Friday, March 1, 2013

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना १० दिनका लागि बन्द हुने

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना १८ फागुन रातिदेखि १० दिनका लागि बन्द हुने भएको छ ।
आयोजनाको ‘टर्वाइन’ मर्मतसंभार गर्नुपर्ने भएकाले विद्युत् उत्पादन १० दिन पूर्णरुपमा बन्द गरिने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले बताएका छन् ।
एकसय ४४ मेगावाट क्षमताको उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द हुने भएपनि विद्यमान विद्युत् भार कटौतीमा कुनै फेरबदल नहुने जानकारी उनले दिए । “विद्युत् भार कटौती १२ घण्टा बढी हुँदैन” – उनले स्पष्ट पारे ।
टर्वाइन चुहिएकाले तत्काल मर्मतसंभार अपरिहार्य भएको उल्लेख गर्दै प्रवक्ता भाटले प्राधिकरणको मर्मतसंभार विभागका सम्पूर्ण कर्मचारी परिचालन गरी १० दिनमा पुनः उत्पादन थाल्ने लक्ष्यका साथ काम गरिने बताए । 

एमआरपी पासपोर्ट बनेनबनेको जानकारी अब मोबाईलबाटै

फाल्गुन १२, गुल्मी । एमआरपी राहदानी केन्द्रबाट बनेर आयो कि आएन भनेर सोध्न अव सेवाग्राही सदरमुकाम धाउन नपर्ने सुविधा जिल्ला प्रशासन कार्यालय गुल्मीले प्रदान गरेको छ । प्रशासनले नोटीस बोर्ड सेवा अर्थात टेलिफोन गरे आफसेआफ संम्वन्धीतको राहदानी बनेर आयो कि आएन भनेर बताउने छ । हटलाईन सेबा जस्तो सेवाग्राहीले आफ्नो राहादानी बने नबनेको थाहा पाउन १६१८०७९५२०८३३ मा डायल गर्नु पर्नेछ । राहदानीको खर्च भन्दा पनि बने नबनेको सोध्न आउँदा र त्यतिकै फर्किदा सेवाग्राहीले बढी खर्च र सास्ती भोग्नु परेको कुरालाई ध्यानमा राखी यस्तो सुविधा उपल्ब्ध गराईएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए । आगामी दिनमा अन्य सेवामा पनि यस्तै नोटिस वोर्ड राख्ने सोच रहेको उनको भनाई छ ।

मोटरसाईकल ठोक्किँदा ३ गभिर घाईते

फाल्गुन १४, गुल्मी । गुल्मीको बिरवासमा मोटरसाइकल एकआपसमा ठोक्कीदा ३ जना गम्भिर घाइते भएको छन ।भेडुवाबाट बिरवास तर्फ आउदै गरेको लु ५ प ११५० नवरको मोटरसाइकल र बिपरीत दिशा तर्फ जाँदै गरेको लु १ प ८४९७ नम्बरको मोटरसाइकल एक आपसमा बिरवास बजारको स्कुल नजिकै दुर्घटना हुँदा ३ जना गम्भिर घाइते भएको हुन । घाइते हुनेहरुमा बिरवास ९ का बर्ष ४५ का यम ब रजाली, सोही गाविस बडा न ९ का बर्ष ५६ का केशवराज न्याौपाने, बाड न ८ का बर्ष ४२ का खुम बहादुर पल्ली रहनुभएको छ । घाइतेहरुको टाउको र खुट्टामा गभिर चोट लागेको बताइएको छ । घाइतेहरुलाइ पाल्पा स्थीत मिसन अस्पतालमा रिफर गरिएको स्थानि पत्रकार न्युटन बरालीले जानकारी दिनुभएको छ 

