Sunday, April 21, 2013

साउदी जेलमा एसी बिग्रिएपछि तनाव

 वैशाख ६ - साउदी अरबको दमामस्थित जेलमा एसी बिग्रिएपछि घर फिर्न बल्लबल्ल जेल छिर्न पाएका नेपाली कामदारहरू समस्यामा परेका छन् । यसले जेल प्रशासनलाई समेत चिन्तित बनाएको छ । झन्डै दुई सय जना अट्ने क्षमताको जेलमा बुधबारसम्म ७ सय नेपाली छन् ।

गैरकानुनी हैसियत भएका नेपाली घर फिर्न अनिवार्य जेल जानुपर्छ । 'हिजोबाट जेलको एसीको सिस्टम नै गएको रहेछ,' साउदीको लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'यसले तनाव बढेको छ ।' बिहीबार दिउँसो यहाँको तापक्रम ४३ डिग्री सेन्टिग्रेड पुगेको थियो । 'गर्मी निकै बढेको छ । एउटै कोठामा सयौं कामदार राखिएको छ,' उनले भने, 'यसले दिन कटाउनै मुस्किल परेको छ ।' 

समाधानका लागि जेल प्रशासनले राजदूत पाण्डेसूग छलफलसमेत गरेको छ । राजदूतले कामदारलाई बाहिर निकालेर घर फिर्ने वातावरण मिलाउन अनुरोध गरेका छन् । त्यसका लागि दूतावासको प्रतिनिधिलाई जेलमा पठाइएको छ । 'साथीभाइ भएकालाई घर फिर्ने प्रक्रियालाई निरन्तरता दिई जेलबाट निकाल्न अनुरोध गरिएको छ,' उनले भने, 'सबै प्रक्रिया पूरा भएपछि बिहान जेल राखेर साँझ पठाउने विषयमा छलफल भइरहेको छ ।' 

एसी बिगि्रएपछि जेलभित्र होहल्ला सुरु भएको छ । 'सिस्टम' नै बिग्रेकाले मर्मत हुन केही दिन लाग्ने प्रशासनले जनाएको छ ।

गैरकानुनी कामदारको चाप निकै बढेको दमाम जेलबाट शुक्रबार मात्रै एकसय ७० जना स्वदेश फिर्दै छन् । 

साउदी अरबियामा पनि नयाँ बर्ष तथा चैते दशैँ मनाइयो

रियाद, १९ अप्रिल, शुक्रबार । सृजना साँस्कृतिक समूह, साउदी अरबियाको आयोजनामा बिहिबार राती नयाँ बर्ष २०७० तथा चैते दशैँ विविध कार्यक्रमहरुका साथ रियाद शहरमा मनाइयो । आयोजक संस्थाका अध्यक्ष नरेश काफ्लेको सभापतित्व तथा साउदी अरबियाका लागि राजदूत, महामहिम उदयराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा साउदी अरबियामा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत लगभग दुई सय जना भन्दा बढी प्रवासी नेपाली दाजुभाईहरुको पनि गरिमामय सहभागिता रहेको थियो ।

बिभिन्न गीत संगितहरु सहित आयोजना भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी महामहिम राजदूत, श्री पाण्डेले साउदी अरबियामा अवैध रुपमा रहेका नेपाली कामदारहरुको बारेमा जानकारी गर्नु भएको थियो । अवैध रुपमा साउदीमा रहेका नेपाली कामदारहरु प्रति उब्जिएको भ्रमपूर्ण समाचारलाई स्पष्ट पार्दै गत २५ फेब्रुअरीमा साउदीका माननीय श्रम मन्त्रीले औपचारिक रुपमै आममाफीको घोषणा अबको तीन महिना पछि कार्यन्वयन हुने जानकारी उक्त समारोहमा ब्यक्त गर्नु भयो । भारतीय नागरिकहरुको लागि त अहिले देखि नै out pass वितरण गरेको छ रे नि त, भनि सोधिएको प्रश्नको जवाफ दिदै महामहिम राजदूतले भन्नु भयो, "भारतीय दूताबासले out pass जारि गरेको नभै साउदीमा भारतीय अवैध कामदारहरु कति रहेछन् त भनि तथ्यांक संकलन गर्न फारम भर्न आह्वान गरिएको मात्रै हो भनि सहभागीहरुलाई स्पष्ट पार्नु भएको थियो" ।

