Monday, April 30, 2012

भारतको ब्रम्हपुत्र नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा १ सय ३ जनाको मृत्यु


 सय भन्दा वढी वेपत्ता

भारतको आसाम राज्यको ब्रम्हपुत्र नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको छ । भने सय भन्दा बढी हराइरहेका छन् । रातीको समयमा दुर्घटना भएकोले उद्धारकार्यमा कठिनाई भएको उद्धारकर्मीहरुले जनाएका छन् । आसामको मुख्य शहर गुवाहाटीदेखि ३ सय ५० किलोमिटर पश्चिममा रहेको नदीमा डुंगा डुबेको हो । तीब्र हावा र बर्षापछी आएको आँधीले डुंगा डुबाएको अनुमान गरिएको छ । उद्धारका लागि सेना, प्रहरी घटनास्थलमा पुगेका छन् ।

वैद्य पक्ष पनि सरकारमा जाने तयारीमा !


वैद्य पक्ष पनि सरकारमा जाने तयारीमा !

१९ बैशाख, काठमाण्डौ ।  प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नेतृत्वमा बन्ने सहमतिको सरकारमा आफू पनि सहभागी हुने माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले जनाएको छ । भट्टराई नेतृत्वको सरकारमा भने सहभागी नहुने बताएको छ ।
भट्टराई सरकारको राजीनामा माग्दै आएको वैद्य पक्षकी पोलिटब्युरो सदस्य पम्फा भुसालले सरकारको राजीनामापछि मात्र सहमतीय सरकारको वातावरण बन्ने बताइन् । ‘पहिले बाबुरामजीको सरकार जानुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि बन्ने सहमतिको सरकारमा हामी पनि सहभागी हुन्छौं ।’ उनले भट्टराई सरकार बन्ने बेलामा मधेसी मोर्चासँग भएको ४ बुँदे सहमति खारेज नभएसम्म वर्तमान सरकार सहमतिकै बने पनि सहभागी नहुने बताएको आजको कान्तिपुर दैनिकले छापेको छ ।
आफैंले भट्टराई सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भएकाले कांग्रेसलगायतले त्यस्तो प्रस्ताव ल्याए समर्थन गर्न सकिने वैद्य पक्षको भनाइ छ । ‘अहिले पार्टी एउटै भएको हुनाले अविश्वास प्रस्ताव ल्याउन मिल्दैन,’ उनको भनाइ छ, ‘अरू कसैले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए विचार गछौर्ं, किनकि हामी यो सरकार जाओस् भन्ने चाहन्छौं ।’
संस्थापनले सरकार टिकाउन मधेसी मोर्चासँग छलफल गरिरहेको उल्लेख गर्दै सरकार गिराउन कांग्रेस र एमालेसँग कुराकानी हुनु स्वाभाविक भएको भुसालको भनाइ छ । ‘बाबुरामजीहरूले सरकार टिकाउन मधेसी मोर्चासँग छलफल गर्न मिल्छ भने सरकार फेर्न अन्यसँग छलफल हुनु स्वाभाविक हो,’ उनको भनाइ छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल शान्ति, संविधान र सहमतिको सरकार प्याकेजमै हुनुपर्ने पक्षमा छन् । राष्ट्रपति कार्यकारी हुने शासकीय स्वरूपमा कांग्रेस, एमाले लचिलो भए दाहाल सहमतिको सरकारका लागि बाटो खोल्न तयार देखिएका छन् । दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले शान्ति र संविधान निष्कर्षमा नपुर्‍याई सरकार फेर्ने कुरा अनावश्यक भएको बताए ।
‘शान्ति, संविधान र सहमतिको सरकारको कुरा प्याकेजमै हुनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले कान्तिपुरसँग भने, ‘शान्ति र संविधान निष्कर्षमा नपुर्‍याई सरकार फेर्ने कुरा अनावश्यक हो । यसमा शान्ति र संविधान अवरुद्ध गर्ने गन्ध लुकेको छ ।’ प्रधानमन्त्री भट्टराईले पनि आइतबार कान्तिपुरसँग कुरा गर्दै आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्ने दाबी गरेका थिए ।
यसैबीच माओवादी र मधेसी मोर्चा भट्टराई सरकारलाई निरन्तरता दिने टुंगोमा पुगेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र वर्तमान सरकारलाई राष्ट्रिय स्वरूप दिने सहमति भएको नेताहरूले बताए ।
‘वर्तमान सरकारलाई बलियो गराउँदै शान्ति र संविधान समयमै जारी गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी तमलोपाका नेता हृदयेश त्रिपाठीले भने । दुई पक्षले संविधान जारी नगरी सरकार परिवर्तन गर्न नहुने निष्कर्ष निकालेका थिए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले शान्ति र संविधान अघि बढाउन सरकार बाधक नभएको उल्लेख गर्दै यही सरकारलाई राष्ट्रिय स्वरूप दिने निष्कर्ष निकालेको बताए । ‘शान्ति र संविधान अघि बढाउन सरकार प्रयत्नशील छ,’ उनले भने, ‘सरकार फेर्ने कुराले संविधान निर्माण अवरुद्ध गर्छ ।’
बैठकमा माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव पोस्टबहादुर बोगटी र मोर्चाका तर्फबाट उपप्रधान तथा मोर्चाका संयोजक विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्त ठाकुर, गणतान्त्रिक फोरमका कार्यवाहक अध्यक्ष राजकिशोर यादव, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री राजेन्द्र महतो, सिँचाइमन्त्री महेन्द्र यादवलगायत नेताको उपस्थिति रहेको थियो ।

