Tuesday, March 29, 2016

मिर्गौलारोगीद्वारा सहयोगको याचना

२७० दिन अघि रोजगारीको शिलशिलामा यु ए ईको रसल खेमामा सामान्य रेस्टुरेन्टमा जागीर गर्दै आएका
गुल्मी दिगाम ६ निवासी कमल नेपाली दुवै मिर्गौला पिडित भएका छन , दुवै मिर्गौलाको खराबीको कारण मिर्गौला उपचार केन्द्रमा डायलासिस
गराई रहेको तथा दुवै मिर्गौला प्रत्यारोपण गर्नको निम्ति ७-८ लाख लाग्ने ,पिडित नेपालीको आर्थिक अबस्था कमजोर हुनाले उपचारमा ढिलाई भएको अबस्थामा यु ए ई स्थित बिभिन्न संघ सस्था तथा समाज सेवीहरुको संयुक्त पहलमा गुल्मी केयर विश्व संजालले
आर्थिक संकल अभियान संचालन गर्ने भएको छ र देश विदेश मा रहनु हुने शम्पुण नेपालीले अअाफ्नाे स्थान वाट अाफु शक्दाेअार्थिक शहयाेग सकल गरी दिनुहुन अपिल गर्दछु।शहयाेग गर्न चाहानुहुनेले निम्न नँ शम्पर्क गर्नुहाेला शेर व नेपाली 98472234494,शुमित्रा नेपाली 9847528317 
                               
 समाचार  पुष्कर ज्ञवाली  फेसबुक बाट सबार



Puskar Gnawali's photo.

Monday, March 7, 2016

सेना दिवसमा सेनाले देखायो ‘शक्ति’ (भिडियोसहित)

काठमाडौं, फागुन २४ । नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ ।

सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो ।

कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो ।

त्यसैगरी,कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भए ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता र सार्वभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

करिब ९५ हजार सैनिक जनशक्तिको नेतृत्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरिरहेका छन् ।

सेना दिवसको अवसरमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले प्रकृति संरक्षण ट्रफीमा पुरस्कृतहरुलाई पुरस्कृत गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ भने अहिलेसम्म एक लाख १० हजार ७ सय ७६ जनशक्तिले योगदान दिइसकेका छन् ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेक्रममा नेपाली सेनाका ६३ जनाले वीरगति पाउनुकासाथै ५९ जना गम्भीर घाइते भएका छन् ।

नेपाली सेनाका चार हजार दुई सय फौज विश्वभरका १५ ओटा संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ अहिले परिचालित छन् ।

शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल अग्रणी स्थानमा छ ।

पछिल्ला वर्षमा विपद् व्यवस्थापन र विकास निर्माणको काममासमेत प्रमुख सुरक्षा अंगकोरूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ



अस्पतालमा शिशु किन-बेच चल्दैगर्दा प्रहरी पुगेपछि...

अस्पतालमा शिशु किन-बेच चल्दैगर्दा प्रहरी पुगेपछि...
लहान-लहानको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ। अबैध सम्बन्धबाट जन्मेको बच्चा काख लिने सप्तरी फत्तेपुर १ का दिल कुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको हो।
शनिबार विहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर दिल कुमारीलाई बेचेको सूचना पाएर लहान प्रहरीका डिएसपि उमा प्रसाद चतुर्वेदीसहितको प्रहरी टोली अस्पताल पुगेको थियो। शिशुसहित अस्पतालमा लुकि बसेको अवस्थामा दिलकुमारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।
'अस्पतालसँग डेलिभरी रेकर्ड माग्दा महिला र बच्चा अस्पतालमा नभएको बताएपछि तलासी गर्दै जाँदा दोस्रो तल्लाको अँध्यारो कोठामा दिलकुमारी बच्चा काखमा लिएर लुकि बसेको फेला परेको थियो' डिएसपि चतुर्वेदीले नागरिकसँग भने, 'दिलकुमारीले बच्चा आफ्नो नभई अस्पतालबाट प्राप्त गरेको बताईन्।' त्यसपछि नर्सहरुसँग सोधपुछ गर्दै जाँदा अर्कै महिलाको कोखबाट उक्त बच्चा जन्मेको र उनी अस्पताललाई बच्चा दिएर गएको खुलेको हो।
तीन वर्ष अघि बैवाहिक बन्धनमा बाँधिएकी दिलकुमारीका अनुसार आफूलाई चिकित्सकले बच्चा नहुने भनेको बताएकी छिन्।

यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र पुरूष शिशुको ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यहाँबाट बच्चा नेपाली र भारतीय दम्पति जसको कोख खाली छ उनलाई बेच्ने गरेको प्रहरीको खुलेको हो।
लवकुशको बच्चा बेच्ने धन्दा खुलासा भएपछि लहान प्रहरीले यस क्षेत्रका अस्पतालहरुमा निगरानी बढाएको छ।

फरार अस्पताल संचालक र बच्चा जन्म दिने महिलाको खोजतलास तीब्र पारिएको डिएसपि चतुर्वेदीले बताए।

सिटौला कता ढल्केलान्?

सिटौला कता ढल्केलान्?
काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा बरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो भए पनि आवश्यक बहुमत पुर्याउन सकेनन्। उनलाई विधानमा भएको आवश्यक बहुमत पुर्याउनको लागि ११ मत पुगेन।
देउवाले ४९.६८ प्रतिशत ल्याए भने अर्का प्रत्यासि कार्यवाहक सभापति रामचन्द्र पौडेलले ३६. ८४ प्रतिशत र महामन्त्री कृष्ण सिटौलाले १०. २९ प्रतिशत प्राप्त गरे भने १ सय मत बदर भए। आवश्यक बहुमत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन देउवा र पौडेलबीच हुने छ। दोस्रो चरणको निर्वाचन पनि रोमाञ्चक हुने देखिन्छ। १०.२९ प्रतिशत सिटौलाका मत कसको पक्षमा जान्छन् भन्ने कुराले निर्वाचन निर्णायक हुने छ।
electinon of NC general convention-01
संस्थापन खेमाबाटै पौडेल र सिटौला दुई उम्मेद्वार खडा भए पछि पौडेललाई सुरु देखिनै चुनौति थपिएको थियो। तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालासँग समेत सभापतिमा भिडेका देउवा भने यो पटक जसरी पनि आफ्नो पक्षमा पासा पल्ट्याउने दाउका साथ अघि बढेका छन्।

मत गणनाको सुरु देखिनै अग्रता लिएका देउवालाई अन्तिममा पौडेल र सिटौलाले थोरै मात्रामा बढाएको मतले नै ५० प्रतिशत भन्दा बढि पार गर्न दउवालाई ब्रेक लगाइदियो। दोस्रो चरणको निर्वाचनको लागि केहि घण्टा बाँकी रहँदा नेपालको राजनीतिमा मध्यस्तताको भूमिकामा पटक पटक देखिएका सिटौला कांग्रेसको आन्तरिक राजनीतिमा 'किङ मेकर' बनेका छन्। उनको समर्थनले दोस्रो चरणको निर्वाचन निर्णायक बन्ने छ।

सभापतिको निर्वाचन दोस्रो चरणमा गए पछि पौडेललाई केही राहत भने मिलेको छ। दोस्रो निर्वाचनसँगै सभापतिको कुर्सीमा पुग्न देउवाले ठूलै मेहनत गर्नु पर्ने जानकारहरुको बुझाई छ। सिटौलाले संस्थापनकै भोट काटेकाले ति आफ्नै पोल्टामा आउने विश्वासमा पौडेल छन्। तर सिटौलाको अन्तिम भूमिका के हुन्छ त्यो हेर्न बाँकी नै छ।

Sunday, March 6, 2016

नेपाली सेना अब चुप लागेर नबस्ने - देश बचाउन जुनसुकै बेला पनि सेना परिचालन हुने सेनाको निर्णय

काठमाडौं, २३ फागुन । मधेसमा देश टुक्राउने गतिविधी भइरहेका बेला नेपालको शक्तिशाली सुरक्षा निकाय नेपाली सेनाले देश बचाउन स्वतः परिचालन हुने निर्णय गरेको छ । आइतबार सैनिक मुख्यालय जंगी अड्डामा पिएओज रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित पृतनापति समन्वयात्मक बैठकले सैनिक शासनको संकेत दिँदै स्वतः परिचालन हुने निर्णय गरेको हो ।
बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा देश टुक्रिने अवस्थामा चुप लागेर बस्न नसकिने भन्दै त्यो बेला तुरुन्तै एक्सन लिने निर्णय भएको जनाएको छ ।

बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सिर्जना गरीदिने माध्यम मात्र भएकोले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु सिर्जना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने बताए ।

उनले भने– ‘अबका दिनहरुमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अब हामीले हात बाधेर बस्नुहुँदैन् ।’ प्रधानसेनापति क्षत्रीको यो भाषणले सैनिक शासन लगाउनुपर्ने अवस्थामा सेना पछाडी नहट्ने संकेत गरेको छ ।

निर्देशनकोे क्रममा प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलवा हाल देशमा विकसित परिस्थितिले श्रृजना भएको अपरेशनल चुनौती तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिए । बैठकमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गरे भने, नेपाली सेनाको सैनिक समाचार महानिर्देशनालयले समग्र वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत गरेको थियो भने सबै पृतनापतिहरुले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै वर्तमान वस्तुस्थितिबाट उत्पन्न सुरक्षा चुनौतीहरु तथा समसामयिक बिषयवस्तुमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।

उक्त समन्वयात्मक बैठकले नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी श्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनैपनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको एवम् भूकम्पबाट क्षतीग्रस्त संरचनाको लागि अति प्रभावित जिल्लाहरुमा नेपाल सरकारले पूनः निर्माणको लागि जिम्मेवारी दिएमा यथासिघ्र कार्य गर्न तयार रहने निष्कर्ष समेत निकालेको छ ।

प्रत्येक वर्ष सेना दिवसको अवसरमा नियमित रुपमा गरिदै आएको पृतनापति समन्वयात्मक बैठक यस वर्ष “सेना दिवस २०७२” को अवसरमा आयोजना गरिएको हो । उक्त सम्मेलनमा रक्षा सचिव जयमुकुन्द खनाल, सबै पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो

ठग्न पाउनुपर्ने माग राख्दै भोलीदेखि मेनपावर बन्द गर्ने

२२, फागुन काठमाडौँ ।  वैदेशिक रोजगार व्यवसायी संघले आइतबारदेखि सम्पूर्ण मेनपावर  बन्द गर्ने घोषणा गरेको छन् । वषौँदेखि नेपाली युवायुवतीलाई ठग्दै चर्को मूल्य असुल्दै आएका व्यवसायीहरुले चर्को मूल्य असुल्न नपाएपछि आन्दोलन गर्दै आएका छन् ।  संघले कार्यालय बन्दसहित पूर्व र अन्तिम स्वीकृतिको कार्यपनि अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । राज्यले व्यवसायीहरुलाई आतंकित बनाएको, सरकारले तोेकेको सेवा शूल्क कम भएको भन्दै कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएको  व्यवसायीहरुले बताएका छन् ।  केहि दिनअघि राजधानीका केहि म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । म्यानपावर कम्पनीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जान लागेका सयौं व्यक्ति प्रभावित हुनेछन् । संघले १० हजार रुपैयाँ सेवा शूल्क लिएर काम गर्न नसक्ने पनि जनाएको छ ।

Saturday, March 5, 2016

कृषि सहकारी बलेटक्सार साखाको औपचारिक शुरुवात आजदेखि

कृषि सहकारी बलेटक्सार साखाको औपचारिक शुरुवात आजदेखि
ज्ञवा संचार, फागुन २२ | गुल्मी ज्ञवा बलेटक्सारमा एक भब्य समारोह बीच कृषि सहकारी बलेटक्सार शाखाको समुदघाटन कार्यक्रम अहिले चलिरहेको छ | ज्ञवा बलेटक्सारमा स्थापना भएको नयाँ कृषि अभियान कृषि सहकारी संस्थाको औपचारिक शुरुवात आजदेखि गरिएको हो | कार्यक्रम स्थलबाट योजन केसी, बिमल ज्ञवाली, जनार्दन घिमिरे लगायतको सौजन्यमा प्राप्त केहि झलकहरु हेरौं:    














