Tuesday, August 5, 2014

राष्ट्रपति यादव र प्रधानमन्त्री मोदबीच भेटवार्ता

pm n president
काठमाडौ, १९ साउन । राष्ट्रपति डा. रामबरण यादव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादवले मोदीलाई आइतबार संसदमा गरेको सम्बोधनले नेपालीको मन जितेको बताए ।
भेटमा दुर्इ देशको आपसी हितबारे कुराकानी भएको छ । मोदीको सम्मानमा राष्टपतिले दिवाभोजको आयोजना समेत गरेका छन् ।

प्रधानमन्त्री मोदीले प्रचण्डलाई भने ‘तपाईले उदाहरणीय काम गर्नुभएको छ’

काठमाडौ, १९ साउन । भारतीय प्रधानमन्त्री मोदीले एमाओवादी अध्यक्ष प्रचण्डलाई तपाईले गरेको काम सामान्य नभएर उदाहरणीय भएको भन्दै प्रशंसा गरेका छन । संविधान निर्माण प्रक्रिया र नेपालको आर्थिक विकासमा सकारात्मक सहयोग गर्ने मोदीले प्रचण्डलाई बताएका थिए । नेपाल भारत सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउने प्रचण्डलाई मोदीले विश्वास दिलाएको स्रोतले बतायो ।
भेटमा प्रचण्डका साथै डा.बाबुारम भट्टराई, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको उपस्थिति थियो । मोदीलाई भेटेर फर्केपछि एमाओवादी नेताहरु स्थायी कमिटीको बैठकमा जुटेका छन् ।
यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ अत्यन्तै सकारात्मक रहे पनि भारतीइ संरचनाप्रति आशंका प्रकट गरेका छन् ।
सोमबार मोदीसँगको भेटमा प्रचण्डले प्रश्न गरे’ नेपालको संविधान निर्माणमा सकारात्मक भूमिका खेल्नुभयो, तर तर तपाईको अहिलेको संरचनाले सहयोग त गर्छ ?’
सोमबार अपरान्ह हायात होटलमा भएको भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको बताउँदै उनले नेपालीको मन र मष्तिष्क दुबै जितेको बताएका थिए ।
संसदको भाषणमा आफूलाई अशोक सम्राटको भूमिकासँग तुलना गरेको स्मरण गर्दै प्रचण्डले मोदीलाई भने ‘नेपालको शान्ति प्रक्रियालाई यति गहिरो र गम्भीरतासँग बुझिदिनुभएकोमा यहाँलाई धन्यवाद छ ।’यसैगरी प्रचण्डले हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग र जलविद्युत विकासमा भारतीय सहयोग हुनुपर्ने भन्दै कालापानी र सुस्ताको सीमा समस्याका विषयमा पनि कुरा उठाएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर ज्यान गुमाउने संख्या ३२ पुग्यो

pahiro
सिन्धुपाल्चोक, १९ साउन । सुनकोशी नदी थुनिने गरी गत शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या अहिलेसम्म ३२ पुगेको छ । डोजर र स्काभेटरले पहिरो हटाउने क्रममा घरको भग्नावशेषमा सोमबार मात्र २३ जनाको शव भेटिएको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले जानकारी दिए ।
पहिरोमा पुरिएर ज्यान गुमाउनेमा एकै परिवारका पाँचदेखि तीन महिने बच्चासमेत छन् । प्रहरीका अनुसार घुस्कुन १ का राजु धामी, उनकी पत्नी, छोरा र दुई छोरीको ज्यान गएको छ । यस्तै माङ्खा १ कि ३० वर्षीया मिठू तिमल्सिना, ९ वर्षका राजीव, ७ वर्षका रञ्जित र तीन महिने बच्चाको शव भेटिएको छ । १४ वर्षकी जया श्रेष्ठ, २० वर्षकी पुनम श्रेष्ठ, ३० वर्षकी सोममाया श्रेष्ठको शव पनि भेटिएको छ । सोममायाको शवसँगै ११ हजार ४०५ रुपैयाँ र तीन तोला सुन भेटिएको छ । उदरपुर घर भएकी ४१ वर्षकी मिठू दनुवारको पनि शव भेटिएको छ । माङ्खा १ कि ३५ वर्षका चन्द्रबहादुर श्रेष्ठ, ४० वर्षका गणेश श्रेष्ठ, ५५ वर्षकी धनमाया श्रेष्ठ, ५१ वर्षका रामबहादुर श्रेष्ठ, ४७ वर्षकी सुशीला श्रेष्ठ र १० वर्षका प्रशान्त श्रेष्ठको सनाखत भएका छ ।

Saturday, August 2, 2014

बाघ मर्यो कि मारियो ? (फोटो फिचर)

