ४ कै कुमार थापा र हुमबहादुर राना सामान्य घाइते भएको र उनीहरुको शान्तिपुर हेल्थपोष्टमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

किरिया बसेकै अवस्थामा उम्मेदवारी दिन तम्घास पुगे एमाले नेता बिष्ट

जनार्दन घिमिरे
गुल्मी, १७ असोज । नेकपा एमालेको तर्फवाट गुल्मी क्षेत्र नं ३ का उम्मेदवार गोकर्णराज विष्टले आज किरीया वसेकै अवस्थामा सदरमुकाम तम्घास आई निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उमेद्वारी दर्ता गराउनु भएको छ । नेकपा एमालेका केन्द्रिय सदश्य समेत रहेका विष्ट गतसातादेखि आफ्ना पिताको देहवसानपछि काज क्रियामा दोहोली गाविस ३ स्थित आफ्नै घरमा वसिरहनु भएको थियो । विष्टका ८३ वर्षीय पिता भिमबहादुर विष्टको गत शुक्रवार राती अचानक मृत्यू भएको थियो । उहाँ उम्मेद्वारी दर्ता गरेपछि आजै वेलुकि घरमा फर्कनु भएको छ ।
गुल्मी क्षेत्र नं ३ मा आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि किरिया वसेकै अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट । तस्विर ः जनार्दन घिमिरे

साउदीमा गाडीले किचेर दुई नेपालीको मृत्यु

accidentआश्विन २३ - साउदी अरेबियाको शेबहामा रहेको एक कम्पनीमा कार्यरत महोत्तरी र सिराहाका दुई नेपाली युवाको कन्स्ट्रक्सन साइटमा गाडीले किचेर घटनास्थलमैं मृत्यु भएको छ ।
दुबइ सिमानामा रहेको उक्त स्थानमा गत असोज १७ मा भएको दुर्घटनामा महोत्तरी, बगराका जानकीशरण यादव र सिरहा, मनोर गाविसका बिनोदकुमार रायको निधन भएको हो ।
साउदी अरेबियास्थित गैर आवासीय नेपाली संघ, पूर्वीय क्षेत्रीय समन्वय समितिका सचिव केशव खड्काले दिएको जानकारीमा उक्त घटनामा चालकले कामदार सम्बद्ध आरएचएम कम्पनीको सेफ्टीसम्बन्धी नियम नमानेर दुई नेपालीको मृत्यु भएको हो ।
मृतक नेपालीको शव हाल स्थानीय अस्पतालमा रहेको र क्षतीपूर्तीसहितको प्रकृयामा रियादस्थित नेपाली दुतावासको तदारुकताका निम्ति नेपाली समुदायले आग्रह गरेका छन् ।
                               

                                       प्रकाशित मिति: २०७० आश्विन २३ ११:५६

Thursday, October 3, 2013

पोखरामा अल्ट्रालाईट दुर्घटना, दुईको मृत्यु (फोटो फिचर सहित)

