Friday, July 19, 2013
एक व्यक्ति, दुई नाम, तीन नागरिकता
गुल्मी, २ साउन / एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको खुलेको छ । विवाह भइसकेकी ती महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भएको नागरिकता निकालेर पुन: विवाह गरेकी छिन् । उनले विवाह गर्दै अ...ंश माग्ने गरेकी छिन् ।
दिगाम–७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लीकोट–१ का लिलबहादुर झाँक्रीको श्रीमतीका रूपमा ४११०१७/६५७११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ७ कात्तिक ०६५ मा अविवाहिताका रूपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् ।
उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक–फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ ।
गिरीले पहिलो नागरिकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीका रूपमा र दोस्रो नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा हस्ताक्षर गरी जारी गरेका छन् । नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभिन्न प्रमाणपत्रमा पनि फरक–फरक नाम राखेकी छन् ।
झाँक्रीले दोस्रो नागरिकताको आधारमा नागरिकता जारी भएको २२ दिनपछि २१ कात्तिक ०६५ मा नेपाली राहदानीको प्रमाणपत्रसमेत बनाएकी छन् । पहिलो श्रीमान्को मृत्युपछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्द बानियाँसँग विवाह गरेकी उनले दोस्रो पतिको पनि काठमाडौंमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराइदिन भनेपछि विवाद हुँदा उनको तीनवटा नागरिकता रहेको खुलेको हो ।
विवादपछि म्याग्दी जिल्ला अदालतमा परेको मुद्दामा किर्ते कागजात बनाएको अभियोगमा आफैँ कारबाहीमा परेपछि उनले मुन्द्रेहरूलाई ल्याएर धम्क्याउन थालेको बानियाँले बताए । ‘म्याग्दी जिल्ला अदालतको मुद्दामा हाम्रो विवाह बदर हुने र उसलाई नक्कली कागजातको सजाय भएपछि मुन्द्रे र गुन्डा बोलाएर धम्क्याउन थाली,’ उनले भने, ‘कानुन नै हातमा लिएपछि त के लाग्यो र हैरान भइयो ।’
ती महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमान्बाट दुई छोरा छन् । ०६५ मा श्रीमान्को मृत्युपछि उनले तुरुन्तै ४ कात्तिक ०६५ मा छोराहरूको संरक्षकका रूपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेकी थिइन् । त्यसको केही दिनपछि नै अविवाहिताका रूपमा नाम र जन्ममितिसमेत परिवर्तन गरी माइतीबाट नागरिकता लिएकी थिइन् ।
म्याग्दी जिल्ला अदालतका तत्कालीन न्यायाधीश विनोदप्रसाद शर्माको इजलासले १२ मंसिर ०६९ मा जालसाज गरेको ठहरमा झाँक्रीलाई मुलुकी ऐन किर्ते कागजको महल १० बमोजिम दुई सय रुपैयाँ जरिवाना गरी विवाहसमेत बदर गर्ने फैसला गरेको थिए । त्यसपछि आफूले अदालतमा न्याय नपाउने देखेर हरिकलाले नेता र गुन्डा गुहारेर आफूलाई दु:ख दिने गरेको बानियाँले बताए । साभार :गगनशिला खड्का ।