Saturday, January 21, 2012

लोकगायक यमबहादुर क्षेत्री पक्राउ

मोबाइल धनीको जानकारी र अनुमति नलिई उनीहरुको पासवर्ड प्रयोग गरी अवैधरुपमा विभिन्न गीत डाउनलोड गरी ठगी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले लोकगायक यमबहादुर क्षेत्रीलाई म्हेम्पीस्थित कोठाबाट बुधबार पक्राउ गरेको छ।

क्षेत्रीले मोबाइलवालाको नामबाट आफ्नो स्वामित्वमा रहेका विभिन्न गीत डाउनलोड गरी अन्य मोबाइल प्रयोगकर्ताबाट प्रतिडाउनलोड १२ रुपियाँ ४३ पैसा र उक्त पैसामध्येको सीआरबीटी डाउनलोडबापत प्राप्त ३ रुपियाँ ७६ पैसा ठगी गरेको प्रहरीले जनाएको छ। २५ वर्षीय क्षेत्रीलाई प्रहरीले अनुसन्धान र कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका लगेको छ

No comments:

Post a Comment