पोखरा १७ असोज/पोखरामा एभिया क्लबले सन्चालन गर्दै आएको अल्ट्रालाईट नायन ए ए जे वाइ आज विहान दुर्घटनामा परेको छ । विहान चाइनीज पर्यटक सहित उडेको अल्ट्रालाईट दुर्घटना भै धान खेतमा खस्दा दुई जनाको ज्यान गएको छ । कास्कीको पुम्दीभुम्दी स्थित शान्तिस्तुपा नजिकै बिहान साढे ९ बजे अल्ट्रालाईट दुर्घटना हुदा चालक स्टेफन श्रेष्ठ र चिनिया नागरीक लि जोन पर्यटकको ज्यान गएको हो ।ulterlightr
श्रेष्ठ एभिया क्लबका सञ्चालक समेत हुन् । उडानको क्रममा ईन्जिनमा खराबी आएपछि अबतरण गर्न खोज्दा बिजुलीको तारमा ठोकिएर दुर्घटना अएको विमान स्थलले जानकारी दिएको छ । मौषम पनि खराब भएका कारण दुर्घटना भएको हुन सक्ने स्थानीयल जानकारी दिए । पोखरामा सामान्य बर्षा भैरहेको छ । दृष्य अबलोकनको लागि उडान भरेको थियो । स्थानीयका अनुसार जहाज ढल्फीएर पछि पाइलटल प्यारसुट खेलेका थिए तर चिसो मौषकका कारण प्यारासुट नखुलेका बताए ।
शबलाई पोष्टमार्टमको लागि चरक अस्पताल लगिएको छ । घटना लगतै उद्धारको लागि स्थानिय, प्रहरी र नेपाली सेनाको टोलि घटनास्थल पुगेका थिए । दुर्घटनाग्रस्त अल्ट्रालाईट पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । आकाशमा उडिरहेको अल्ट्रालाईट एक्कासी खसेपछि स्थानियबासी घटनास्थल पुगेका थिए । ‘ उद्धारको लागि गएका थियौ स्थानियल भने अल्ट्रालाईटमा रहेका दुबैको मृत्यु भैसकेको थियो ।’
अल्ट्रालाईट सञ्चालनको १७ बर्षे ईतिहासमा पहिलोपटक दुर्घटनामा परेको हो । एभिया क्लबले पोखरामा पहिलोपटक अल्ट्रालाईट भित्र्याएको थियो । पोखरा र यस आसपासको दृष्याबलोकनको साथै हिमश्रृङखलालाई नजिकबाट नियाल्ने उत्कृष्ट माध्यमको रुपमा अल्ट्रालाईटको प्रयोग हुदै आएको छ । दुर्घटना पश्चात् अहिले सम्पूर्ण अल्ट्रालाईटको उडान स्थगित गरिएको छ ।
ulterlightr (2)ulterlightr (1)


Tuesday, October 1, 2013

हाम्रै गुल्मीमा: "फोन लभ"ले यसरी डुबायो जिन्दगी, फोनकै भरमा होटेलमा पुगेर सर्वस्व सुम्पेपछी