: एक व्यक्ति, दुई नाम, तीन नागरिकता गुल्मी, २ साउन / एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको खुलेको छ । विवाह भइसकेकी ती महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भएको नागरिकता निकालेर पुन: विवाह गरेकी छिन् । उनले विवाह गर्दै अंश माग्ने गरेकी छिन् । दिगाम–७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लीकोट–१ का लिलबहादुर झाँक्रीको श्रीमतीका रूपमा ४११०१७/६५७११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ७ कात्तिक ०६५ मा अविवाहिताका रूपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् । उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक–फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ । गिरीले पहिलो नागरिकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीका रूपमा र दोस्रो नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा हस्ताक्षर गरी जारी गरेका छन् । नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभिन्न प्रमाणपत्रमा पनि फरक–फरक नाम राखेकी छन् । झाँक्रीले दोस्रो नागरिकताको आधारमा नागरिकता जारी भएको २२ दिनपछि २१ कात्तिक ०६५ मा नेपाली राहदानीको प्रमाणपत्रसमेत बनाएकी छन् । पहिलो श्रीमान्को मृत्युपछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्द बानियाँसँग विवाह गरेकी उनले दोस्रो पतिको पनि काठमाडौंमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराइदिन भनेपछि विवाद हुँदा उनको तीनवटा नागरिकता रहेको खुलेको हो । विवादपछि म्याग्दी जिल्ला अदालतमा परेको मुद्दामा किर्ते कागजात बनाएको अभियोगमा आफैँ कारबाहीमा परेपछि उनले मुन्द्रेहरूलाई ल्याएर धम्क्याउन थालेको बानियाँले बताए । ‘म्याग्दी जिल्ला अदालतको मुद्दामा हाम्रो विवाह बदर हुने र उसलाई नक्कली कागजातको सजाय भएपछि मुन्द्रे र गुन्डा बोलाएर धम्क्याउन थाली,’ उनले भने, ‘कानुन नै हातमा लिएपछि त के लाग्यो र हैरान भइयो ।’ ती महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमान्बाट दुई छोरा छन् । ०६५ मा श्रीमान्को मृत्युपछि उनले तुरुन्तै ४ कात्तिक ०६५ मा छोराहरूको संरक्षकका रूपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्दा दायर गरेकी थिइन् । त्यसको केही दिनपछि नै अविवाहिताका रूपमा नाम र जन्ममितिसमेत परिवर्तन गरी माइतीबाट नागरिकता लिएकी थिइन् । म्याग्दी जिल्ला अदालतका तत्कालीन न्यायाधीश विनोदप्रसाद शर्माको इजलासले १२ मंसिर ०६९ मा जालसाज गरेको ठहरमा झाँक्रीलाई मुलुकी ऐन किर्ते कागजको महल १० बमोजिम दुई सय रुपैयाँ जरिवाना गरी विवाहसमेत बदर गर्ने फैसला गरेको थिए । त्यसपछि आफूले अदालतमा न्याय नपाउने देखेर हरिकलाले नेता र गुन्डा गुहारेर आफूलाई दु:ख दिने गरेको बानियाँले बताए

Wednesday, July 3, 2013
साउदीमा सात वर्षसम्म सम्पर्कविहीन महिलालाई उद्धार
साउदी अरबस्थित नेपाली दूतावासले सात वर्षसम्म परिवारसँग सम्पर्कविहीन भएर घर फिर्न वञ्चित एक घरेलु महिला कामदार (हाउसेड) लाई उद्धार गरेको छ ।
साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार झन्डै ३५ वर्ष कटेकी चित्रमाया घिमिरेलाई पाउनुपर्ने तलब दिलाई उद्धार गरिएको हो । साउदीमा परिवारको सम्पर्कमा नरहेका महिलाको संख्या बढी नै रहेको दूतावासको भनाइ छ । 'उनी सात वर्षदेखि परिवारको सम्पर्कमा थिइनन् । परिवारले खोजीका लागि निवेदन दिएको थियो,' उनले भने, 'स्पोन्सर पत्ता लगाएर उनी बस्दै आएको घर पुगेर उद्धार गरिएको हो ।'
राजदूत पाण्डेले घिमिरेले आएदेखि मालिकबाट तलबसमेत नपाएको बताए । 'उनले सात वर्षको तलब ३५ हजार रियाल पाउन बाूकी देखियो,' उनले भने, 'स्पोन्सरलाई त्यो पैसा दिलाउन लगाइयो ।'
तीन बच्चाकी आमा घिमिरेले प्राप्त रकम स्वदेश पठाइसकेकी छन् । 'आफूले पाउनुपर्ने तलब पाएपछि खुसी हुूदै घिमिरे स्वदेश गएकी छन्,' राजदूत पाण्डेले भने । घिमिरे भारत हुूदै साउदी पुगेका थिइन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पाण्डेले बताए ।
दूतावासले रियादबाट झन्डै १८ सय किमि टाढा रहेकी गंगा बराललाई पनि उद्धार गरी स्वदेश पठाएको छ । इरानको बोर्डर नजिक रहेको जिजानमा रहेकी बराललाई उद्धार गर्न निकै कठिनाइ परेको थियो । बराललाई घरमालिक्नीले यातना दिूदै आएकी थिइन् ।
'उनलाई उद्धार गरेर रियाद ल्याउन मात्रै ६० हजार रुपैयाू खर्च भएको छ,' राजदूत पाण्डेले भने, 'हामीले स्पोन्सर पत्ता लगायौं । उनी त्यस घरबाट निस्केर हस्पिटलमा काम गर्ने नेपाली महिलाहरूको सम्पर्कमा गएर बसिन् । त्यहाूबाट उनीलाई लिएर दूतावास ल्याइएको हो ।'
साउदीमा नेपाली युवतीको जीवनरक्षाको पहल
काठमाडौ, चैत्र २६ - दोहा घरेलु कामका लागि साउदी अरब पुगेकी एक नेपाली युवतीले आफ्नै घर माल्किनीको दुई वर्षे बच्चाको हत्या गरेको स्वीकारेपछि उनलाई मृत्युदण्डको सजायबाट जोगाउन नेपाली दूतावासले कूटनीतिक पहल थालेको छ । यसका लागि दूतावासले स्थानीय गभर्नरबाट वार्ता थालेको छ । तनहुँकी परियार थरकी ती युवतीले पाँच महिनाअघि बच्चाको हत्या गरेको स्वीकार गरेकी छिन् ।
उच्च शिक्षा अध्ययन गरेकी ती युवतीले नियमित घर मालिक्नीबाट हुने गरेको यातना सहन नसकेर रिसको झोकमा बच्चाको हत्या गरेको बयान दिएकी छिन् । 'मलाई नियमित यातना दिने गर्थी,' ती युवतीको भनाइ गर्दै राजदूतले भने, 'एक बिहान घरमालिक्नी पिटेर बाहिर गएकी थिई । त्यही झोकमा अगाडि देखेको बच्चालाई मारिदिएकी हुँ ।'
'यो अहिलेसम्म निकै गम्भीर मुद्दा हो । ती युवतीले लिखित र मौखिक रूपमा प्रहरीदेखि अदालतसम्म हत्याको जिम्मेवारी लिइसकेको अवस्था छ,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, 'अब तिनको जीवन कसरी जोगाउने भन्नेमा निकै चिन्तित छौं ।' साउदीमा हत्या अभियोगलाई स्वीकार गर्नासाथ अदालतले मृत्युदण्ड दिने गर्छ । दूतावासका अनुसार अब अदालतबाट फैसला आउन मात्रै बाँकी छ । दूतावासले अदालतबाट आउनसक्ने सम्भावित फैसलालाई मध्यनजर गरी कूटनीतिक पहल थालेको हो । 'फैसला हुनेबित्तिकै कूटनीतिक रूपमा जोगाउन गाह्रो हुन्छ भनेर स्थानीय गभर्नरसँग वार्ता सुरु भइसकेको छ,' राजदूत पाण्डेले भने, 'गभर्नरले फैसला चाँडो नगरौंला भनेर आश्वासन दिएको छ ।'
