Tuesday, October 1, 2013

एमाओबादी गुल्मीबाट ककसले पाए टिकट?

गुल्मी, असोज १४ । एकिकृत नेकपा माओवादी गुल्मीका तिन वटै क्षेत्रका प्रत्यक्ष उमेदवारहरुको टुङ्गो लागी सकेको सो पार्टीको मुख्यालय श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार क्षेत्र नम्वर १ मा पुर्व सभाषद एवं सो पार्टीका जिल्ला संयोजक सुदर्शन बराल, २ मा क्षेत्रिय संयोजक अशोक थापा र क्षेत्र नम्वर ३ मा वामदेव क्षेत्रीलाई प्रत्यक्ष उमेदवारको टुङ्गो केन्द्रिय समितिले लगाई सकेको छ । श्रोतले भन्यो–‘ घोषणा गर्न मात्रै बाँकी छ, गुल्मीका तिन वटै क्षेत्रका उमेदवाहरु उहाँहरुलाई नै समितिले अन्तिम टुङ्गो लगाई सकेको छ ।’

क्षेत्र नम्वर १ का उमेदवार वराल नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरी सो पार्टी परित्याग गरी  २०५२ पछि  माओवादी जन युद्धमा होमीएका थिए । २०५४ सालमा पुर्णकालिन सदस्य भएका उनि २०५३ सालमा बुटवल बहुमुखी क्याम्सको स्वतन्त्र विद्ययार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए । २०५८ सालमा गुल्मी जिल्लाको पहिलो जन सरकार प्रमुख रहेका वरालले २०६४ सालको चुनावमा  निकटतम प्रतिद्धवन्द्धी नेपाली कांग्रेसकी उमेदवार सुवर्ण ज्वारचन (कान्छि दिदी) लाई ४ हाजर ४ सय मतले र  नेकपा एमालेकी उमेदवार मैना भण्डारीलाई ५ हजार ४ सय मतले हराएका थिए । कुल १६ हजार ५ सय मतले विजयी भएका उनि यसपाली पनि त्यो भन्दा बढि मत लिएर जित्ने दावी गर्दछन् । उनको घर त्यसै क्षेत्रको हर्राचौर गाविसमा पर्दछ ।

त्यस्तै क्षेत्र नम्वर २ मा ३६ वार्षिय युवा नेता अशोक थापा एमालेका प्रभावशालि नेता प्रदिपकुमार ज्ञवालीसंग चुनाव लडने भएका छन् । २०५५ सालदेखि माओवादी सांष्कृति मोर्चा  र जनमुक्ति सेनाको मोर्चा सम्हालेका थापा खारा भिण्डन्त, रोल्पाको खुर्पा लेक र गुल्मीको ठुलोलुम्पकमा सेनासंगको भिडन्तमा झण्डै कसो मारिएका थिएनन् । २०६१ सालमा गुल्मीको बाँझकटेरीमा उनलाई सेनाले गिरफ्तार गरेर मा¥यो भन्ने खवरले आफन्तजन भावविहल बनेका थिए । दुई दुई पटक अत्याधिक मतले विजयी भएका एमाले नेता ज्ञवालीसंग थापा चुनाव लड्नु फलामको चिउरा सावित हुने विपक्षीहरुले आंकलनन गरेका छन् नि भन्ने प्रश्नमा थापोले भने–‘ त्यस्ता फलामका चिउराहरु हामीले धेरै चपाउदै आएका छौं , हाम्रा लागि कुनै जित फलामको चिउरा भएनन् ।’

‘राज संस्था फाल्नुलाई सपनाको कुरा ठान्नेहरुलाई त्यस्तो लाग्न सक्छ ’उनले भने–‘हामी सत्यको लडाई जित्दै आएका छौं र जित्दै जान्छौं , कुन नेता ठुलो  सानो भन्ने हुँदैन, आखिर सत्य कै जित हुने छ । ’ वाल्यकालदेखि दर्दनाक जिवन कथाका पात्र उनि संघर्षशिल जिवनका एउटा उदाहरण हुन् र अलि  खरो स्वभावका छन् । । सो पार्टीको २ नम्वर क्षेत्रिय संयोजक रहेका थापा यतिवेला एमाओवादीका सवै भन्दा कम उमेरका उमेदवार हुन् । उनको घर सिमीचौर गाविसमा पर्दछ । उनि प्रचण्डका दाहिने हात मानिन्छन् ।

