Monday, October 22, 2012

दरबार देबिस्थानमा घर भित्रै पसेर बाघले मान्छे खायो, हड्डी मात्र बाँकी

गुल्मी, असौज २२ । दरबार देविस्थानकी एक बृद्धालाइ बाघले खाएको छ । गए राती घरभित्रै पसेको बाघले दरबार देविस्थान ४ भलाएचौर निवासी ६० वर्षिया बृद्धा रेनुकला खत्रीलाइ बाघले खाएको हो । "राती कतिबेला पस्यो भन्ने एकिन भएन", स्थानिय पत्रकार राम केसीले भने, "बिहानपख थाहा भयो, बृद्धाको शब पहिचान नै गर्न नसक्ने अवस्थामा छ ।"
"मासु पुरै खाएको छ, हड्डी मात्रै बाँकी छ" उनले भने, "त्यो दर्दनाक दृश्यले गाउँ शोकमग्न र त्रसित छ ।" खत्री घरमा एक्लै बस्दै आएकी थिइन । प्रहरीलाई सुचित गरिएको र घटनास्थल तर्फ आउँदै गरेको केसीले जानकारी दिए । घटनास्थल सदरमुकाम तम्घासबाट सवारीसाधनमा आधा घण्टाको दुरिमा छ ।


काठमाडौँ, कात्तिक ६ - दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।
काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्सालभगवती, भद्रकाली, शोभाभगवती, विजयेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायत मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ।

पशुबलिका रुपमा राँगा, हाँस, कुखुरा, बोका, भेंडा आदिको भोग चढाइन्छ। पशुबलि निषेध चेतना अभियान जस्ता संस्थाहरुले भने मानिसमा रहेको काम, क्रोध, लोभ, मोह, मदमाश्चर्य आदि अहङ्कारलाई बलि दिनुपर्ने भनी अभियान चलाइरहेका छन्।

राष्ट्रपति शक्तिपीठमा 
राष्ट्रपति रामवरण यादवले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठ पुगी पूजाअर्चना गरेका छन्।
उनले नक्सालभगवती, मैतीदेवी, भद्रकालीलगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन गरेका थिए। रासस

Thursday, October 11, 2012

विजया-दशमी को शुभ-कामना


सुरु भयो बिजया दशमिको

विजया-दशमी २०६८ सालको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली साथीहरु,दाजु-भाइ तथा दिदी-बहिनीहरु प्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

नेपालीहरुको महान चाड दशै नजिकिँदै गर्दा राजधानीबाट घर फर्किनेहरुका लागि बसको टिकट बुकिङ आजदेखि खुला भएको छ । गोंगबुस्थित नयाँ बस पार्क लगायतका ठाउँमा आजैदेखि टिकट काट्नेहरुको घुइँचो लाग्न थालेको छ तर यस पाली 
गुल्मी को यात्रा


                   बुटवलबुटवल बुस्पर्क 
 नीकै भीड भाड भयको छ अइले पस्चीम पूर्व को बिभीन ठाउको लागी टिकट बुकिङ भयको छ तस्तै बुटवल बाट गुल्मी अर्घाखाची को गाडी मा पानी नीकै भीड भाड दखीन६ लौ हर्नुस त जोखीम्पुर्ना यात्रा के तपाई पनी यस्तै यात्रा गर्दैहुनुन६ तर विचार गर्नुस
                                                                 मेरो दिगाम 

Tuesday, October 9, 2012

गुल्मीमा यात्रा गर्दै हुनुहुन्छ? मापसे नगर्नुहोला !