जनकपुर विष्फोटको घटनामा संलग्न रहेको आशंकामा २ पक्राउ


जनकपुर विष्फोटको घटनामा संलग्न रहेको आशंकामा २ पक्राउ

१९ बैशाख, जनकपुर । जनकपुरको रामानन्द चोकमा सोमबार भएको बम विष्फोटको घटनामा संलग्न भएको आसंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोटरसाईकल चालक जयनारायण साह र मोटरसाईकलको पछाडी बसेका जय नारायण देब रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनिहरुका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बम विष्फोटमा परि मृत्यु भएकाहरुको अन्तिम संस्कार मंगलबार हुँदैछ । विहान ९ बजे देखि जनकपुर अञ्चलअस्पतालबाट शव यात्रा निकाल्ने तयारी भएको मिथिला राज्य संघर्ष समितिले जनाएको छ । समितिका अनुसार शवलाई जनकपुरको परिक्रमा गराउदै आजै अन्तिम सँस्कार गरिने छ ।
बम बिष्फोट भए लगत्तै नेपाल सरकार गृह मन्त्रालयले घटनाबारे अनुसन्धान गर्न तीन सदस्यीय अनुसन्धान टोलि जनकपुर पठाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले सरकारले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरिक्षक भूपेन्द्र खत्रीको नेतृत्वमा ३ सदस्यीय टोलि जनकपुर पठाएको जानकारी दिनुभयो ।
टोलिले सोमबारेदेखि नै अनुसन्धानको कामकाज सुरु गरिसकेको प्रजिअ गौतमले बताउनुभयो । मृतकलाई शहीद घोषणा, राहत र घाईतेहरुको उपचार खर्च उपलब्ध गराउन सरकार समक्ष सिफारीश गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले घटनापछि मृतकको परिवारजनलाई तात्कालै शहीद घोषणा गरी राहत उपलब्ध गराउन आग्रहसहितको पत्र गृहमन्त्रालय पठाईसकिएको जनाउनुभयो ।
एकीकृत नेकपा माओवादीले प्रस्तुत गरेको राज्य पुनसंर्रचनाको प्रस्तावमा मिथिला राज्य हटउनु पर्ने र मधेशी मोर्चाले समेत यसमा समर्थन गरेको भन्दै जनकपुरमा मिथिला राज्य संघर्ष समितिले आन्दोलन सुरु गरिरहेको समयमा सोमबार विहान बम बिस्फोट भएको थियो ।
मृत्यु भएकाहरुमा जनकपुर नगरपालिका वडा नं ८ बस्ने वर्ष ४० का बिमल शरण राउत कुर्मी, जनपा ४ बस्ने मिथिला नाट्यकला परिषद्की सदस्य रञ्जु झा, जनपा ४ बस्ने सुरेश उपाध्याय र जनपा १० का झगरु दास रहनु भएको छ । राउतको विष्फोट भएलगत्तै तात्काल घटनास्थलमै मृत्यु भएको हो भने उपाध्याय, झा र मण्डलको उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा ल्याउनुभन्दा अगाबै मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो ।

