Wednesday, March 28, 2012

दिगाम बासीहरु को लागी दु:खद घटना

                                          हार्दिक  समबेदाना 

दिगाम बासी हरु को लागी दु:खद घटना दिगाम मौलीपुर बासी पदम पन्थ को यहि मार्च २३ तारिख २०१२ का दिन कोरिया मा २६ बर्षको अल्पायु मै असामायिक तथा दु:खद.निधन भएको छ / यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दछौ 

मेरो दिगाम परिवार 

Tuesday, March 13, 2012

मेरो दिगाम
गुल्मीका विभिन्न स्थानमा परेको चट्याङका कारण ठुलो क्षति भएको छ । आज दिउँसो पानीसँगै परेको चट्याङ लागेर वाँझकटेरी गाविसमा १ जना वालकको मृत्यु भएको छ भने दर्जन वढि अचेत भएका छन् । वाँझकटेरी गाविस वडा नम्वर २ फुस्रेधाराका हिमलाल भुसालका ८ वर्षीय छोरा प्रेम भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । चट्याङवाट गाविसका विभिन्न स्थानमा दर्जन वढि व्यक्तिहरु अचेत भएका छन् भने केही पशुचौपाय पनि मरेको स्थानीय सुर्य प्रसाद भुसालले जानकारी दिनुभयो ।
यस्तै सिर्सेनी गाविसमा पनि चट्याङले ठुलो क्षति पु¥याएको छ । गाविसको वडा नम्वर ७ पोखराका भोजराज अर्यालेको घर नजिकै परेको चट्याङवाट पनि दर्जन वढि व्यक्तिहरुलाई क्षति पु¥याएको छ । कसैको हात नचल्ने तथा कसैको वेहोस अवस्थामा रहेको स्थानीयवासीले जानकारी दिएका छन् । घाईते मध्ये पवित्रा विक र विष्णु विकको अवस्था अलि गम्भिर रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको मोतिवहादुर थापा जानकारी दिनुभएको छ ।
चट्याङका कारण सिर्सेनी र वाँझकटेरीमा लाखौँ मुल्य वरावरका विद्युतीय सामग्रीमा क्षति पुगेको छ । सिर्सेनी गाविसमा सञ्चालित वाङ्ग्रेखोला लघुजलविद्युतमा पनि क्षति पुगेको लघु जलविद्युतका अध्यक्ष मोतिवहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै पश्चिमी वायुका कारण एक्कासी परेको पानीले गुल्मी सहित देशभर चिसो वढेको छ । एक्कासी विहान देखि परेको हल्का पानीले गुल्मीमा चिसो वढेको छ । सदरमुकाम तम्घास सहितका ग्रामिणका भेगहरुमा पानी परेको थियो । यस्तै उच्च हिमाली भागहरुमा हिमपात भएको वताईएको छ ।
समाचार गुल्मी न्युज डट काम बाट सबार 