भक्तपुरकी ६ वर्षीया बालिकालाई घरबाट अपहरण गरी रातभर बलात्कार गर्ने अभियुक्त सार्बजनिक -

भक्तपुर – आफ्नै घरमा सुतीरहेकी ६ वर्षीया इशानी (परिर्वतित नाम) लाई बोकेर उनको घरभन्दा पर लगेर रातभर बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। रामेछाप जिल्ला घर भइ हाल भक्तपुरमा परिवारसँग बस्दै आएकी इशानीलाई यही फागुन ११ गते राती ८ बजेतिरको समयमा ओछ्यानबाट नै बोकेर लगि बलात्कार भएको थियो।
बालिकालाई कुकृत्र्य गर्ने मोरङ्ग उर्लाबारी नगरपालीका ३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३२ वर्षको राजकुमार भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । राजकुमारले ११ गते राती ८ बजे देखि ८ गते विहान ४ बजे सम्म कराई भने खाल्डोमा पुरीदिन्छु भनि पटक पटक करणी गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छिन्।
अभियुक्तले फाँटको बिचमा रहेको भुई तले टहरोमा लगेर बालिकालाई रातभर करणी गरी बिहान ४ बजे इशानीको घर नजिकै ल्याएर छोडी फरार रहको थियो।

लुकेर बसेको अवस्थामा प्रहरीले फागुन २० गते अभियुक्त राजकुमारलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थिमीका प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् । पिडित इशानीकी आमाले भने अपराधीलाई कडाभन्दा कडा सजाय गर्न प्रहरीसमक्ष माग गरेकी छिन् । उनले पिडित बालिकाकी आमाले खाना खाएर श्रीमान, छोरा र छोरी सुतेको र आफु छिमेकीको घरमा गएको समयमा छोरीको अपहरण गरी बलात्कार गरीएको बताएकी छिन्।

हाल बालीकाको अवस्था सामान्य रहेको र उनलाई एक गैर सरकारी संस्थामा आवश्यक उपचार गरी राखिएका प्रहरीले जानकारी दिएको छ । अभियुक्तलाई मुलुकी ऐनको जबरजस्ती करणीको महलको दफा ३.१ बमोजिम दशवर्ष मुनिको बालिकालाई जबरजस्ती करणी ऐन अनुसारको सजाय गर्नको लागि भक्तपुर अदालतबाट म्याद थप भई कानुनी कारवाही गर्न अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कांग्रेस महाधिवेशन : ६३ जनाले उम्मेदवारी फिर्ता लिए

मिडिया एनपी, काठमाडौं, २२ फागुन । काठमाडौंमा जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन तालिका अनुसार शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ता लिन दिएको समय सीमाभित्र ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । ६१ जनाको केन्द्रीय सदस्य पदका लागि दिएका उम्मेदवारी ६३ जनाले फिर्ता लिएपछि अब ३ सय २ जनाबीच प्रतिस्पर्धा हुनेछ ।
नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ३ पदाधिकारी सहित ६४ पदका लागि ३ सय ७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन(तीन र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरुले भने फिर्ता लिएका छैनन् । सभापतिमा तीन, महामन्त्रीमा तीन र कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।

पुनःसञ्चालन हुने भो जिरी विमानस्थल

मिडिया एनपी, दोलखा, २१ फागुुन । ३ वर्षदेखि बन्द रहेको जिरीमा रहेको विमानस्थल पुनःसञ्चालनमा ल्याइने भएको छ । २०४२ देखि बन्द रहेको सो विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्म र दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले निरीक्षण गरेका छन् ।
नेपाल उड्डयन प्राधिकरणले विमानस्थल पुनः सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना समय लाग्ने जनाएको छ । जिरीको पर्यटकीय पृष्ठभूमिलाई केलाउँदै विमानस्थल पुनः सञ्चालनमा जति सक्दो चाँडो काम गर्न प्राधिकरणका पदाधिकारीलाई आग्रह गरिएको छ ।
विमानस्थल निर्माणको लागि आर्थिक अभाव रहेको बताउदै प्राधिकरणले विमानस्थल निर्माणको काम पहिलो प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।