त्यस्तै क्षेत्र नम्वर ३ का उमेदवार केन्द्रिय सदस्य ५० वािषर््ाय क्षेत्री माओवादी जनयुद्धका संस्थापक नेताहरु मध्येका एक हुन् । ०५८ सालमा भारतमा पक्राउ परी शान्ति प्रकृयापछि सपुर्दगी भएका उनि पश्चिम क्षेत्र कै प्रभावशाली नेताहरु मध्ये एक मानिन्छन् । गुल्मीको पुर्कोटदहस्थित घिमिरे परिवारका उनले भारत प्रवासको भुमिगत जिवनमा क्षेत्री थर लेखाएका थिए । जन युद्धकालमा कैयौं युद्ध मोर्चाको नेतृत्व सम्हालेका क्षेत्री रुपन्देही, अर्घाखाँची र गुल्मीमा विकास प्रेमी नेताका रुपमा  परिचित छन् । उनले कांग्रेसका सम्भावित उमेदवार त्रैलोक्यप्रताव सेन र एमालेका गोकर्ण विष्टसंग कडा प्रतिष्पर्धा गर्नु पर्ने छ । अघिल्लो चुनावमा सो क्षेत्र एमाओवादीले नै जितेको क्षेत्र भएकोले यसपाली पनि जितेरै छाड्ने उनको दावि छ । ‘अघिल्लो चुनावमा कैयौ गाविसमा हाम्रो प्रतिनिधी राख्ने मान्छे सम्म थिएन ’क्षेत्रीले भने –‘ अहिले त्यस क्षेत्रको २८ वटै गाविसमा हाम्रो संगठन शसक्त छ र मतदाता बढेका छन्,  यसपाली पनि हाम्रो जित सुनिश्चित छ ।’  उनि डाक्टर बाबुराम घट्टराईका दाहिने हात मानिन्छन् ।

अघिल्लो निर्वाचनमा क्षेत्र नम्वर  १ र ३ माओवादी र २ मा एमालेले जितेको क्षेत्र हो । प्रत्यक्ष उमेदवार चयन भए पनि जिल्लाका समानुपातिक उमेदवारका लागि भने ठुलो घम्साघम्सी चलेको श्रोतले बतायो । समानुपातिकका लागि अझै एक हप्ता लाग्ने जिल्ला संयोजक बरालले बताए । श्रोतका अनुसार एमाओवादीका सवै उमेदवारहरुको टुङ्गो लागे पनि नाराणणकाजी श्रेष्ठको मात्रै टुङ्गो लाग्न सकेको छैन् । पार्टीले अन्यत्रै टिकट दिन लागे पनि उनले नमानेर गोर्खा क्षेत्र नम्वर २ नै मागे पछि समस्या सिर्जना भएको छ । जिल्लाका कांग्रेस र एमाले उमेदवारहरुको टुङ्गो पनि अन्तिम चरणमा पुगे पनि श्रोतले सार्वजानिक गर्न चाहेन । लगतार कम्युनिष्टहरुले जित्दै आएको पिरले रन्थनियको कांग्रेस यस पालि भने कडा रुपले चुनावमा प्रस्तुत भएर लाल किल्ला तोड्ने आँटका साथ केन्द्रमा उमेदवार छान्न लागेको श्रोत बताउँछ । उता एमालेले तिन वटै क्षेत्र जित्ने र एमाओवादीले पनि त्यस्तै दावि गर्दै छ तर

तर, नेकपा–माओवादीले भने उनिहरुकालाई निर्वाचन आयोगमा उमेदवारी नै दर्ता गर्न नदिने र जसरी पनि चुनावै हुनै नदिने चेतवानी दिदै आएको छ ।