साउदी राजधानी रियादबाट १ हजार ८ सय किमि टाढा अरर भन्ने ठाउँमा घटना भएको हो । राजदूत पाण्डेले माफी दिन वा क्षतिपूर्ति लिएर माफी दिन पीडित परिवारसँग उच्चस्तरबाट सम्पर्कको प्रयास भइरहेको जनाए । साउदीमा अदालतले मृत्युदण्ड दिए पनि पीडित पक्षले माफी दिए पीडकलाई माफी हुने गरेको छ । 'परिवारले माफी नदिने हो भने अरू कुनै उपाय छैन,' उनले भने, 'त्यसका लागि परिवारलाई बुझाउन गभर्नर, प्रहरीका अधिकृत हँुदै मन्त्रीसम्मलाई वार्ता गर्न अनुरोध भइरहेको छ ।' प्ााण्डेका अनुसार परिवार क्षतिपूर्ति लिन तयार भए कोष स्थापना गर्ने योजना छ । साउदीमा ज्यान मुद्दाको अभियोगमा आधा दर्जन जति नेपाली जेलमा छन् ।
साउदीमा आममाफीको अवधि थपियो
असार १९ - साउदी अरबले दुई महिने आममाफीको समय बुधबारबाट अरू चार महिना बढाएको छ । कागजात नभएर अलपत्र हजारौं नेपालीलाई यसबाट ठूलो राहत पुगेको छ ।
साउदीले गैरकानुनी कामदारलाई जुलाई २ अर्थात् असार १८ गतेसम्मका लागि आममाफी दिएको थियो । नेपाललगायत विभिन्न देशले त्यसको समय थप्न गरेको लिखित आग्रहलाई सुनुवाइ गर्दै चार महिना (नोभेम्बर २ सम्म) समय दिइएको हो ।
परिचयपत्र र राहदानीजस्ता कागजात साथमा नभएर साउदीबाट नेपाल जान नसकेका कम्तीमा १० हजार नेपालीलाई यसबाट लाभान्वित हुने त्यहाँको नेपाली दूतावासले जनाएको छ ।
'विमानस्थलबाटै स्पोन्सरमा नपुगेका, स्पोन्सरमा पुगेर परिचयपत्र नबनाई भागेका कामदार स्वदेश फिर्नबाट वञ्चित हुनुपरेको छ,' साउदीका लागि नेपाली राजूदत उदयराज पाण्डेले भने, 'त्यस्ता कामदार कम्तीमा १० हजार थिए । अब उनीहरूलाई ठूलो राहत मिलेको छ ।'
अर्कातर्फ ट्राभल डकुमेन्ट -आउटपास) पाएर स्वदेश फिर्न नसकेकाको हकमा के हुने भनेर अन्योल भइरहेको बेला आममाफीको समय बढेपछि तिनलाई पनि सजिलो भएको उनले बताए । 'अब सबै नेपालीलाई उद्धार गरेर पठाउन सक्ने आँट आएको छ,' उनले भने ।
दुई महिने समयमा दूतावासले ३५ हजार नेपालीलाई ट्राभल डकुमेन्ट दिएको थियो । उनीहरू पनि विमानस्थलबाट र्फकनुपरेको थियो । आफूलाई उपलब्ध गराएको नम्बर विमानस्थल नपुगिसकेका, साउदी अबरमा अवैधानिक तवरले भित्रिएका, अदालतमा मुद्दा परेका र छिनोफानो भइनसकेका, व्यक्तिगत विवरण गलत भएका, अध्यागमनमा फिंगर पि्रन्ट नभएका र ट्राफिक प्रहरीमा जरिवाना तिर्न बाँकी रहेकाहरू स्वदेश फिर्न नपाएको दूतावासले जनाएको छ ।
घर फिर्न नपाएकाहरू अझै सार्वजनिक पार्क, सडक वा खुला चौरमा बसिरहेका छन् । दिनभर चर्को घाममा बसेकाहरू रातभर खुला चौरमा खजुरको बोटमुनि बस्न बाध्य भएका छन् । जेद्दामा आक्रोशित भीडबाट दूतावासबाट खटी गएका कर्मचारीलाई आक्रमणको प्रयास गरिएको थियो ।
साउदीमै सबैलाई काम नगरेको भन्दै इन्डोनेसियालीले दूतावासमै आगो लगाइदिएका थिए । त्यसमा एक जना महिला कामदारको भीडमा लडेर ज्यान गएको थियो ।