Saturday, March 10, 2012

Monday, February 27, 2012

बबरमहल बिष्फोटको त्यो बेला


१५ फागुन, काठमाण्डौ । दिउँसो एक बजेर १० मिनेट गएको बेला थियो । म बबरमहलको सडक विभाग हुँदै सिंहदरबार दक्षिणढोकातर्फ लाग्दैथिएँ । महालेखा परीक्षकको कार्यालय अगाडि पुग्ने बित्तिकै ठूलो आवाजमा केही पड्किएको सुनियो । वरपर भएका मान्छे सबै आत्तिए । मैले पनि बाइक रोकें । सबैले टायर पड्केको भनेर लख काटे । नजिकै आयल निगमको गेटतिर मान्छे चिच्चयाएको आवाज आयो । सडक विभागको गेटमा रहेका प्रहरी दौडिँदै त्यता लागे ।
वरपरका रहेका मान्छेहरु पनि त्यतै दौडिए । त्यहाँ पुग्दा एकजना मान्छेको आन्द्राभूँडि नै बाहिर निस्केको र अर्को एकजना रगतपिच्छे भएर ढलिरहेको अवस्थामा देखियो । तीनजना रगतपिच्छे भएर छटपटाइरहेका थिए । उतिखेरै प्रहरीको भ्यान पनि आयो । आयल निगमको गेटनिर रहेको एकजना र सडकमा रहेको अर्कोजना मृत्यु भइसकेको पुष्टी भएपछि उनीहरुलाई केही पनि गरिएन । अरु छटपटाइरहेकाहरुलाई प्रहरीले उतिखेरै अस्पताल दौडायो ।
त्यसपछि त्यहाँ रमितेहरुको भीड लाग्यो । नजिकै जिल्ला अदालतदेखि अरु सरकारी कार्यालय भएकाले मानिसको निकै भीड थियो । त्यो भीड नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मेहम्मे भयो । आयल निगम, जिल्ला अदालत र महालेखा परीक्षक कार्यालय परिसरमा पार्किङमा राखिएका सवारी साधन हटाउन पनि निकैबेर लागेको थियो । बबरमहल, सिंहदरबार दक्षिणढोका, माइतीघर आसपासमा हिंडिरहेका सर्वसाधारण निकै त्रसिद देखिन्थे ।
(बम बिष्फोटका प्रत्यक्षदर्शी कारोबार दैनिकका पत्रकार बिपेन्द्र कार्कीसितको कुराकानीमा आधारित)
बिष्फोटपछिको त्रास
आफ्नै सुरमा कामधन्दामा लागेका र बाटोमा हिंडिरहेकाहरु एक्कासी ठूलो बिष्फोटको आवाज सुन्दा झसाग भए । सुरक्षाकर्मी, सरकारी कर्मचारी, सेवाग्राही र बटुवाको बाक्लो आवातजावत भैरहने अति सम्बेदनशिल ठाउा नेपाल आयल निगमको गेटतिरबाट आएको त्यो आवाज बम विष्फोटको हो भन्ने अनुमान शुरुमा कसैले पनि गरेनन् । गाडीको टायर पड्केको होला भन्ने अड्कलवाजी थियो सबैको । तर जब घटनास्थल नजिक रहेका उनीहरुले आफ्नै आँखाले रगतपिच्छे भएर छटपटाइरहेकाहरुको कहालीलाग्दो दृश्य देखे, तब मात्र बम पड्केछ भन्ने उनीहरुलाई बिश्वास भयो ।
आयल निगमको गेटमा बम पड्केर मान्छे नै मरे भन्ने खबर एकाएक फैलियो । प्रहरी घटनास्थल आएर अनुसन्धान गर्न थाले । घटनास्थल आसपास पार्किङ गरेर राखिएका सवारी साधनलाई बाहिर पठाइयो । लौ आयल निगमको कार्यालयमा बम पड्क्यो रे भन्ने सुन्ने बित्तिकै आसपासका मान्छे त्यतैतिर दौडिए । तर प्रहरीले जिल्ला अदालत र सडक विभागको गेटबाट मान्छेलाई भित्र जान दिएको थिएन । मान्छेको भीड बढेपछि बबरमहल बानेश्वर क्षेत्रमा सवारी जाम भयो । बम पड्क्यो रे भन्ने सुनेकाहरु जिब्रो टोक्दै भन्दैथिए -’हैन यहीं भित्र बम पड्केको ? हैन चौबीसै घण्टा प्रहरी बस्ने ठाउामा कसरी बम पड्क्यो ? यस्तो सम्बेदनशिल ठाउामा त दिउसै यस्तो घटना हुन्छ भने अब कहाा कसरी सुरक्षित भईन्छ ?’ सबैको मुहारमा त्रास देखिन्थ्यो । अन्योल र आशंका थियो ।
सडकमा प्रहरी र मान्छेको भीड देखेका पैदलयात्री र गाडीका यात्रु चाहिं अचम्म मान्दै थिए । ‘हैन यहाा के भएको ? किन मान्छेको भीड ? बम पड्केको रे ? यहीं भित्र ? हत्तेरी……….?’ प्रशासनिक केन्द्र रहेको राजधानीको यस्तो सम्बेदनशिल क्षेत्रमा दिनदहाडै बिष्फोट भएको देख्नेजान्ने सबैको मुहारमा त्रास देखिन्थ्यो । त्रास र अन्योलबीच बबरमहल आसपासमा दिनभर मान्छेको घुईंचो लागिरहेको छ ।








































































































































                        फाटो र समाचार ओनलाइन खबर बाट