संबिधानसभा छाडेर होटल साहुनीसँग


संबिधानसभा छाडेर होटल साहुनीसँग

१९ बैशाख, काठमाण्डौ । संबिधानसभा निर्माण गर्ने गहन जिम्मेवारी दिएर जनताले चुनावमा जिताएका एक सभासद् एक बर्षदेखि बेपत्ता छन् ।
पर्वत क्षेत्र न २ बाट संबिधानसभा चुनाव जितेका माओवादी सभासद गुणाखर अर्याल वेपत्ता भएको एक बर्ष पुग्दा पनि न त उनको पार्टीले खोजेको छ नत संबिधानसभा सचिवालयले । आखिर के गर्दैछन यी जनप्रतिनिधि ?
प्रहरी स्रोतका अनुसार उनी नयाँ बसपार्क क्षेत्रमा भट्टी पसल चलाउने तामाङ थरकी एक महिला लिएर भागेका छन् । गत जेठ महिनासम्म संबिधानसभामा हाजिर रहेका सभासद बस्याल त्यसयता त्यहाँ पुगेका छैनन् । बिबाहित बस्यालकी श्रीमती खिमाले श्रीमानको खोजीका लागि गरेको प्रयास पनि सफल हुन नसकेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिले छापेको छ ।
मुलुक बनाउने भन्दै ज्यान हत्केलामा राखेर युद्ध लडेका बस्याल ती महिलाको प्रेममा यति पागल भइसकेछन की उनले सभासद् पद नै दाउमा राखे । उनले हालै सभासद् पदबाट राजीनामा दिएका छन तर स्वीकृत भइसकेको छैन् ।
मृगौला रोगी पत्नी खिमाले पतिको खोजीका लागि पुलिस र पार्टी गुहारिन् । पुलिसमा श्रीमान अपहरणमा परे भनेर निबेदन दिइन, तर पुलिस अनुसन्धानले उनी केटी च्यापेर चितवनतिर बसिरहेको पत्तो लगायो र थप खोज्नु नपर्ने निष्र्कष पनि निकाल्यो । त्यसपछि उनी अध्यक्ष प्रचण्डलाई गुहारिन तर पार्टीले पनि पति खोज्ने रुची देखाएन् ।

गर्मीका रोग र रोकथामका उपाय



गर्मीको तातोसँगै डिहाइडे्रसन, सनवर्नजस्ता समस्या सुरु हुन्छन्। यस्तो अवस्थामा स्वास्थ्यको विशेष ख्याल राख्नु जरुरी हुन्छ। समयमै सजग भए स्वस्थ जीवन बिताउन सकिन्छ। गर्मीमा आउटडोर एक्टिभिटिज धेरै हुन्छ। यसअन्तर्गत लडेर, एक्सिडेन्ट परेर पनि धेरै बिरामी अस्पताल आउँछन्। गर्मीमा पखाला लाग्ने तथा उल्टी हुने समस्या पनि बढी देखिन्छ। अझ तराईमा फोहोर-मैलाका कारण डेंगु, मलेरिया आदि रोग लाग्छन्। नदी एवं खोलानालाको वरपर फोहोर जम्ने भएकाले त्यस्ता ठाउँमा लामखुट्टे धेरै हुन्छन्। त्यही फोहोरमा बसेको लामखुट्टेले टोक्दा मलेरिया हुने सम्भावना बढ्छ।

गर्मीमा बढी हावाहुरी चल्ने भएकाले आँखामा धूलो पर्छ। फलस्वरूप कन्जेटोभाइटिस -आँखा रातो हुने समस्या) देखा पर्छ। यसैगरी धूलोको एलर्जीले पनि धेरैलाई पिरोलेको पाइन्छ।