यो पनि पढ्नुस्: ड्राईभरसँग क्याम्पसे युवतीको "लभ", "कान्छी सिट"ले डुबायो ८ लाख -

असौज १५, गुल्मी । कसले हो तँलाई यो गर्भ बोकाएको ? भन्दै बाबुले छिनछिनमा सुत्केरी छोरीलाई खार्ने गर्छन् । छोरी भन्छिन ‘राजेन्द्र श्रेष्ठ भन्नेले हो ।’ कोहो त्यो ? कहाँ हो उसको घर ? छोरी नाजवाफ, निर्लज्जा हुँदै आँसुको थोपा झार्छिन उनी । आखिर छोरा–छोरीको आलो घाउ न भैहाल्यो, केहि उपाय नपाएर बाबु आमा सुरुमा धामी झाँक्री कहाँ छोरीको ईज्जत लुट्ने त्यो मान्छे को होला ? भन्दै हिँडे त अहिले दशा नै लागेको रैछ भनेर भक्कल गर्न थालेका छन् ।
यो गुल्मी पराल्मी गाविसको खवर हो । पराल्मी गाविसको एक विपन्न दलित परिवारकी २१ वर्षिया सुनिमायाँ बिश्वकर्मा (नाम परिवर्तन)ले छोरी जन्माएर कुमारी आमा बनेको डेढ महिना भयो तर ति सन्तानका बाबुको नाम राजेन्द्र श्रेष्ठ र उनको पेशा वस ड्राईभर हो भन्ने मात्रै थाह छ अरु उनलाई केहि थाह छैन । ‘मोवाईलमा फोन आयो, हुँदाहुँदा आजभोली न देखेको, न चिनेको भए पनि माया बस्यो’ सुनिमायाले भनिन्–‘फोन लभ चलेको तिन महिना पछि घर देखि पर गौँडाकोटमा बोलाए, त्यहाँबाट साँझ ७ वजेतिर तम्घास बसपार्कको आकाश होटलमा लगेर जवरजस्ती गरे ।’ उनि त एक उदाहरणकी पात्र मात्रै हुन् चिन्नु न जान्नुका मान्छेसंगको फोन लभ र वस जिपहरुमा ड्राईवरको कोखैको सिटमा यात्रा गर्न रुचाउने थुप्रै महिलाहरु तुरुन्तै यौन सम्वन्धमा बाँधिएपछि अलपत्र हुने गरेका छन् ।
आफु चाँही जहाँ वोलायो त्यहीँ जाने अनि जवरजस्ती गर्यो भन्ने ? यो प्रश्नमा उनले भनिन्–‘उसले त्यसो गर्ला भन्ने लागेन, तर त्यस्तै भयो ।’ मस्त जवान बैँश उमेरकी उनि भन्छीन–‘होटलको कोठा पुरै अँध्यारो थियो, जवरजस्ती गर्न मिल्ने खालको ।’ उनको त्यस्तो भनाईले सहमतिकै यौन सम्बन्धलाई पनि ‘जवरजस्ती’ भन्ने सांकेतिक भाषा चलेको छ, ग्रामिण युवतीमा भन्ने बुझन सकिन्छ । जसलाई कानुनको भाषामा बलत्कार भन्ने गरिन्छ । साँझ होटलमा ति ड्राईवरको प्यारमा लठ्ठीँदै भित्रिएकी उनि विहानसम्म उनैसँग त्यहीँ विताईन र ड्राईवर गाडी चलाएर हिँडेपछि उनि बाहिरीएको आफै बताउँछिन् । त्यस दिनदेखि ति ड्राइभरले मोवाईलको सिम कार्ड नै वदलेर वसेको उनले बताईन । ‘सुरुमा फोन एउटी महिलाले उठाईन, त्यसपछि स्वीच अफ भयो, अहिले सम्म पनि स्विच अफ छ सम्पर्कै हुन सकेन’ उनले भनिन् । गर्भ रहेको कुरा पाँच महिनापछि मात्रै थाह भयो, उसलाई फोन गर्दा–गर्दा हैरान भईयो’ उनले थपिन्–‘अहिले त उसले त्यो बस बेचेको छ रे ।’ चिन्नु न जान्नुको मान्छेलाई पहिलो भेटमै आफ्नो अस्मीता कसरी सुम्पीनु भयो त ? उनले भनिन्–‘के गर्नु त, उसले त्यस्तै ग¥यो मलाई पनि त्यस्तै भयो ।’ पहिलो भेटमै अस्मीता सुम्पीने मान्छेले त सम्झनाका लागि उनको एउटा फोटो मागेर राखेको भए पनि त हुन्थ्यो नि भन्ने प्रश्नमा उनले त्यसमा पछुतो प्रकट गरिन । भनिन्–‘के गर्ने यस्तो होला भन्ने थाह भएन, कमसेकम एउटा फोटो राखेको भए फेला पार्न सकिन्थ्यो होला ।’ राजेन्द्र श्रेष्ठ उनको सक्कली नाम थियो वा वनावटी उनलाई थाह छैन । उनले देखे मात्रै चिन्छिन नत्र ति सन्तान सधैको वेवरिसे बन्ने निश्चित जस्तै छ । कतिपय सवारी चालकहरुबाट सदरमुकाम आसपासको महिलाहरु यसरी फस्ने गरेको यो नौलो घटना होईन । सदुरमुकाम आसपास गाविसका श्रीमान घर नभएका कतिपय महिला र अलि बैंसले कुत्कुताएका युवतीहरु बढि नै फस्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएका उजुरीले देखाउँछ । गाडी चढेर सुनौली वोर्डर सम्म पुग्ने कैयौं किशोरी र पाका महिलाहरुलाई समेत प्रहरीले उद्धार गरेको छ ।
यौन विकृति विरुद्ध जनचेतनाको खाँचो भएको जिल्ला प्रमुख डिएसपी राजकुमार लम्सालले बताउँदै आएका छन् ।‘ अवैद्य सम्वन्धका कतिपय उजुरी त यति डर लाग्दा आउँछन् कि हामी स्तब्ध हुन्छौं लम्सालले भने–हामी सिरियस भएर अनुसन्धान गर्ने गरेका छौं । ’ सदरमुकाम आसपासका गाउँ मात्र होईन गाडी पुग्ने ग्रामिण भेगका महिलाहरु पनि सुरुमा उनिहरुबाट लाभान्वित र पछि पिडित हुने गरेका घटना धेरै छ्न । विशेषतः महिलाहरुमा परिचत ब्याक्तिको भन्दा अपरिचित ब्याक्तिको मोवाईल फोनले बढि कौतुहलता जगाउने र आशक्त बनाउने गरेको यहाँका केहि घटनाले देखाएको छ ।
युवती र अधबैँशे महिलाहरु जिप-बसहरुमा ड्राईवरकै कोखको सिट रोज्ने र चालक दलले पनि उनिहरुलाई त्यही कोखकै सिटमा राख्न खोज्ने भएकोले पनि विकृति बढेको एक ड्राईभर बताउँछन् । उनका अनुसार ड्राईवरको कोखैको सिटलाई ‘कान्छी सिट’ भन्ने गरिन्छ । ‘त्यस कान्छी सिटमा वसाल्दा वसाल्दै एउटी क्याम्पस पढ्ने केटी सित लभ प¥यो ’ उनले भने– "त्यस पछि त जंगल, झाडीहरुमा दिउँसै पनि बस्न थालियो ।’ अघिल्ली एउटी केटीलााई तिन पटकसम्म गर्भधारण गराएर फाल्न लगाएको बताउने उनले त्यसपछि गुल्मीको रुट छाडेर अर्घाखाँची रुटमा चलाउन थालेको केहि दिनमैं त्यस भेगकी ति क्याम्पस पढ्ने युवतीसंग नयाँ सम्वन्ध जोडेको ११ महिना मैं ८ लाख रुपैयाँ सकेको बताए । उनले त्यही जिप बेच्नु पेरको र अहिले गाडी मालिकबाट अर्काको ड्राईवर बनेकामा यतिबेला पछुतो छ उनलाई ।
अनियन्त्रीत यौन सम्वन्धबाट यसरी कतै ड्राईवर पिडित त कतै पराल्मीकी सुनिमायाँ झै महिलाहरु घर न घाट हुनु परेको छ । कान्छी सिटको यात्रा र मोवाईल फोनकै पिरती नामको गाईजात्राकै भरमा सुदुर पश्चिमाञ्चलका एक ड्राईवरसंग दुधे बालक छाडेर हिँडेकी सुनिमायाँकै छिमेकी गाविस गौँडाकोटकी शान्ति चुँदाली अहिले कहाँ छन् कसैलाई थाह छैन । श्रीमान विदेश तम्घासमा छोरा पढाउन बसेकी बडागाउँकी कमला जि.सी. पनि ड्राईवरसितै सौता माथी हिँडिन् । ति वालक अहिले विचल्लीमा छन् । १२ वािर्षया उनि भन्छन् –‘रातमा त्यो ड्राईवर आँउथ्यो म सुतिन भने दुबैले पिट्थे अनि सुते जस्तो गर्थे, उनिहरु के...के...गर्थे के.....के.....।’ उनलाई घरवेटीले पटक पटक हप्काएका थिए तर उनले उल्टै शत्रु ठानिन् । यसरी शहरका डेरा, सदरमुकाम र सडक छेउछाउका होटलहरुमा पारिवारिक, प्रशासनिक निगरानी नभएकोले पनि अवैध सम्वन्ध राख्ने जोडीहरुले प्रशय पाएको वुद्धिजीवीहरुको बुझाई छ । 