saudi ma new year & chaite dashain by nepalarabकेही दिन अगाडी मात्रै साउदीका माननीय श्रम मन्त्रीले अवैध आप्रवासी कामदारहरुको बिषयमा एक टेलिभिजनमा जारी गरेको बक्तव्यलाई उधृत गर्दै, "अवैध कामदारहरु तीन महिना भित्रमा स्वदेश फिर्ता नभए एक लाख साउदी रियाल सम्म जरिवाना हुन सक्ने" भन्ने गलत बुझाईलाई स्पष्ट पार्नु हुदै राजदूत पाण्डेले भन्नु भयो, "अवैध कामदारहरु तीन महिना भित्रमा साउदी नछाडे एक लाख साउदी रियाल जरिवाना अवैध कामदारले जरिवाना स्वरुप तिर्नु पर्ने नभैई, एक अवैध कामदारलाई काम गराएको भेटिएमा त्यो कम्पनीको मालिकलाई एक लाख जरिवाना हुन सक्ने र एक अवैध कामदार बराबर कम्तिमा तीन महिना सम्म जेल सजाय हुन सक्ने कुरा प्रष्ट्याउनु भएको थियो" ।

महामहिम राजदूतले थप्नु भयो, "यो तीन महिना भित्रमा ति अवैध नेपाली कामदारहरुलाई उनीहरुले काम गर्ने कम्पनीहरुबाट निस्काशन गरिएको अवस्थामा दूताबासले उनीहरुको केहि समय सम्मको बसाइको लागि नेपाली संघ संस्थाहरुको सहयोग लिनु पर्ने आवश्यकता आउन सक्ने र त्यसको लागि अहिले नै तयारीमा रहन अनुरोध गर्नु भयो" । नेपाल सरकारको सम्बन्धित निकायमा यस्तो अवस्था आउन सक्ने जानकारी दिई सकिएको वहाँले बताउनु भयो ।

नेपाल आदिवासी जनजाति महासंघ, साउदीका अध्यक्ष, हुम सुनारी मगरले आफ्नो शुभकामना मन्तव्यमा थप्दै, "प्रत्यक दिन साउदीको अंग्रेजी अनलाइन पत्रिका, अरब न्युज डट कम हेर्ने गरेको र अवैध रुपमा रहेका आप्रवासी कामदारहरुको बारेमा सम्प्रेषण गरिएको समाचारहरुलाई संक्षेपमा नेपालीमा उल्था गरि सामाजिक संजाल फेसबूक मार्फत नेपाली समुदायमा निरन्तर पुर्याई रहेको जानकारी गर्दै, अवैध नेपाली कामदारहरुलाई उनीहरुले काम गर्ने कम्पनीहरुबाट निस्कासन भएमा दूतावाससँगको समन्वय र परामर्शमा जस्तो किसिमको पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्यो ।

saudi ma new year & chaite dashain by nepalarabसृजना साँस्कृतिक समूहका सल्लाहकार सिताराम नेपाल द्वारा संचालित कार्यक्रममा समूहका सचिव, बिज्ञान राईको स्वागत मन्तब्य पछि शुभकामना आदान प्रदान गर्नेहरुमा दूतावासका नियोग उप-प्रमुख, हरिश्चन्द्र घिमिरे, जनजाति महासघ, साउदीका उपाध्यक्ष, बिशाल तामांग, महासंघ कै सल्लाहकार, दिलचन बुढामगर, एनआरएनए आइसीसी सदस्य, राजु पौडेल र मिथिला एकता समाजका अध्यक्ष, रुकेश शाह हुनु हुन्थ्यो

                                                        मेरो दिगाम  

Saturday, April 13, 2013

शैक्षिक युवा बेरोजगार देशको मुल समस्या एमाले नेता ज्ञवाली

गुल्मी, चैत्र ३१ गते । नेकपा एमाले पोलिट ब्यूरो सदस्य एबं पुर्व मन्त्री प्रदिप कुमार ज्ञवालीले शैक्षिक युवा बेरोजगार देशको मुल समस्या भएको बताउनु भएको छ । युवा संघ नेपाल तम्घास गाउ कमिटीको प्रथम गाउँ अधिबेसनको मदन आश्रीत स्मृती भवन तम्घासमा उदघाटन गर्दै नेता ज्ञवालीले यस्तो बताउनु भएको हो ।
बढ्दो युवा बेरोजगारी समधानका लागि राज्यले प्रभावकारी काम गर्न नसकेको र निर्माण गरिएका निती तथा कार्यक्रमहरु पनि राजनितीक स्वार्थ सिद्धीका लागी एकिकृत नेकपा माओवादीले कार्यकर्ता भरण पोषणमा दुरुपयोग गर्न खोजेकाले आम युवाको समस्या समाधानका लागि प्रभावकारी काम हुन नसकेको दाबी गर्नुभयो ।