द्धन्दकालका अपाङ्गले राज्यवाट संरक्षण नपाउनु दुर्भाग्य ः एमाले नेता ज्ञवाली -

गुल्मी, फागुन १८ – नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले द्धन्दकालमा घाईते भई अपाङ्ग जिवन जिएका नागरिकहरुले राज्यवाट संरक्षण र उचित राहत नपाउनु दुर्भाग्यपुर्ण भएको वताउनुभएको छ । आज गुल्मीको सदरमुकाम तमघासमा वौद्धिक अपाङ्गताका अभिभावक संघ गुल्मीले आयोजना गरेको अपाङ्गहरुको सेवामुखीकरण तालिमको उद्घाटन गर्दै नेता ज्ञवालीले यस्तो वताउनुभएको हो । पुर्व पर्यटन मन्त्री तथा वौद्धिक अपाङ्गता महासंघका अभिभावक समेत रहनुभएको नेता ज्ञवालीले द्धन्दकालमा राज्य पक्षवाट होस या विद्रोही पक्षको आक्रमणवाट घाईते भई ओछ्यानमै दिसापिसाव भएर कयौँ नागरिक कष्टकर जिवन विताउँदा पनि राज्य उदासिन भएको वताउँदै उनीहरुलाई राज्यले संरक्षण एवं उचित क्षतिपुर्ति दिनुपर्नेमा जोड दिनुभयो ।
वौद्धिक या शारिरीक जस्तोसुकै अपाङ्ग पनि परिवारको वोझ नभएको कुरा अभिभावकले वुझ्नुपर्ने र राज्य, समाज र परिवारले अपाङ्गहरुलाई माया र अवसर दिनुपर्ने उहाँको सुझाव थियो । राष्ट्रिय राजनीतिमा रहेका नेता ज्ञवालीले अपाङ्गहरुको पिडा व्यक्त गर्दैमा भावुक देखिनु भयो तर आफ्नो भाषणमा एक शव्द पनि राजनीतिको कुरा निकाल्नु भएन । अपाङ्गहरुको अधिकार र सुविधाका लागि आफु सहितका नेताहरुले संसदमा प्रस्ताव पेश गरेपनि संसद विघटन भएपछि लागु गर्न नसकेको तर अव वन्ने संविधानमा सुनिश्चित गर्ने आश्वासन दिनुभयो । आफ्नै छोरी घरमा २४ वर्षदेखि वौद्धिक अपाङ्ग भएर विताएको कष्टकर जिवनको पीडा सुनाउँदै परिवारको माया र अवसर विना अपाङ्गको जिवन कारुणिक हुने भएकाले परिवार र समाजले माया गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा अधिकांश वक्ताले अपाङ्गहरुलाई राज्यले दिएको सुविधा व्यवहारमा लागु हुन नसकेको वताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले गुल्मीमा वौद्धिक अपाङ्गहरुको संख्या वढेको र तथ्यगत अपाङ्गहरुको तथ्याङ्क लिन नसकिएको वताउँदै सरकारी निकायवाट दिन सकिने सुविधामा कमी कमजोरी भएको भए सुझाव दिन आग्रह गरेका थिए । तर अपाङ्ग नेताहरुले यातायातमा सरकारले दिएको ५० प्रतिशत छुट समेत लागु गर्न नसकेको गुनासो गरेका थिए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका वुद्धि जिसी, नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका कृष्ण सुनार, नेकपा माओवादीका इन्चार्ज विरवहादुर कार्की, राष्ट्रिय जनमोर्चाका हरी न्यौपाने, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल, वौद्धिक अपाङ्गताका अभिभावक महासंघका केन्द्रीय सदस्य एवं राष्ट्रिय अपाङ्ग महासंघका महासचिव रघुनाथ मरासिनी, नेपाल अपाङ्ग एकता समाज गुल्मीका अध्यक्ष घनवहादुर खड्का लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अपाङ्ग पुनस्थापना केन्द्रको भवन निर्माणका लागि महिला विकास अधिकारी जमुना पौडेलले ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । अपाङ्ग पुनस्थापना केन्द्रको भवन निर्माणका लागि वौद्धिक अपाङ्ग अभिभावक संघ गुल्मीले तमघास गाविसको वार्ड नं. ६ मा घडेरी खरीद गरिसकेको जानकारी गराएको थियो । दुई दिनसम्म चल्ने तालिममा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, प्यूठान, वाग्लुङ्ग लगायत १७ जिल्लाका वौद्धिक अपाङ्गता भएकाहरुको अभिभावकहरुको सहभागिता रहेको छ । कार्यक्रममा रेसुङ्गा विकास वैँकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, आशा अपाङ्ग केन्द्रका अध्यक्ष एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका प्रेम सुनार लगायतको उपस्थिति रहेको थियो । संघले अपाङ्गहरुलाई वाख्रा तथा मौरी पालन कार्यक्रम संचालन गरेको जनाएको छ ।
वौद्धिक अपाङ्ग अभिभावक संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डिलवहादुर थापाको स्वागत मन्तव्य र सचिव मेघलाल पाण्डेको सञ्चालन रहेको थियो । 

Monday, January 14, 2013

राष्ट्रपतीले रिडी पुगेर ऋशीकेषसँग के वर मागे?

‘पवित्र भएर मैले आज राष्ट्रले छिटो निकास पाहोस भन्ने कामना गरेको छु’, उहाँले भन्नुभयो, ‘देशको भलो होस, परिवर्तन संस्थागत बनोस, मुल कानून बनोस, रुरु क्षेत्रका भगवानहरु समक्ष मेरो यही कामना छ ।’
गुल्मी, १ माघ । राष्ट्रपति रामबरण यादवले राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको बताउनु भएको छ । माघे संक्रान्तिको अवसरमा चार धाम मध्येको एक धाम रुरु क्षेत्रमा कालीगण्डकी स्नान गर्न सोमबार गुल्मीको रिडी आउनु भएका राष्ट्रपति यादबले परिवर्तन संस्थागत गर्नका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताउनु भएको हो । उहाँले त्यसका लागि निर्वाचनमा जानु जरुरी रहेको समेत बताउनु भएको छ ।