एमालेमा को, कहाँबाट उम्मेदवार ? (बिभिन्न जिल्लाको नामावलीसहित)

काठमाडौं, असोज १५ – नेकपा एमालेले संविधानसभा चुनावका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको टुंगो लगाएको छ । तर उम्मेदवारको नामावली भने मंगलबार सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

पदाधिकारीमा उपाध्यक्ष विद्या भण्डारी, सचिव युवराज ज्ञवाली, स्थायी समिति सदस्य भरतमोहन अधिकारी र अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरालाई समानुपातिकबाट उठाउने एमालेको तयारी छ । प्रदीप नेपाल, सिद्धिलाल सिंह, गंगालाल तुलाधार लगायतका नेताहरु पनि प्रत्यक्षतर्फ उम्मेद्वार नबन्ने भएका छन् ।
एमालेले मंगलबार घोषणा गर्न लागेको उम्मेद्वारको सूची अनुसार केही नेताहरुको निर्वाचन क्षेत्र यसप्रकार छ :

१. अध्यक्ष झलनाथ खनाल– इलाम १ र सर्लाही १
२. वरिष्ठ नेता माधवकुमार नेपाल–रौतहट १ र काठमाडौं २
३. नेता केपी शर्मा ओली–झापा ७
४. उपाध्यक्ष बामदेव गौतम– बर्दिया १ र प्यूठान १
५. महासचिव ईश्वर पोखरेल– काठमाडौं ५
६. सचिव बिष्णु पौडेल– रुपन्देही ४
७. सचिव शंकर पोखरेल– दाङ ४
८. सुवासचन्द्र नेम्वाङ– इलाम २
९. प्रदीप ज्ञवाली–गुल्मी २
१०. रघुजी पन्त– ललितपुर ३
११. अरुण नेपाल– सिन्धुपाल्चोक १
१२. गोकर्ण विष्ट– गुल्मी ३
१३. भीम रावल– अछाम १
१४. प्रकाश ज्वाला– सल्यान २