Thursday, September 26, 2013

सुरु भयो टिकट बुकिङ

सुरु भयो टिकट बुकिङ

नेपालीहरुको महान चाड दशै नजिकिँदै गर्दा राजधानीबाट घर फर्किनेहरुका लागि बसको टिकट बुकिङ आजदेखि खुला भएको छ । गोंगबुस्थित नयाँ बस पार्क लगायतका ठाउँमा आजैदेखि टिकट काट्नेहरुको घुइँचो लाग्न थालेको छ तर यस पाली केइ समय टिकट बुकिङ  
गुल्मी को यात्रा


                   बुटवलबुटवल बुस्पर्क 
रोकेको हुनेले नीकै भीड भाड भयको छ अइले पस्चीम पूर्व को बिभीन ठाउको लागी टिकट बुकिङ भयको छ तस्तै बुटवल बाट गुल्मी अर्घाखाची को गाडी मा पानी नीकै भीड भाड दखीन६ लौ हर्नुस त जोखीम्पुर्ना यात्रा के तपाई पनी यस्तै यात्रा गर्दैहुनुन६ तर विचार गर्नुस
                                                                 मेरो दिगाम 

गुल्मीका ३ ओटै क्षेत्रमा जित्छौँ: विष्ट

गुल्मी, असोज ४ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व उर्जामन्त्री गोकर्ण विष्टले नेकपा एमालले देशभरवाट जित्ने दावी गर्नुभएको छ । गत संविधान सभामा विभिन्न कारणले गर्दा एमालले जित्न नसकेको वताउँदै उहाँले अहिलेको निर्वाचनमा एमाले पहिलो पार्टी हुने दावी गर्नुभयो । नेकपा एमालेका जनवर्गीय संगठनको क्षेत्रीय अधिवेसनलाई शुक्रबार अमरपुरको राङदलमा चौरमा उद्घाटन गर्दै उहाँले गुल्मीका तीनओटै निर्वाचन क्षेत्रवाट एमाले विजयी हुने जिकिर गर्नुभयो । उहाँले संविधानसभा निर्वाचनको विकल्प नरहेको वताउँदै मंसिर चारको निर्वाचन जुनसुकै अवस्थामा पनि हुने वताउनुभयो 

