Wednesday, October 9, 2013

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

गुल्मी, २३ असोज– गुल्मी जिल्लाको ग्वाघा गाविसमा आज राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भुर्तङ्ग प्रहरी चौकी इन्चार्ज पशुपती बोहोराका अनुसार बुटवलबाट खाध्य सामाग्री लिएर भुर्तुङ्ग तर्पm जा“दै गरेको लु. २ त. ६१४३ नम्बरके ट्याक्टर ग्वाघा गाविसको वार्ड नं. २ गम्देबेलौनी भन्ने स्थानमा राती दुर्घटनामा परेको थियो । दुर्घटनामा भुर्तुङ्ग गाविस वार्ड नं. ४ का ट्याक्टर मालिक नवराज श्रेष्ठ र भुर्तुङ्ग गाविस वार्ड नं. ५ का गुनबहादुर किसानको  घटनास्थलमै मृत्यु भएको प्रहरी हवल्दार बोहोराले बताउनु भयो । ट्याक्टर सडकबाट झण्डै ७० मिटर तल खसेको छ । घटनामा ट्याक्टर चालक भुर्तुङ्ग गाविस ४ कै कुमार थापा र हुमबहादुर राना सामान्य घाइते भएको र उनीहरुको शान्तिपुर हेल्थपोष्टमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment