Sunday, April 21, 2013

कोरियामा मनाए नेपालीले नयाँ बर्ष २०७०

सोल, दक्षिणकोरियामा रहेका नेपालीहरूले नयाँ वर्ष २०७० विभिन्न ठाउँमा मनाएका छन् । कोरियाको आन्सान स्थित काठमाण्डैा रेस्टुरेण्मा आयोजित नव यर्ष २०७० शुभकमना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा सृजना सांगितिक समूहको जोडदार प्रस्तुति रहेको थियो । शनिवार साँझ सम्पन्न भएको उक्त कार्यक्रममा कोरियाका चर्चित गयक रोहित गुरुङ्ग , समिर मोक्तान , रमेश संग्रैाला र देवान सिह राईले मन्चलाई तताएका थिए भने बाध्यबादनमा रघु महर्जन ,सन्दिप नेपाली र दीपक शर्माले साथ दिएका थिए । यसै गरी उक्त कार्यक्रममा सुशील खनालको नितृयले थप रैानकता ल्याएको थियो । दीपक शर्मा र माधव ज्ञवलीको लोक दोहरि टोली सो कार्यक्रमको थप आकर्षण थियो ।

झापामिलन समाज , कोरिया सन्देश क्लब र सृजना सांगितिक समूहले संयुक्तरूपमा आयोजाना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै एन आर एन कोरियाका अध्क्षय के पि सिटैालाले प्रवासमा रहेर नेपालीहरूले आप्नोपनलाई जिवान्त राख्न सकेकोमा धन्यावाद दिनु भएको थियो । सोही कार्यक्रममा झापामिलन समाजले अघिसारेको पाथिभारा हाउस निर्माणको चर्चा गर्दै आफू र आप्नो सस्थाले यस अभियानलाई सक्दो सहयोग गर्ने बचन दिदै सीटैालाले अघाडि भन्नु भयो कोरियामा आपत् बिपतमा परेका नेपालीलाई आवासको लागि पाथिभारा हाउस अहिलेको आवश्यकता हो ।

पाथिभारा हाउस निर्माणको लागि तिनलाख कोरियन वन सहयोग हस्तान्तरण गर्दै समाजसेबि तथा काठमाण्डैा रेष्टुरेण्टका ब्यवस्थापक मनोज कुमार डांगिले यस किसिमका कामका लागि आफू सधैँ सहयोग गर्न तयार रहेको बताउनु भयो । डांगिले उक्त रकम पाथिभारा हाउस निर्माण समितिका संयोजक मीन प्रकाश उपेरेतीलाई हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शुभकामना दिने अन्य अतिथहरुमा नोबिल बैकका डिपुटि म्यानेजर बिनय राज रेग्मि सोही बैकका वैदेशिक रेमिट ईन्चार्ज निरज राजभण्डारि, केईबि बैक कोरियाका कर्मचारी सुरेश लिम्बु , कोरिया सन्देश क्लबका ब्यवस्थापक राजु सन्तोषि थापा, झापा मिलन समाजका सचिव राजकुमार राई ,पत्रकार लिलु डुम्रे , संखुवा सभा समाजका गणेश घिमिरे लगायत रहनु भएको थियो । कार्यक्रम कोरिया सन्देश क्लबका अध्क्षय मीन प्रकाश उप्रेतीको अध्क्षयतामा सम्पन्न भएको थियो ।

यसै गरी आइतबार कोरियाको फेन्तेक क्षेत्रमा पनि नेपालीहरूले नव वर्ष २०७० को शुभकामना कार्यक्रम सम्पन्न गरेका छन् । माईग्रेन सेन्टरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सोही सेन्टरका प्रमुख किम होनले शुभकामना दिनु भएको थियो । फेन्तेक सेन्टरका नेपाली समूहका अध्क्षय यादव खनालले उपस्थित सबैलाई धन्यवाद दिदै नयां वर्षले विदेश बाट बया शिप र क्षमता लिएर स्वदेश फर्कने कामना गर्नु भएको थियो । उक्त कार्यक्रम सृजना सांगितिक समूहले गीत प्रस्तुत गरेको थियो भने स्थानीय कलाकारहरू कृष्ण गुरुङ्ग र सन्तोष भट्टराईले आफ्ना गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई शिशिर पाण्डेको गजल र मुक्तकले थप आर्शक बनाएको थियो । 

No comments:

Post a Comment