डिहाइड्रेसन गर्मीमा धेरैलाई डिहाइड्रेसन हुन्छ। बढ्दो तापक्रमसँगै वरपरको वातावरण पनि सुख्खा हुन्छ अनि गर्मी हुने भएकाले पसिना बढी आउँछ। फलस्वरूप शरीरमा पानीको मात्रा कम हुन्छ। यसबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ। धेरै तिर्खा लागेको छ भने त्यही समयमा पानी पिउनुपर्छ। एकछिनपछि पिउँछु भनेर बस्नु हुँदैन। काँक्रा, खरबुजा, भुइँकटहरले पनि शरीरलाई रसिलो बनाउँछ। यसैगरी नरिवल पानी सेवन गर्नु पनि लाभदायक हुन्छ।

झाडापखाला तथा बान्ता गर्मीमा फोहोर-मैला व्यवस्थापन राम्रोसँग नहुँदा यस्तो समस्या बढी देखा पर्ने गरेको छ। आकाशबाट पानी पर्ने भएकाले घर वरपर फोहोर पानी जम्मा हुन्छ। फोहोर तथा नपखालिएको खानेकुरा खाए झाडापखाला लाग्ने सम्भावना हुन्छ।

दमका रोगीले विशेष ध्यान पुर्‍याउनुपर्छ गर्मीमा बढी धूलो उड्ने भएकाले दमका रोगीलाई समस्या हुन्छ। हावाहुरी चल्ने समयमा घरबाहिर निस्कनु हुँदैन। घाममा हिँडडुल गर्नुपरे छाता ओढ्नुपर्छ। एकपटक दम रोग लागेपछि पछिसम्म पनि त्यसले पिरोल्ने भएकाले ध्यान पुर्‍याउनुपर्छ।

कन्जेक्टोभाइटिस गर्मीमा कन्जेक्टोभाइटिस -आँखा रातो हुने) पनि बढी हुन्छ। हावाहुरी चल्ने भएकाले धूलो उडेर आँखामा पर्छ। फूलको परागकणले गर्दा पनि यस्तो समस्या देखापर्छ। त्यसैले घाममा एक्सपोज हुनुअघि सनग्लास लगाएर हिँड्नुपर्छ। बाहिर हिँडड्ुल गरेर आएपछि चिसो पानीले आँखा धुनुपर्छ।

छालाको समस्या

गर्मीको आगमनसँगै छालामा पर्याप्त समस्या देखापर्छन्। धूलो तथा फूलको परागकणले गर्दा छाला चिलाउनुका साथै रातो पनि हुन्छ। छाला कालो हुने साथै चिलाउने समस्या देखिन्छ। त्यसैले छालालाई घामबाट जोगाउन हिँडडुल गर्नुअघि क्रिम लगाउनुपर्छ। त्यसले सूर्यको प्रकाशबाट आउने हानिकारक किरणले छालामा पुर्‍याउने असरबाट जोगाउँछ। शरीरमा मोस्चराइजर पनि प्रयोग गर्नुपर्छ। पुरुषले सेभिङ गर्दा छालामा समस्या देखापर्न सक्छ। त्यसैले राम्रो सेभिङ लोसन तथा अफ्टर सेभ
प्रयोग गर्नुपर्छ।

खानपानमा ध्यान
गर्मीमा खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ। हल्ाुका तथा चिल्लोरहित खानेकुरा खानुपर्छ। गर्मीमा धेरै चिल्लो एवं मसलायुक्त खानाले फाइदा हुँदैन। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। रसिला फलफूल तथा सागपात बढी खानुपर्छ। खानामा सलाद पनि प्रयोग गर्नुपर्छ।
व्यायाम
 नियमित रूपमा बिहान सबेरै हिँडडुल गर्नुपर्छ। गर्मीमा बेलुका तातो हावा बहने भएकाले बिहानको स्वच्छ र ताजा हावामा हिँडडुल गर्नु उत्तम हुन्छ। धेरै व्यायाम गर्दा शरीरबाट बढी पसिना बाहिर निस्कने भएकाले हल्का व्यायाम गर्नुपर्छ।

टाउकाको पीडा
गर्मीमा टाउको दुख्ने समस्याले पनि सताउँछ। न्यूरोलोजिकल डिसअर्डरले गर्दा यस्तो हुन्छ। शरीरमा पानीको मात्रा कम हुने भएकाले टाउको दुख्छ। डिहाइडे्रसनका कारण पनि टाउको दुख्छ। त्यसैले बढी रसिला खानेकुरा खानु लाभदायक हुन्छ। पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ।

