Monday, February 27, 2012

बबरमहल बिष्फोटको त्यो बेला


१५ फागुन, काठमाण्डौ । दिउँसो एक बजेर १० मिनेट गएको बेला थियो । म बबरमहलको सडक विभाग हुँदै सिंहदरबार दक्षिणढोकातर्फ लाग्दैथिएँ । महालेखा परीक्षकको कार्यालय अगाडि पुग्ने बित्तिकै ठूलो आवाजमा केही पड्किएको सुनियो । वरपर भएका मान्छे सबै आत्तिए । मैले पनि बाइक रोकें । सबैले टायर पड्केको भनेर लख काटे । नजिकै आयल निगमको गेटतिर मान्छे चिच्चयाएको आवाज आयो । सडक विभागको गेटमा रहेका प्रहरी दौडिँदै त्यता लागे ।
वरपरका रहेका मान्छेहरु पनि त्यतै दौडिए । त्यहाँ पुग्दा एकजना मान्छेको आन्द्राभूँडि नै बाहिर निस्केको र अर्को एकजना रगतपिच्छे भएर ढलिरहेको अवस्थामा देखियो । तीनजना रगतपिच्छे भएर छटपटाइरहेका थिए । उतिखेरै प्रहरीको भ्यान पनि आयो । आयल निगमको गेटनिर रहेको एकजना र सडकमा रहेको अर्कोजना मृत्यु भइसकेको पुष्टी भएपछि उनीहरुलाई केही पनि गरिएन । अरु छटपटाइरहेकाहरुलाई प्रहरीले उतिखेरै अस्पताल दौडायो ।
त्यसपछि त्यहाँ रमितेहरुको भीड लाग्यो । नजिकै जिल्ला अदालतदेखि अरु सरकारी कार्यालय भएकाले मानिसको निकै भीड थियो । त्यो भीड नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मेहम्मे भयो । आयल निगम, जिल्ला अदालत र महालेखा परीक्षक कार्यालय परिसरमा पार्किङमा राखिएका सवारी साधन हटाउन पनि निकैबेर लागेको थियो । बबरमहल, सिंहदरबार दक्षिणढोका, माइतीघर आसपासमा हिंडिरहेका सर्वसाधारण निकै त्रसिद देखिन्थे ।
(बम बिष्फोटका प्रत्यक्षदर्शी कारोबार दैनिकका पत्रकार बिपेन्द्र कार्कीसितको कुराकानीमा आधारित)
बिष्फोटपछिको त्रास
आफ्नै सुरमा कामधन्दामा लागेका र बाटोमा हिंडिरहेकाहरु एक्कासी ठूलो बिष्फोटको आवाज सुन्दा झसाग भए । सुरक्षाकर्मी, सरकारी कर्मचारी, सेवाग्राही र बटुवाको बाक्लो आवातजावत भैरहने अति सम्बेदनशिल ठाउा नेपाल आयल निगमको गेटतिरबाट आएको त्यो आवाज बम विष्फोटको हो भन्ने अनुमान शुरुमा कसैले पनि गरेनन् । गाडीको टायर पड्केको होला भन्ने अड्कलवाजी थियो सबैको । तर जब घटनास्थल नजिक रहेका उनीहरुले आफ्नै आँखाले रगतपिच्छे भएर छटपटाइरहेकाहरुको कहालीलाग्दो दृश्य देखे, तब मात्र बम पड्केछ भन्ने उनीहरुलाई बिश्वास भयो ।
आयल निगमको गेटमा बम पड्केर मान्छे नै मरे भन्ने खबर एकाएक फैलियो । प्रहरी घटनास्थल आएर अनुसन्धान गर्न थाले । घटनास्थल आसपास पार्किङ गरेर राखिएका सवारी साधनलाई बाहिर पठाइयो । लौ आयल निगमको कार्यालयमा बम पड्क्यो रे भन्ने सुन्ने बित्तिकै आसपासका मान्छे त्यतैतिर दौडिए । तर प्रहरीले जिल्ला अदालत र सडक विभागको गेटबाट मान्छेलाई भित्र जान दिएको थिएन । मान्छेको भीड बढेपछि बबरमहल बानेश्वर क्षेत्रमा सवारी जाम भयो । बम पड्क्यो रे भन्ने सुनेकाहरु जिब्रो टोक्दै भन्दैथिए -’हैन यहीं भित्र बम पड्केको ? हैन चौबीसै घण्टा प्रहरी बस्ने ठाउामा कसरी बम पड्क्यो ? यस्तो सम्बेदनशिल ठाउामा त दिउसै यस्तो घटना हुन्छ भने अब कहाा कसरी सुरक्षित भईन्छ ?’ सबैको मुहारमा त्रास देखिन्थ्यो । अन्योल र आशंका थियो ।
सडकमा प्रहरी र मान्छेको भीड देखेका पैदलयात्री र गाडीका यात्रु चाहिं अचम्म मान्दै थिए । ‘हैन यहाा के भएको ? किन मान्छेको भीड ? बम पड्केको रे ? यहीं भित्र ? हत्तेरी……….?’ प्रशासनिक केन्द्र रहेको राजधानीको यस्तो सम्बेदनशिल क्षेत्रमा दिनदहाडै बिष्फोट भएको देख्नेजान्ने सबैको मुहारमा त्रास देखिन्थ्यो । त्रास र अन्योलबीच बबरमहल आसपासमा दिनभर मान्छेको घुईंचो लागिरहेको छ ।








































































































































                        फाटो र समाचार ओनलाइन खबर बाट 




















Sunday, February 26, 2012

चद्र बहादुर डाँगी वोर्ल्ड का होचा ब्यति



 


Nagariknews Video: World's shortest man Chandra Bahadur Dangi

Sangai Jeune Bacha Gari (Apekshya) Anju panta new song

Sayau Juni Pauna / सयौं जुनी पाउन सकिन्छ, सकिन्न...

बुटवलको कृषि मेलामा उखु पेल्दै गुल्मीका किसान

गुल्मी न्युज डट कम बाट    
गुल्मीको जुभुङ गाविस स्थित घोराहामा उखु पेल्दै कृषक ।
फाईल तस्बिर: पाण्डव गौतम 
‘तराईमा आधुनिक मेसिनबाट उखु पेलेर चिनी तथा गुण बनाउने गरिन्छ तर हामी पहाडमा भने यसरी नै परम्परागत प्रविधीबाट उखु पेलेर खुदो तथा गुण उत्पादन गर्दै आइरहेका छौं’– गुल्मीका उखु कृषक ईश्वरी भण्डारी बुटवलमा जारी कृषि मेलामा अवलोकन कर्तालाई परम्परागत उखु पेल्ने मेसिनको बारेमा जानकारी दिँदै थिए ।
गोरुद्वारा परम्परागत मेसिनबाट उखु पेल्ने पुरानो प्रविधी कृषि मेलाको मुख्य आकर्षणको रूपमा रहेको छ । पहाडी जिल्ला गुल्मीमा उत्पादन भएको उखुलाई गाउँमै प्रशोधन गरी खुदो तथा गुण बनाउँदै आएको भण्डारीले उत्पादनलाई प्रचार–प्रसार गर्ने उद्देश्यले बुटवलमा सुरु भएको कृषि मेलामा पनि सहभागिता जनाएका छन् ।
‘परम्परागत प्रविधीबाट उत्पादन भएको खुदो तथा गुण स्वास्थको लागि अति उत्तम हुने र विभिन्न रोगहरूको औषधीको पनि काम गर्ने भण्डारी बताउँछन् ।
गाउँको सो उत्पादनलाई प्रचार–प्रसार गरी सहरसम्म पु¥याउने योजनाका साथ गुल्मीका कृषकहरू अघि बढेका छन् । ईश्वरी भण्डारी तथा शिव गौतम मिलेर बिजी गु्रपको गठन गरी पहाडी उखुको उत्पादनको बजार विस्तार गर्ने कार्यमा जुटेका छन् । उनीहरूको यो कार्यलाई बुटवलस्थित बुटवल ग्रीन प्यालेसले पनि सघाइरहेको छ ।
पहिले गाउँको उत्पादन गाउँमा मात्रै सिमित राख्दै आइरहेका उनीहरूले अहिले भने बजार विस्तारको क्रमसँगै रूपन्देही, अर्घाखाँची, कपिलवस्तु, पाल्पा स्याङ्जालगायतका जिल्लाहरूमा बजार विस्तार गरिसकेको बताए । पहाडी जिल्लामा उत्पादन भएको उखु पूर्ण रूपमा अर्गानिक भएकाले तराईको उखु भन्दा सबै दृष्टिले निकै राम्रो हुने बुटवल ग्रीन प्यालेसका संचालक टेक बहादुर थापा बताउँछन् । अर्गानिक उत्पादनको बजार निकै राम्रो रहेको र यसको प्रवद्र्धनमा सरकारले पनि सहयोग पु¥याउनु पर्ने उनी बताउँछन् तर अर्गानिक उत्पादनलाई सहयोग गर्नुको सट्टा सरकारले अवरोध खडा गरिरहेको उखु खेती सम्बन्धी जानकार विजी गु्रपका संचालक ईश्वरी भण्डारीले गुनासो गरे ।
‘अर्गानिक उत्पादन भन्दै हामी खुदो तथा गुणलाई बजारसम्म बिक्री गर्न ल्याउँछौं तर सरकारले अनावश्यक कर लगाएर कृषकलाई हतोत्साहित गरिरहेको छ’ भण्डारीले भने– ‘गाउँको उत्पादनलाई बजारसम्म ल्याउनको लागि सरकारले पनि असयोग गरिरहेको छ ।’ गतवर्ष खुदो तथा गुँणलाई बुटवल लगायतका बजारमा बिक्री गर्न ल्याउँदा राजस्व कार्यालयले राजस्व काट्न लगाएको उनले गुनासो गरे । परम्परागत प्रविधीबाट उत्पादन गर्दा लागत बढी लाग्ने र त्यसैमाथि सरकारले पनि विभिन्न करहरू लगाउँदा आफ्नो उत्पादनको मूल्य अधिकतम हुन जाँदा पहाडीया खुदो तथा गुँणले बजार नपाएको उनले गुनासो गरे ।
त्यस्तै भारतबाट आयात हुने सस्तो तथा गुणस्तरहीन गुँणले गर्दा पनि पहाडीया गुँणले बजार लिन नसकेको उनले बताए । ग्रामीण उत्पादनलाई बजारीकरण गर्नको लागि सरकारले सहयोग गर्नुपर्ने उनको माग छ ।
कृषि मेलाको पहिलो दिनमा मात्रै करिब १० हजार रूपैंयाँको खुदो तथा गँुणको कारोवार भएको उनले बताए । गुल्मी जिल्लाका थोर्गा, धरमपानी, हुंगा र दिगाम गरी चार गाविसमा प्रशस्त मात्रामा उखु उत्पादन हुँदै आएको छ ।
त्यहाँका कृषकहरूले उखुबाट उत्पादित खुदो तथा गुँणलाई जिविकोपार्जनको गतिलो माध्यम बनाउँदै आएका छन् । चार गाविसमा करिव ५ सय उखु कृषकहरू रहेका छन् । चार गाविसबाट उत्पादन भएको उखुबाट वर्षेनी एक लाख ७० हजार लिटर खुदो उत्पादन हुँदै आएको छ । सो उत्पादन अहिले स्याङ्जा लगायत लुम्बिनी अंचल लगायतका ६ जिल्लामा मात्रै खपत हुँदै आएको छ ।