राजनितीक अस्थिरता र संक्रमणकालिन परिस्थितीमा जनताको अपेक्षा अनुसार काम हुन नसकेको स्विकार गर्दै राजनितीक निकास र संघिय लोकतान्त्रिक गणतन्त्र शुनिश्चत भएको जनताको संबिधान निर्माणका लागी आगामी संबिधान सभाको निर्वाचनमा नेकपा एमालेलाई प्रथम शक्तिको रुपमा स्थापित गर्न आबश्यक काम गर्न युवाहरुलाई निर्देशन दिनुभयो । अधिबेसनले आगामी २ वर्षका लागी मणिरत्न भण्डारीको अध्यक्षतामा ३१ सदस्यिय तम्घास गाउ कमिटीको गठन गरेको छ । कमिटीको उपाध्यक्षमा भरत काउछा, सचिव रमेश दर्लामी, सहसचिव राजु बराल, कोषाध्यक्ष रेखा बस्नेत लगायत रहनु भएको छ ।
कार्यक्रम नेकपा एमाले पोलिट ब्यूरो सदस्य एबं पुर्व मन्त्री प्रदिप कुमार ज्ञवालीको प्रमुख आतिथ्यता सम्पन्न उक्त अधिबेसनमा युवा संघ नेपालका केन्द्रिय सदस्य एबं लुम्बिनी अञ्चल इन्चार्ज हिमाल श्रेष्ठ, नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष टोमलाल पाण्डेय, उपाध्यक्ष मधुकृष्ण पन्त, युवा इन्चार्ज गणेश श्रीपाली, जिल्ला पार्टी सचिवालय सदस्य जंग नेपाली, जिल्ला कमिटी सदस्य लक्ष्मण ज्ञवाली, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, उपाध्यक्ष मोहनप्रसाद पाण्डे, युथफोर्स प्रमुख मनोज काउछा, अनेरास्वबियू अध्यक्ष ओमबहादुर कार्की लगायतले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो ।

नयाँवर्ष २०७० सालको हार्दिक मंगलमय शुभकामना !!!

नव बर्ष २०७० को आगमन हाम्रा बिगतका सकारात्मक कुराहरुको निरन्तरता सहित नया उमंग सुख समृद्धि सु स्वास्थ्य र फलदायी बनोस
विहानिको प्रतिक्षासँगै अधेरीमा रुमलिएपनि झरना बिना तिर्खाइमा तडपिएपनि सहासको बाटो परिर्वतन नहोस, हुरीबतासको लहर जतिनै वेगले चलेपनि कर्मको दियो अटुट बलिरहोस्, कहिल्यै ननिभने गरी जिवन सधै सफल अनि सुखी रहोस नयाँवर्षको आगमन सँगै....
नयाँवर्ष २०७० सालको हार्दिक मंगलमय शुभकामना !!!

Tuesday, April 2, 2013

गाविस अनुदानका विषयमा अन्तर्कृया

चैत्र २०, गुल्मी । जिल्लाको दरवारदेविस्थानमा गाविस अनुदान खर्च रकम पुनरावलोकन तथा समुदायको सहभागिता विषायक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा एकिकृत ग्रामिण विकास समाज गुल्मीले संचालन गर्न लागेको कार्यक्रमको सो समाजले अन्तरकृया गरेको हो । समाजले स्थानीय निकायहरुको अनुदान खर्च रकम पुनरावलोकन तथा समुदायको सहभागिता सर्वेक्षण कार्यक्रमको वारेमा जानकारी गराउने उद्देश्यका साथ स्थानीय राजनीतिक दल, गाविस पदाधिकारी, वडा नागरिक मञ्च, लक्षित समुदाय लगायतका प्रतिनिधिहरुको वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय स्तरमा गाविसको अनुदान रकमवाट संचालन भएका आयोजनाहरुको वारेमा छलफल गरिएको थियो । अन्तरकृया कार्यक्रममा गाविस सचिव, राजनीतिक दल तथा लक्षित समुदायका प्रतिनिधिहरुले गाविस अनुदान निर्देशिका अनुसार रकम विनियोजन र योजना संचालन गरिएको दावि गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि शेरवहादुर कार्कीले कार्यक्रम सकारात्मक भएको वताउदै गाविस अनुदान वाहेक राज्यले सिधै लगानी गरेका आयोजनाहरु पनि अनुगमन गर्नु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै राष्ट्रिय जनमोर्चाका गाविस अध्यक्ष शेरवहादुर खत्रीले गाविस अनुदानवाट संचालित आयोजनाहरुको प्रभावकारी संचालनका लागि सवै एकमत भएर जानुपर्ने बताएका थिए ।

दरवारदेविस्थान गाविस सचिव इन्द्रवहादुर खत्रीको अध्यक्षता, फोकल पर्सन कृष्ण विश्वकर्माको संचालन रहेको कार्यक्रममा, एकिकृत ग्रामिण विकास समाजकी कार्यक्रम संयोजक सीता भुसालले कार्यक्रमको बारेमा जानकारी गराएकी थिईन ।