Friday, June 24, 2016
Tuesday, June 21, 2016
यी हुन् काबुलमा मारिने १२ नेपाली (सूचीसहित)
काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपाली युवाको नाम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका हुन् ।
प्रवक्ता पौड्यालका अनुसार काबुलमा मारिएकामध्ये १२ जनाको मात्र पुष्टि भएको बताए । ‘१४ जना मारिएको सूचना आएपनि अन्य दुईजना विदेशी हुनसक्ने अनुमान छ’, उनले भने, ‘नेपालीसँग अनुहार मिल्दोजुल्दो भएपनि उनीहरु नेपाली नै भएको एकीन भएको छैन ।’
काबुल विस्फोटमा १४ जना मारिएको कुरा सरकारले जानकारी दिएको थियो । परराष्ट्र मन्त्री कमल थापाले पनि सोमबारको संसद् बैठकमा १४ नेपालीको ज्यान गएको जानकारी गराएका थिए ।
प्रवक्ता पौड्यालले काबुल जानका लागि पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल तयारी अवस्थामा रहेको जानकारी दिए । इस्लामावादबाट काबुल जाने जहाज बिहानै उड्ने भएकाले भोलि बिहानसम्म पाकिस्तानी दूतावासबाट अधिकारीहरु काबुल पुग्ने पौड्यालको भनाइ छ ।
‘पाकिस्तानस्थित हाम्रा अधिकारीहरु काबुल पुगेर शवलाई नेपाल फर्काउन तथा घाइतेको प्रभावकारी उपचारको पहल गर्नेछन्’, पौड्यालले भने, ‘घटनापछि सरकारले अफगान सरकारसँग निरन्तर सम्पर्क गरिरहेको छ । घाइतेको उपचारमा कुनै कसर नराख्न भनेका छौं

हार्दिक श्रादन्जली
हार्दिक श्रादन्जली !!!
अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले हामीहरु स्तब्ध भएका छौ । यस दुखद घडीमा मृतआत्माहरुको चिरशान्तिको कामनागर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै अन्य घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौ ।’ यस दुखद घडीमा सबैमा धैर्य धारण गर्न शिक्ति मिलोस, नेपाल सरकार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालय को ध्यान यश तर्फ जओस तुरुनदुखि र पिडित परिवारजनहरु उचित राहतको व्यवस्था गर्दै पिडितहरुको घाऊमा मलम लगाऊन हार्दिक अनुरोध गर्दछौ ।
मेरो दिगाम परिवार
चारबर्ष पछि सकुशल नेपाल फर्किन हरिकला परियारः
१७ जुन, २०१६तेज थापा, रियाद साउदि अरब ।भारतको कलकत्ता हुदै बिगत चारबर्ष अघि साउदी आएकि दाङ तुल्सिपुर नगरपालिका ३, कि हरिकला परियार हिजो नेपाल फर्कन सफल भएकि छन् । अपरान्ह ३:५५ बजे रियाद बिमान स्थल हुदै यअर अरबियाबाट उनलाइ नेपाल फर्काइएको नेपाली दुतावास रियादका का. बा. राजदूत आनन्द प्रसाद सर्माले जानकारी दिनु भयो । घरेलु महिला कामदारको रूपमा साउदी छिरेकी उनलाइ रियादमा केहि महिना काम लगाइ पुर्वी प्रान्त स्थित कतिफ मालिकको बैनिको घरमा स्थानान्तरण गरिएको थियो । त्यहाँ उनलाइ तलव सेवा सुबिधा दिनुको सट्टा राम्ररि खान पनि नदिइए उल्टै कुटपिट लगायतका घरेलु हिंसा बोहोर्न बाध्य भइन । यातना सहन नसकि उनि ६ महिना अघि साउदीको घरबाट भागेर आफन्तजनको रेखदेख र संरणमा पुगेकि थिइन । अबैध बनि नेपाल फर्किन पाउने वा नपाउने अन्योल अवस्थामा रहेकी हरिकलालाइ नेपाली राजदूतावास रियदसँग परामर्स गरि गत ७ मे, २०१६ मा एनआरएनए साउदीको एक टोलीले कतिफ आफन्तको घरबाट उध्दार गरि दूतावास रियादमा पुराएको थियो । यसरि अलपत्र अवस्थामा रहेकि हरिकला परियारलाइ नेपाली दुतावास रियाद तथा एनआरएनए साउदीको संयुक्त पहलमा सकुसल नेपाल फर्काउन संभव भएको हो ।
कुवेत लगायत तेस्रो मुलुक हुदै अबैध घरेलु कामदारको रूपमा साउदी आइपुगेका महिलाहरूको उध्दार गर्न साउदीको कानुन बमोजिम धेरै अप्ठ्याराहरू आइ पर्ने नेपाली राजदूतावास साउदी अरबका का. बा. राजदुत आनन्द प्रसाद सर्माले जनाउनु भयो । उहाँले कुबेत हुदै साउदी छिरेका नेपाली महिलाहरूलाइ तलव नदिने, घरेलु हिंसा गर्ने तथा कुनै-कुनै महिलाहरूलाइ बिच बाटोमा मात्र नभएर दुतावासको कार्यालय अगाडी अलपत्र अवस्था मै छोडि दिने समेतका घटनाहरू बेहोर्नु परेको र त्यस्ता महिलाहरू उध्दारको सिलसिलामा अझै दुतावसको सेल्टरमा रहेको जानकारी पनि दिनु भयो ।

Subscribe to:
Comments (Atom)