आममाफीको समयमा हजारौं नेपालीलाई उद्धार गर्न काठमाडौंबाट सरकारले आवश्यकताअनुसार बजेट र कर्मचारी उपलब्ध नगराएकाले जटिल समस्या परेको राजदूत पाण्डेले बताए । 'यहाँ कामदारको समस्या जीवनसँग जोडिएको छ,' उनले भने, 'यस्तो बेला सरकारसँग खाना र बस्न आपतकालीन बजेट माग्दा पनि पाइएको छैन ।' साउदीमा ७० हजार गैरकानुनी कामदार रहेको अनुमान गरिएको छ ।
सेल्टरमा १२५ पुगे
आममाफीमा घर फिर्न नेपाली दूतावासको सेल्टरमा बस्ने नेपाली महिलाको संख्या १ सय २५ सम्म पुगेको छ । यो अहिलेसम्मको उच्च हो । ३५ जना पनि नअट्ने सेल्टरमा यति धेरै महिला थुपि्रएपछि दूतावासले वैकिल्पक व्यवस्था गर्नुपरेको छ । 'अहिले गर्मीको सिजन छ । बाहिरै घेरेर बस्न मिल्ने गरी वैकल्पिक व्यवस्था गरेका छौं,' राजदूतले भने, 'जसरी पनि राख्नुपरेकै छ ।'
Thursday, June 20, 2013
अब लालपुर्जा पनि डिजिटलमा आउने

काठमाडौँ, ६ असार । घरजग्गा किनबेच या पुस्तौली नामसारी गर्दा मालपोतमा पुग्ने जो कोही सेवाग्राही लालपुर्जा खोज्न हैरान हुन्छन् । सबै सेवा ग्राहीकाो भिडभाड, पुराना झुत्रा कागजपत्र, फोटोकपिका मधुरो मसिले कित्ता पहिल्याउनै झन्झट । सेवाग्राहीको यी झन्झटलाई मालपोतले हटाउने तयारी गरेको आजको नागरिकमा खबर छ ।
सेवाग्राहीलाई छिटो र कर्मचारीलाई सेवाग्राहीको तीनपुस्ते खोज्न सजिलोको लागि मालपोत कागजविहिन हुँदैछ । तत्काल मालपोत विभागसहित घरजग्गा बढी बेचबिखन र नामसारी हुने १४ सहरी जिल्लामा लालपुर्जालाई डिजिटलमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । एसीयाली विकास बैकको अनुदानमा छिटोछिटो सेवा दिन मालपोत कार्यालय प्रविधिमैत्री बन्दैछ । आइसिटी परियोजना अन्तर्गत १५ महिनाभित्र जग्गा कारोबारलाई अनलाइनमय बनाउने तयारी भइरहेको विभागका आइटी निर्देशक श्रीचन्द्र साहले बताए ।

सुनको मुल्य आश्चार्यजनक रुपले घट्यो

काठमाडौं ६ असार- राजधानीमा सुनको बिक्री आश्चार्यजनक रुपले घटेको छ । सुन चादी व्यवशायी संधले दैनिक तोकेएको मुल्य भन्दा प्रतितोला ३ हजार भन्दा बढीमा अनौपचारिक बजारमा किनबेच हुने सुनको आश्चार्यजनक रुपले कारोवारमा कमी आएको छ । एक साता भन्दा बढी समयसम्म सुन खरीद गर्ने नभेटिएपछि बिहिवार बैकको दर भन्दा सय रुपैया कम दरमै सुन काठमाडौको बजारमा पाउन थालेको छ । सम्बद्ध व्यवशायीका अनुसार तर पनि किन्ने ग्राहक कोही छैनन । ग्राहक आउन छाडेपछि दैनिक मध्यराती चढने बैकको व्याज घटाउन व्यवशायीहरुले बैकको दरभन्दा सय रुपैया कममा सुन बिक्री गर्न चाहेका हुन । यसैबीच सुन चाँदी व्यवशायीहरुले विभिन्न माग राख्दै व्यपार बन्द गरेकोले पनि कारोवारमा थप मन्दी आएको बताइन्छ । भारत र चीन दुवै देशका व्यवशायीहरुले सुन हाल किनेर राख्नु भंयकर घाटा हुनसक्ने प्रक्षेपण गरेपछि त्यसको असर नेपाली बजारमा समेत परेको बताइन्छ । डलर बढनेक्रम जारी रहेसगै सुनमा ठूला गिरावट आउने अनुमान गरिएको छ । साताको अन्तिम दिन शुक्रवार कारोवार बन्द हुन बेलासम्म सुनको मुल्यमा ठूला गिरावटको शुरुवात हुनसक्ने अनुमान विश्व बजारमा गरिएको छ ।
Subscribe to:
Posts (Atom)