समाधानका उपाय
गर्मीमा सूर्यको तापक्रम बढी हुने भएकाले छालामा एलर्जी हुने समस्या पनि देखा पर्छ। त्यसैले भरसक घाममा हिँडडुल गर्नुहुँदैन। हिँड्नै परे छाता ओढेर हिँड्नुपर्छ। शरीर तथा शरीरका अन्य खुल्ला भागमा घामबाट जोगिने खालको क्रिम लगाउनुपर्छ। यसैगरी कन्जेटिभाइटिसबाट बच्न सनग्लास लगाउनुपर्छ। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। बासी, सडेगलेका खानेकुरा खानु हुँदैन। चिल्ला खानेकुरा नखाई पानीको मात्रा बढी भएका रसिला फलफूल एवं तरकारी खानुपर्छ। राम्रोसँग पखालेर पकाइएको खानेकुरा खानुपर्छ। गर्मीमा वरपरको वातावरण सफा राख्नु जरुरी छ। 

नाङ्गिदै नेपाली मोडलहरु (फोटो फिचरसहित)


पश्चिमा संस्कृतिको प्रभाव पछिल्लो समयमा नेपाली सिनेमा र मोडलिङ क्षेत्रमा खुलेरै पर्न थालेको छ । बिस्तारै बिस्तारै नेपाली नायिका र मोडेलहरु आधुनिक बन्दै छन । समयानुकुल नेपाली नायिका र मोडेलहरु ले आफुलाई अरु भन्दा बढी सेक्सी देखाउन लागीपरेका छन् । आफू चर्चामा आउन उनिहरुको अभिव्यक्ति नै अडियन्सलाई तान्ने खालको हुन्छ ।

डेढ दुई दशक अघिसम्म नेपाली महिलाहरु जहाँतहीँ अर्धनग्न अवस्थामा बाटाघाटामा देख्न पाउनु भनेको अनौंठो लाग्थ्यो । गुन्यु चोलीमा टिपिक्क भएर हिँडने महिलाहरु आजभोलि टु पिस (कट्टु-ब्रा) मा मात्रपनि देखिन लाज मान्दैनन् । 

शरीरका नलुकाई नहुने संवेदनशील अंगहरुपनि छेउछाउबाट देखियोस भन्ने मनसायले अन्तःवस्त्रहरु पहिरिन्छन् । 

अझ नेपाली नायिका र मोडेलहरुको त कुरै नगरौं, जतिपनि नांगिन खोज्छन उनीहरु, मानौं नांगिने होडबाजीमा छन् । परिवारमा सँगै बसेर हेर्न नसक्ने दृष्यहरु यूवाहरुकोलागी एक्लै हेरेर मनोरन्जन लिने साधन बनेको छ । 

केहि नेपाली मोडलहरुको तस्विहरु हामिले यहाँ राखेका छौं ।

by nepalarab
by nepalarab

by nepalarab

 


मेरो दिगाम:-जनकपुरमा आज भएको बम विष्फोटका सवत्र विरोध भएको छ । विष्फोटमा परी चार जनाको मृत्यु भएको छ भने कयौँ व्यक्ति घाइते भएका छन् ।
विष्फोटको घटनाप्रति विभिन्न संघ संस्था तथा राजनीतिक दलले निन्दा गरेका हुन । यसरी निन्दा गर्ने संस्था र राजनीतिक दलले मृतकप्रति श्रद्धान्जलि, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
 घटनाको निन्दा गर्दै नेपाली कांग्रेसले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा मानवताविरोधी घटनाको घोर निन्दा गरेको छ  । त्यस्तै घटनामा संलग्नलाई छिटो भन्दा छिटो कारबाही गर्न माग गरेको छ ।
घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघले समेत देशको राजनीतिक तरलतालाई अपराधीक समूहले प्रयोग गरेको ठहर गरेको छ । महासंघले राजनीतिक दललाई संविधान निर्माणको कामलाई गम्भिरताका साथ अगाडि बढाएर राजनीतिक तरलताबाट देशलाई मुक्ति दिन समेत आवहान गरेको छ ।