![]() |
| आज शिवरात्री |
काठमाडौ, फाल्गुन ८ - शिवरात्रि पर्व आज (सोमबार) मनाइँदै छ । काठमाडौंको पशुपति मन्दिर र अन्य शिव मन्दिरमा यस अवसरमा ठूलो मेला लाग्छ । शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि हजारौंको संख्यामा दर्शानर्थीहरु पशुपतिनाथ मन्दिरमा लाइनमा बसेका छन् । बिहान ३ बजेदेखि नै मन्दिरको चार वटै ढोका खोलिएको छ । श्रद्धालुलाई दर्शनको उचित व्यवस्थापन मिलाउन ठूलो संख्यामा स्वंयसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज ८ लाखले पशुपतिमा दर्शन गर्ने अनुमान गरिएको छ । यस पर्वमा महादेवलाई रातको प्रथम प्रहरमा गाईको दूध, दोस्रो प्रहरमा दही, तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमा मह र बिहान पानीले स्नान गराई बेल र बेलपत्र चढाउने परम्परा छ । उपत्यकाका नेवार समुदायले भने बेग्लै प्रकारले मनाउँछन् । केटाकेटीहरू छिमेकमा गई नेपालभाषामा भाखा हालेर दाउरा मागेर जम्मा गरी राति दोबाटो-चौबाटोमा आगो बालेर ताप्ने र हलुवा घोटेर तरकारी, रोटी आदि पकाएर खाने चलन छ
तेस्तै आज गुल्मी दिगाम को कालिकानगर को थुम्का र बोखर को शिव मन्दीर मा पनी बीहान देखी नै भजन कृतन अने शिव को पुजा गरेर मनाउने गर्दछन टस ठाउँ मा हजरौ जना को उपस्थीती हुन गर को छ


No comments:
Post a Comment