बाघ मर्यो कि मारियो ? (फोटो फिचर)
प्रेम सुनार 

मेरो दिगाम 

गुल्मी, साउन १६ । गुल्मीको दिगाममा गत जेठ
महिना अघि सम्म गाउँलेहरुलाई सताएको बाघ केहि दिन
पछि घाईते अवस्थामा फेला पर्यो । जिल्ला वन
कार्यालयलाई




                                                    मेरो दिगाम                       




मौखिक जानकारी दिए स्थानियवासीले । यद्यपी जिल्ला वन
कार्यालय तत्काल पुग्न सकेन । त्यसको करिव १० दिन
पछि जेठ २५ गते दिगाम १ को गिठे किमखोला भन्ने
स्थानमा सोही वाघको आकृतिमा हाडहरु फेला पर्यो ।
घाईते अवस्थामा पनि एक स्थानियले बाघको तस्वीर खिचे र
पछि भेटिएका हड्डीहरुको पनि खिचे । जुन वेला स्थानिय
थुप्रैले बाघ बकाईदा मारेकै हुन् आउनु
पर्यो हामी बोल्छौं भनेका थिए हामीसंग । तत्काल जान
सकिएन । उक्त हाड्डीहरु स्थानिय
श्रृंङ्गा प्रहरी चौकी मार्फत
जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । तत्कालिन निमित्त
जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रप्रसाद
श्रेष्ठसंग बुझ्न गईयो । बाघको हाडहरु ल्याईयो रे नि ? भनेर
सोध्धा उनले होईन त्यो हल्ला हो, बाघको हो भन्ने पुष्टी नै
भएको छैन भने ।
हाल आएर जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले
उक्त
हाड्डीहरु प्रारम्भिक अनुसनधानले बाघकै
भएको पाईएको बताए
। उनले टिकौंलीमा उक्त हड्डीहरु पठाईएको जानकारी दिए ।
उनको प्रारम्भिक अनुसन्धानले पनि बाघ संगठित
रुपमा मारिएको हुन सक्ने देखाएको छ । भने–‘उक्त बाघ
संगठित रुपमै मारिएको हुन सक्ने आशंका छ , कसले
मार्यो भन्ने विषयमा अनुसन्धान गरी रहेका छौं ।’
सुरुका दिनमा बोल्न चाहने स्थानियवासी अहिले बोल्न
चाहन्नन्
। श्रोतका अनुसार अघिल्लो दिन सम्म हर्दिनेटा र
दिगामको विचमा पर्ने काभ्रोको खेतको पुछारमा उक्त घाईते
बाघ लठ्ठीदै पल्टेको थियो । प्रहरी संगै पुगेका युवा र बाल
बालिकाले सेउला, माटा ढुङ्गाको छर्राले हानेर
जिस्काउँदा पनि उ मौन थियो ।
केहि समय पछि जिल्ला वन कार्यालयको टोलीले पाल्पाबाट
खोर लिएर आयो । उक्त खोरमा हालौं भन्ने बेलामा उ दौडेर
गयो । त्यस पछि पर्दैन उ टाँठै छ जंङ्गल मैं वसोस् भनेर
छाडियो । त्यसको अर्को दिन उसका हाडाहरु फेला परेका हुन्
। श्रोत थप्छ –‘ नजिकै गएर जिस्काउँदा पनि बाघ
आक्रमक
नबनेपछि उसलाई सजिलै मार्न सकिन्छ भन्ने सिमित
केहि मानिसहरुको आँट बढ्यो ।
अन्ततः रातको समयमा उसलाई
मारियो र मासु छाला लगियो हाड्डीहरु मात्रै छाडेर गईयो । ’
खवर गर्न ढिलाई किन ?
श्रोत भन्छ–‘ आलै अवस्थामा हाड्डीहरु भेटिन साथ फोटाहरु
खिचियो । जति वेला आँखाहरु पनि आलै थिए । ति आलै
अवस्थाका तस्वीहरु खिचेका मानिसहरुले तत्काल प्रहरीलाई
खवर गरेनन् । श्रृङ्गा प्रहरी चौकी ईन्चार्ज असई घनश्याम
ढकाल भन्छन् –‘ हामीलाई बाघ मर्यो रे भनेको ३/४ दिन
पछि मात्र थाह थिईयो , हामी पुग्दा हाडहरु सुकी सकेको र
किरा परेको अवस्थामा थियो । ’ उनले
थपे–‘त्यसको केहि दिन
अघि हामी रातभर जंगलमैं वसेर उक्त बाघ फेला पारी वन
कार्यालयलाई बुझाएर आएका हौं । ’
स्थानिय समाज सेवीका अनुसार अर्को दिन
भेटिएको आलो हाड्डीको तस्वीर खिच्नेहरुले खवर गरेको भए
प्रहरीले तत्काल घर घरमा छापा मारेर बाघको छाला र मासु
भेटाउन सक्दथ्यो । अनि त्यस राती बन्दुक पड्केको आवाज
सुनेका थियौं भन्ने ब्याक्ती को थिए त ? उनि संग सोधपुछ
गरिन्थ्यो । त्यति बेला बन्दुक पड्केको आवाज
सुनेका ब्याक्ती वोल्छन् आउनुस् भनेर बोलाउने गोप्य श्रोत
अहिले त्यो सुन्ने भनिएका ब्याक्ती को हुन् त ? भनेर
सोध्दा थाह छैन भन्न थालेको छ ।
यसरी स्थानिय श्रोत समेत अहिले मौन रहनु र एकाएक
त्यो आलो अवस्थामा खिचिएका तस्वीर समेत गापचुप पार्नुले
थप अशंका उत्पन्न गरेको छ । यद्यपी बढो मुस्कीलले उक्त
सवै तस्वीरहरु अर्को गोप्य श्रोतबाट ल्याउन सफल
भएका छौं हामी । हेरौं तस्वीरमा घाईते अवस्थाको बाघ ।
अनि त्यही नजिकै आलै अवस्थामा उसको आँखा, मासु
लाछिएको अवस्थामा उसको साप्रा, अनि केहि दिन
पछि श्रृंङ्गा प्रहरी चौकीले
जिल्ला प्रहरी कार्यालयमा पठाउँदा सुकेको अवस्थामा ति हड्डीहरु:

