काठमाडौं, फागुन २४ । नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ ।
सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो ।
कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो ।
त्यसैगरी,
कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भए ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता र सार्वभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
करिब ९५ हजार सैनिक जनशक्तिको नेतृत्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरिरहेका छन् ।
सेना दिवसको अवसरमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले प्रकृति संरक्षण ट्रफीमा पुरस्कृतहरुलाई पुरस्कृत गरेका थिए ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ भने अहिलेसम्म एक लाख १० हजार ७ सय ७६ जनशक्तिले योगदान दिइसकेका छन् ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेक्रममा नेपाली सेनाका ६३ जनाले वीरगति पाउनुकासाथै ५९ जना गम्भीर घाइते भएका छन् ।
नेपाली सेनाका चार हजार दुई सय फौज विश्वभरका १५ ओटा संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ अहिले परिचालित छन् ।
शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल अग्रणी स्थानमा छ ।
पछिल्ला वर्षमा विपद् व्यवस्थापन र विकास निर्माणको काममासमेत प्रमुख सुरक्षा अंगकोरूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ
सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो ।
कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो ।
त्यसैगरी,
कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरियो ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भए ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता र सार्वभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
करिब ९५ हजार सैनिक जनशक्तिको नेतृत्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरिरहेका छन् ।
सेना दिवसको अवसरमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले प्रकृति संरक्षण ट्रफीमा पुरस्कृतहरुलाई पुरस्कृत गरेका थिए ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ भने अहिलेसम्म एक लाख १० हजार ७ सय ७६ जनशक्तिले योगदान दिइसकेका छन् ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेक्रममा नेपाली सेनाका ६३ जनाले वीरगति पाउनुकासाथै ५९ जना गम्भीर घाइते भएका छन् ।
नेपाली सेनाका चार हजार दुई सय फौज विश्वभरका १५ ओटा संयुक्त राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ अहिले परिचालित छन् ।
शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल अग्रणी स्थानमा छ ।
पछिल्ला वर्षमा विपद् व्यवस्थापन र विकास निर्माणको काममासमेत प्रमुख सुरक्षा अंगकोरूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ
No comments:
Post a Comment