यस्तो रह्यो राष्ट्रपतिको रिडी भ्रमण (फोटो फिचर)
‘मैले देश र राजनीति बुझेको छु’, मेलाको उद्घाटन गर्दै राष्ट्रपति यादवले भन्नुभयो, ‘देशको सर्बोत्तम हितका लागि सबैसंग मिलेर निकास निकाल्न जरुरी छ, त्यसमा म प्रतिबद्ध छु ।’ हेलिकप्टरबाट दिउँसो १ बजे कालीगण्डकी किनारमा ओर्लिनु भएका राष्ट्रपति यादवले २००७ र २०४६ सालको परिवर्तन संस्थागत गर्न नसक्दा २०६२-०६३ को आन्दोलन आवश्यक परेको बताउनु भयो । त्यसैले २०६२-०६३ को परिवर्तनलाई संस्थागत गर्नु जरुरी रहेको बताउनु भयो । राष्ट्रपति यादवले कालीगण्डकी स्नान गरी पवित्र भएर श्रृषिकेश भगवानको मन्दिरमा पुजा गरेर राष्ट्रले छिटो भन्दा छिटो निकास पाहोस भन्ने कामना गरेको गुल्मीन्युज डट कमलाई बताउनु भयो ।
‘पवित्र भएर मैले आज राष्ट्रले छिटो निकास पाहोस भन्ने कामना गरेको छु’, उहाँले भन्नुभयो, ‘देशको भलो होस, परिवर्तन संस्थागत बनोस, मुल कानून बनोस, रुरु क्षेत्रका भगवानहरु समक्ष मेरो यही कामना छ ।’ उहाँले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि सवै पार्टिहरु एक ठाउँमा आएर राष्ट्रको सर्वोपरि हितमा लाग्नु जरुरि भएको भन्दै त्यसका लागि जनतामा जान जरुरी रहेको वताउँनु भयो । देशको हितका लागि आफ्नो महत्वपुर्ण भुमिका रहेको भन्दै उहाँले ंत्यसका लागि सविधानभित्र रहेर सबैलाई समन्वय गरेर निकास निकाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । "हाम्रो ठुलो त्रुटीका कारण सबिधान सभाको बिदा भएको यादवले बताउनु भयो । हाम्रै त्रुटीले सबिधान सभा बिदा भएर गएको हो, अव राष्ट्रपति सँस्था रहेको छ यसलाई बचाएर मुलुकको निकास छिटो निकाल्न जरुरी भएको छ" उहाँले भन्नुभयो ।

राष्ट्रपति डा. यादवले आफु धार्मिक स्थल काली गण्डकिमा पञ्च स्नान गरि ऋशीकेष भगवानको दर्शन गरेको उल्लेख गर्दै उहाँले देशको ईतिहास भुगोल र राजनैतिक उतार चढाव सवै कुरालाई मनन् गरेर देशको लागि निकास निकाल्नु आफ्नो प्रमुख कर्तव्य रहेको समेत वताउनु भयो । उहाँले भन्नुभयो “आफ्नो भूमिका देशको ईतिहास भुगोल राजनैनितक उतारचढाव लगातयका कुरालाई मनन गरेर देशको सर्बेात्तम हितमा सबैलाई समन्वय गरेर निकाश निकाल्नु मेरो कर्तव्य छ ।”
राष्ट्रपति यादवले कालीगण्डकी स्नान गरी श्रृषिकेष र रिडीमै निर्माण गरिएको देबदत्त पार्कको समेत अबलोकन गर्नु भएको थियो । उहाँसंगै शान्ति तथा पुन निमार्ण मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल, निजी सचिव ललित बस्नेत लगायतको टोली गुल्मीको रिडीमा आएको थियो । राष्ट्रपतिका लागि यहाँको सुरक्षा ब्यवस्था कडा पारीएको थियो । सुरक्षाका लागि ७ सय भन्दा बढी सुरक्षाकर्मीहरुले राष्ट्रपतिको सुरक्षा दिएका थिए । राष्ट्रपति यादव रिडी मेलाको अवलोकन र उद्घाटन गरेर करिव २ घण्टा रिडीमा रहेर फर्कनुभएको थियो ।

यस्तो रह्यो राष्ट्रपतिको रिडी भ्रमण (फोटो फिचर)


राष्ट्रपति डा. रामवरण यादव मकर संक्रान्तिको अवसरमा आज गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी स्थित काली गण्डकि स्नानका लागि गुल्मी आउनुभएको थियो । हेरौँ सोही अवसरमा रिडी पुगेर गुल्मीन्युज सहयोगी घनश्याम गौतम र तारा भुषालले खिच्नुभएका केहि तस्विरहरु:









Monday, December 3, 2012

नेपाली हास्य टेली श्रीन्खला जिरे खुर्सानी


Jire Khursani - December 3, 2012


 नेपाली हास्य टेली श्रीन्खला जिरे खुर्सानी