विभिन्न जिल्लामा एमालेका तर्फबाट उम्मेद्वार बन्नेहरुको नामावली यसप्रकार छ :
  • काठमाडौं १– विदुर मैनाली
  • काठमाडौं ३– रामेश्वर फुयाँल
  • काठमाडौं ४– निर्मल कुईंकेल
  • काठमाडौं ६– योगेश भट्टराई
  • काठमाडौं ८–जीवनराम श्रेष्ठ
  • काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
  • काठमाडौं १०–रामकृष्ण दुवाल
  • ललितपुर १– मधुसुदन पौडेल
  • ललितपुर २– कृष्णलाल महर्जन
  • ललितपुर ३–रघुजी पन्त
  • भक्तपुर १–मोहनवीर श्रेष्ठ
  • भक्तपुर २– महेश बस्नेत
  • कैलाली १– प्रेम साउद
  • कैलाली २– मोहनसिंह राठौर
  • कैलाली ५– पदम सिंगाल
  • कैलाली ६– महेश्वर पाठक
  • दाङ १ – रेवतीरमण शर्मा
  • दाङ २ – शान्ता चौधरी
  • दाङ ३ – लक्ष्मण आचार्य
  • दाङ ५ –उत्तरकुमार वली
  • रोल्पा २– कुमार दसौदी
  • रुकुम १ – खेममान खड्का
  • रुकुम २– ठगेन्द्रप्रसाद पुरी
  • प्यूठान २–हिरा केसी
  • सल्यान १– गुलावजंग शाह
  • कालिकोट– कुर्मराज शाही
  • जुम्ला–पदम रोकाय
  • हुम्ला – दलबहादुर रावल
  • डोल्पा– धनबहादुर बुढा
  • मुगु –गोपाल बम
  • बाँके १ – देवराज भार
  • बाँके २ – दिनेशचन्द्र यादव
  • बाँके ३– पदम धिताल
  • बाँके ४ – दलबहादुर सुनार
  • दैलेख १ – अमरबहादुर थापा
  • दैलेल २– लक्ष्मीप्रसाद पोखरेल
  • जाजरकोट १ – डम्बरबहादुर सिंह
  • जाजरकोट २– कृष्णबहादुर बिसी
  • सुर्खेत १– कमला शर्मा
  • सुर्खेत २–यमलाल कँडेल
  • सुर्खेत ३– नवराज रावत
  • बर्दिया २– पूर्ण शर्मा
  • बर्दिया ३ – विष्णु चौधरी
  • बर्दिया ४– लौटन थारु
  • अर्घाखाँची १– नरेन्द्रकुमार क्षेत्री
  • अर्घाखाँची २ – दुमन थापा
  • भोजपुर १ – कृपाशुर शेर्पा
  • भोजपुर २ – शेरधन राई
  • सोलुखुम्बु – आङङिम लामा
  • संखुवासभा १– हेमराज घिमिरे
  • संखुवासभा २–राजेन्द्र गौतम
  • तेह्रथुम – भवानी खापुङ
  • ताप्लेजुङ १ – भुपेन्द्र थेवे
  • ताप्लेजुङ २ – डम्बरध्वज तुम्बाहाम्फे
  • पाँचथर १ – गणेश काङमाङ
  • पाँचथर २ – डम्बरसिंह सम्बाहाम्फे
  • ओखलढुंगा १ – यज्ञराज सुनुवार
  • खोटाङ १–पीके राई
  • खोटाङ २–विशाल भट्टराई
  • काभ्रे १– संग्रामजीत लामा
  • काभ्रे २ –रामहरि सुवेदी
  • काभ्रे ३– गोकुल बास्कोटा
  • काभ्रे ४– विदुर सापकोटा
  • नुवाकोट ३ – नारायण खतिवडा
  • धादिङ २ – गुरु बुर्लाकोटी
  • धादिङ ३ – राजेन्द्र पाण्डे
  • सिन्धुपाल्चोक २ – सुवास कर्माचार्य
  • सिन्धुपाल्चोक ३ – शेरबहादुर तामाङ
  • दोलखा १ – पार्वत गुरुङ
  • रामेछाप १– कमल सुनुवार
  • रामेछाप २– कैलाश ढुंगेल
  • मकवानपुर १– अणुराज जर्घामगर
  • मकवानपुर ३ – अनन्त पौडेल
  • मकवानपुर ४– राजाराम स्याङतान
  • चितवन २– कृष्ण खनाल
  • चितवन ४– पार्वती रावल
  • चितवन ५– दानबहादुर तामाङ
  • कास्की १ – मानबहादुर जिसी
  • कास्की २ – कृष्ण थापा
  • कास्की ३– रविन्द्र अधिकारी
  • कास्की ४– सीता गिरी
  • तनहुँ १ – राम गुरुङ
  • तनहुँ २ – किसानलाल श्रेष्ठ
  • तनहुँ ३– टुकराज सिग्देल
  • म्याग्दी – नवराज शर्मा
  • बाग्लुङ १ – मना केसी
  • बाग्लुङ २ – डा. सूर्य पाठक
  • बाग्लुङ ३ – मोहनलाल शर्मा
  • रुपन्देही १ – छविलाल विश्वकर्मा
  • रुपन्देही २ – पुष्पाञ्जली उपाध्याय
  • रुपन्देही ५– रामनाथ ढकाल
  • गुल्मी १ – मैना भण्डारी
  • गुल्मी ३– गोकण विष्ट
  • पाल्पा १–राधाकृष्ण कँडेल
  • पाल्पा २ – सोमप्रसाद पाण्डे
  • पाल्पा ३– कुलप्रसाद नेपाल
  • झापा १–रविन कोइराला
  • झापा २ – पवित्रा निरौला
  • झापा ३– वसन्त बानियाँ
  • झापा ५– एलपी सावा
  • झापा ६– दीपक कार्की
  • धनकुटा १– टीकाराम चेम्जोङ
  • धनकुटा २–राजेन्द्र राई
  • मोरङ १– ऋषि पोखरेल
  • मोरङ २– चण्डी राई
  • मोरङ ३– गुरु बराल
  • मोरङ ४– ज्ञानेश्वर राजवंशी
  • मोरङ ५–रामलाल शाह
  • मोरङ ६–महेश भट्टराई
  • मोरङ ७– यशोदा अधिकारी
  • मोरङ ८–चन्द्रवीर गुरुङ
  • मोरङ ९– घनश्याम खतिवडा
  • सप्तरी १–सुमन प्याकुरेल
  • सप्तरी २–शैलेन्द्रचन्द्र झा
  • सप्तरी ३– मन्जु साह
  • सप्तरी ४–ताराकान्त थारु
  • सप्तरी ५–गोविन्द न्यौपाने
  • सप्तरी ६–बृजनाथ शाह
  • सिरहा १–गंगाप्रसाद यादव
  • सिरहा २–रामचन्द्र यादव
  • सिरहा ३–प्रमोद यादव
  • सिरहा ४–रामऔतार यादव