Monday, June 2, 2014

खरेललाई प्रमुखकै जिम्मेवारी दिन आयोगको निर्देशन

Thumbnail for 19060
nirwachan-aayog
काठमाडौं, १९ जेठ । निर्वाचन आयोगले वरिष्ठ प्रहरी उपरीक्षक रमेशप्रसाद खरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखकै जिम्मेवारी दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई सरुवा गर्नका लागि यसअघि सरुवाका लागि सहमति माग भएकोमा आयोगले सहमति दिएको थिएन । आयोगले सहमति नदिए पनि वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई प्रहरी प्रधान कार्यालयमा झिकाई निजको कार्यभार अर्कै व्यक्तिलाई तोकिएको भन्ने जानकारी विभिन्न माध्यमबाट प्राप्त भएपछि आयोगले थप निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगको निर्णयानुसार ‘‘यदि निर्वाचनको अवधिमा निजलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभारबाट मुक्त हुने गरी अर्कै व्यक्तिलाई कार्यभार दिएको हो भने निज वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई निजको पदाधिकार रहेको कार्यालयमा यथावत् जिम्मेवारी दिई कामकाज गराउनु हुन” भनी गृह मन्त्रालयलाई निर्देशन दिइएको स्पष्ट पारिएको छ ।
उपनिर्वाचनमा ‘नो भोट’को व्यवस्था हुदैन
निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले असार ८ मा हुने संविधानसभा सदस्य उपनिर्वाचनमा मत अस्वीकार गर्ने (नो भोट) को व्यवस्था नहुने बताउनुभएको छ ।

प्रमुख आयुक्त उप्रेतीले सर्वोच्च अदालतले स्थानीय निकाय निर्वाचन, व्यवस्थापिका–संसद्को निर्वाचनमा कानुनी व्यवस्था गरेर मत अस्वीकार गर्ने अधिकारलाई सुरक्षित गर्न भनेकाले उपनिर्वाचनमा त्यसको व्यवस्था नहुने स्पष्ट पार्नुभयो ।
आयोगको निर्वाचन शिक्षा तथा सूचना केन्द्रमा आज आयोजित उपनिर्वाचनमा सहभागी हुने राष्ट्रिय पर्यवेक्षक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले सो कुरा बताउनु भएको हो ।
आयुक्त डा.रामभक्त पी.वी. ठाकुरले उपनिर्वाचनमा ११ वटा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिनुभयो ।

राष्ट्रपतिको अभिव्यक्ति प्रति ज्ञवालीको आपत्ति

Thumbnail for 19063
काठमाडौं १९ जेठ । नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सातबुँदे सहमतिविरुद्ध राष्ट्रपति डा रामवरण यादवले सार्वजनिकरुपमा अभिव्यक्ति दिएर राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ ।
सोमबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकार गठनका बेला नेपाली काँग्रेस र एमालेबीच भएको साँतबुदे सहमतिविरुद्ध राष्ट्रपति डा यादवले दिनुभएको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो ।
उहाँले पार्टीको आगामी नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिने र संसदीय दलका नेता केपी ओलीलाई नै पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरिने उल्लेख गर्नुभयो 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले काँग्रेस र एमालेले सातबुँदे सहमति गरेर गल्ती गरेको बताउनुभयो । राष्ट्रपतिले संविधानको प्रतिकुल गरिएको सो सहमतिको विरोध गर्नु स्वभाविक भएको भन्दै अभिभावकको रुपमा राष्ट्रपतिले छिटो संविधान लेख्न घच्घच्याएको उहाँको धारणा रहेको थियो ।