गुल्मी, असोज २३ । तपाइँ गुल्मी जिल्लामा यात्रा गर्दै हुनुहुन्छ भने अव ख्याल गर्नुहोस – चालक जस्तै मापसे (मादक पदार्थ सेवन) कार्वाहीमा पर्नुहोला ।जिल्ला प्रशासनले दँशै तिहारलाई मध्यनजर गरी जारी गरेको सुरक्षा व्याबस्थालाई प्रहरीले कार्यान्वयन गर्ने क्रममा चालकलाई मात्र होईन पुरै यात्रुलाई समेत मापसे चेक गर्न शुरु गरेको छ । यही क्रममा आजै प्रहरीले विभीन्न यातायातमा सवार ८ जनालाई मदिरा सेवन गरेबापत नियन्त्रणमा लिएको छ । प्रहरीको भाषामा मिगरस चेकिङ्ग अर्थात सम्पूर्ण सवारीसाधन, मानिस र शंका लागेका सबैखाले अनुसन्धान गर्ने क्रममा ८ जनालाई नियन्त्रणमा लिई भोली प्रशासनलाई बुझाईने प्रहरी नायव निरीक्षक परशुराम जोसीले बताए । "आजदेखि हामीले प्रमुख नाका र छड्के चेक जुनसुकै स्थानमा पुगेर पनि चालक यात्रु सवैलाई मापसे चेक गर्दछाँ, सेवन गरेको पाईए नियन्त्रणमा लिएर आवस्यक कार्वाही गरीने छ", उनले भने ।केहीदिन पहिला बढ्दो दुर्घटनालाई न्यूनिकरण सम्बन्धमा बसको समिक्षा बैठकले पनि चालकको लापर्वाहीले मात्र दुर्घटना नहुने निचोड निकालेको थियो । यात्रुहरु चालकदललाई कुटेर पनि आफै छतमा गएर बस्ने । क्षमता छैन नचड्नुस भन्दा पनि दादागिरी देखाएर चालक दललाई दवाव दिने गुनासो आएपछि यस्तो अभियान शुरु गरीएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए ।


Friday, September 28, 2012

विमान दुर्घटना, १९ को मृत्यु, चरासँग विमान ठोक्किएर आगो लागेको पुष्टी (भिडियोसहित)


काठमाडौं, आश्विन १२ । त्रिभुवन विमानस्थल नजिकै मनोहरा क्षेत्रको सुकुम्बासी बस्तिमा आज विहान सीता एयरको विमान दुर्घटना हुँदा सात नेपालीसहित १९ जनाको मृत्यु भएको छ । दूर्घटनामा विमानमा सवार १६ यात्रु र चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भएको हो । नाईन एन एएचए डी २२८ को डोर्नियर विमान विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडे लगत्तै विहान ६ बजेर २० मिनेटमा विमान मनोहरा खोला नजिकको खालि ठाउँमा खसेको थियो ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले विमान उडेको १ मिनेटमा चरा विमानमा ठोक्किएपछि दुर्घटना भएको जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित ७ नेपाली, ७ जना बेलायती र ५ जना चिनियाँ नागरिक सवार थिए ।
दूर्घटनामा पाईलट विजय तण्डुकार, को–पाईलट ताकेशी थापा र परिचारिका रुजा शाक्यसहित नेपाली नागरिकहरु एमके तामाङ, एलके शेर्पा, बी मगर र केएम मगरको मृत्यु भएको हो ।

विमान चिलसँग ठोकिएर दुर्घटना : प्राधिकारण


 नेपाल नागरिक उड्ययन प्राधिकरणले आज बिहान १९ जनाको ज्यान गरी भएको सीता एयरको दुर्घटना चरासँग ठोकिएर भएको जनाएको छ ।

दुर्घटना लगत्तै दुर्घटनास्थलमा चिल मृत अवस्थामा फेला परेपछि प्राधिकरणले दुर्घटनाको कारण चिलसँग ठोकिएर हुनसक्ने अनुमान गरेको हो ।

तर, उक्त दुर्घटना चिलमा नै ठोकिएर भएको हो या अन्य कारणले नै भन्नेबारे भने पुष्टि भएको छैन ।

उक्त विमानका चालक विजय तन्डुकारले जहाज दुर्घटनामा पर्नु अघि कन्ट्रोला टावरसँग जहाज चिलसँग ठोक्किएको जानकारी गराएको बताइएको छ ।

यसै आधारलाई लिएर पनि विमान चिलसँग ठोकिएर दुर्घटनामा परेको अुनमान गरिएको छ । तर यसको पुष्टि भने अनुसन्धानपछि मात्रै हुनेछ ।

यसैबीच, त्रिभुवन विमास्थल प्रमुखले पनि आजै एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना चरासँग ठोकिएर भएको उल्लेख गरेका छन् 

                                  बिमान दुर्घटनाको दृश्य भिडियोमा, हेर्नुहोस तलको लिंक मा 


https://www.youtube.com/watch?feature=player_detailpage&v=WjnDFa1i0_M 

Monday, September 17, 2012

तीज को मंगलमय शुभकामना

आज हिन्दू नारीहरुको महानचाडँ तीज(दर खाने दिन) को अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दिदि बहिनिहरुमा धेरै धेरै मेरो दिगाम तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्न चाहान्छौ । तेस्तै दिगाम को ठाऊ  ठाऊ  मा तीज गीत  बजीरहेको र दिदी बहिनी हिडडुल गरेको छन् दिगाम मा तीज को चहलपहल  ले नीकै रमाइलो बनायको छ