Monday, February 20, 2012

कोमल ओलीसँगै झुमे दर्शक


 मेरो दिगाम - कहिले पोइल जान पाम त कहिले बाँझो खेतमा गीत गाउँदै दर्शक स्रोतामाझ चर्चामा आउने गायिका कोमल ओली राम्री गायिका मात्रै होइनन् राम्रो स्टेज तताउन सक्ने गायिका पनि हुन् । यस्तै देखियो मध्यमाञ्चल महोत्सव २०६८ को तेस्रो दिन आइतबार बनेपामा ।


बनेपाको पुलबजारमा आयोजित महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत कोमलले आइतबार के बुढा, के बुढी, के बालक, के तन्नेरी सबैलाई आफ्नो गीतमा भरपुर नचाउन सफल भइन् । उनले गीत मात्रै गाइनन् नेताले झैं एउटा गीत सकिने वितिक्कै लगभग ४/५ मिनेटको भाषण पनि दिइन् । नेताहरुको राजनीतिक भाषण सुनेर दिक्क मान्ने दर्शकहरु कोमलको भाषणमा भने मुसुक्क हाँस्दै सुनिमात्रै रहेनन् परररर ताली बजाएर साथ पनि दिए 

आज महाशिवरात्रि दिगाम मा पनी मनाउदै


pashupati temple
आज शिवरात्री 

काठमाडौ, फाल्गुन ८ - शिवरात्रि पर्व आज (सोमबार) मनाइँदै छ । काठमाडौंको पशुपति मन्दिर र अन्य शिव मन्दिरमा यस अवसरमा ठूलो मेला लाग्छ । शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि हजारौंको संख्यामा दर्शानर्थीहरु पशुपतिनाथ मन्दिरमा लाइनमा बसेका छन् । बिहान ३ बजेदेखि नै मन्दिरको चार वटै ढोका खोलिएको छ । श्रद्धालुलाई दर्शनको उचित व्यवस्थापन मिलाउन ठूलो संख्यामा स्वंयसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज ८ लाखले पशुपतिमा दर्शन गर्ने अनुमान गरिएको छ । यस पर्वमा महादेवलाई रातको प्रथम प्रहरमा गाईको दूध, दोस्रो प्रहरमा दही, तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमा मह र बिहान पानीले स्नान गराई बेल र बेलपत्र चढाउने परम्परा छ । उपत्यकाका नेवार समुदायले भने बेग्लै प्रकारले मनाउँछन् । केटाकेटीहरू छिमेकमा गई नेपालभाषामा भाखा हालेर दाउरा मागेर जम्मा गरी राति दोबाटो-चौबाटोमा आगो बालेर ताप्ने र हलुवा घोटेर तरकारी, रोटी आदि पकाएर खाने चलन छ 
तेस्तै आज गुल्मी दिगाम को कालिकानगर को थुम्का र बोखर को शिव मन्दीर मा पनी बीहान देखी नै भजन कृतन अने शिव को पुजा गरेर  मनाउने गर्दछन टस  ठाउँ मा हजरौ जना को उपस्थीती हुन गर को छ