गोकर्ण विष्टलाई ‘ढाँटको खेती’ नगर्न भुषालको चेतावानी

भदौ ५, गुल्मी । नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक दामोदर भुषालले नेकपा एमालेका नेता एवं पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले ढाँटको खेती गरेर जनतालाई गुमराहमा पारेको आरोप लगाउँदै त्यसो नगर्न चेतावानी दिएका छन् । शनिबार गुल्मीको अर्जैमा नेपाल महिला संघको बृहत भेलालाई सम्वोधन गर्दै उनले यस्तो चेतावानी दिएका हुन् । "गुल्मीको क्षेत्र नम्वर ३ मा विद्युतका पोल आए पनि मैले नै पारी दिएको हुँ, मोटरबाटो, पुल, स्कुल, पानीका पाईप सम्म मैले नै पारीदिएको हुँ भन्दै विष्टले ढाँटको खेती गरिरहेका छन्" उनले भने–‘त्यस्तो कुप्रचार नगर्न हामी चेतावानी दिन्छौ । ’ सर्वदलिय समहमतिमा सरकारले विकास योजना पारेको हो, गाविस र जिविसमा पनि त्यसरी नै विकास योजना विनियोजित भएका हुन’ उनले भने–‘तर विष्टले केन्द्र देखि गाविससम्मबाट परेका विकास समेत आफुले नै पारीदिएको भनेर लाजै नमानी प्रचारवाजी गरिरहेका छन् तर अहिलेका सचेत जनताले पत्याउनेवाला छैनन् ।’ केहि दिन अघि काठमाण्डौबाट प्रकाशित उनि निकट पत्रिकाले गोकर्ण विष्टले फलानो ठाउँमा पनि पुल पारी दिएको हुन भन्ने कुरालाई उदृत गर्दै भुसालले भने ‘जहाँ त्यो पुल विष्टले पारी दिएको भनेर प्रचार गरियो  त्यहाँ पुल हाल्ने ठावै छैन त उनले कसरी पुल पारिदिए ? ‘विष्ट उर्जा मन्त्री रहँदा काम भन्दा ज्यादा मिडिया प्रयोग गरेर सस्तो लोकप्रियता कमाएको आरोप लगाउँदै उनले भने–‘अहिले पनि त्यस्तै कुप्रचार गर्दै गराउँदै  हिँडेका छन्, त्यो हामी चिर्दै छौ, यहाँको विकास निर्माण कांग्रेस, माओवादीले पनि गरेको हो । ’ उनले एकिकृत नेकपा माओवादीको पनि चर्को आलोचना गरेका थिए । ‘माओवादीले हिजो सामाजिक रुपान्तरणका कुरा उठायो तर उ अहिले आफ्नो एजेण्डाबाट च्युत भई सकेको छ’ उनले भने–‘ अव माओवादीलाई पनि समाज रुपान्तरण मैले गर्दै छु भन्ने अधिाकार छैन ।’ कार्यक्रममा नेपाली कांग्रेस अर्जै गाउ कार्य समितिका सभापति दिपक भण्डारी, हरिप्रसाद पोखरेल, तुल्सीराम अर्याल लगायतले पनि मन्तब्य राखेका थिए । नेपाल महिला संघ अर्जै गाउँ कार्य समिति अध्यक्ष सिता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढुण्डीराज अर्यालको सञ्चालन रहेको थियो । 

दसैं टीकाको उत्तम साइत बिहान ९ बजेर ५७ मिनेटमा

दसैं टीकाको उत्तम साइत बिहान ९ बजेर ५७ मिनेटमा
मेरो दिगाम आश्विन १० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडा दशैंका विभिन्न दिनका साइतहरु सम्बन्धमा जानकारी गराएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आगामी १९ गते शनिबारदेखि नवरात्र सुरु हुने र सोही दिन बिहान ९ बजेर ५१ मिनेट जाँदा घटस्थापना गर्न उत्तम रहेको जनाएको छ ।

त्यस्तै २३ गते बुधबार पचली भैरवयात्रको साइत परेको पनि जनाइएको छ । त्यसैगरी २५ गते शुक्रबार फूलपाती र सोही दिन बिहान ९ बजेर ३१ मिनेटमा तलेजु भवानीको यात्राको साइत रहेको पनि समितिले जनाएको छ ।

२६ गते शनिबार महाअष्टमी र कालरात्री पूजा तथा २७ गते आइतबार महानवमीको पूजाको साइत रहेको छ । आश्विन २८ गते सोमबार विजया दशमीको दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ भने बिहान ९ बजेर ५७ मिनेट जाँदा टीकाको उत्तम साइत रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तर, उक्त दिन टीका लगाउन साइत नै पर्खनुनपर्ने पनि समितिले जनाएको छ । कार्तिक १ गते कोजाग्रत पूर्णिमाको साइत रहेको छ ।

बजार अनुगमनमा तीब्रता, कारबाही फितलो


मेरो दिगाम

, आश्विन १० । वाणिज्य विभागले बजार अनुगमनलाई तीब्रता दिएपनि कारबाही भने फितलो देखिएको छ । प्रत्येक दिन अनुगमन बढाउँदै लगेको विभागले बिहीबार ललितपुर जिल्लाको विभिन्न भागमा गरेको अनुगमनमा विभागको यसअघिको निर्देशन र सच्चिने मौकामा समेत व्यवसायीले अटेर गरेको पाइएको हो ।

ललितपुरको चापागाँउस्थित महाँकाल खाद्य भण्डारले विभागले यसअघि दिएको निर्देशन कार्यान्वयन नगर्दा पनि विभागले कुनै कारबाही भने गर्न सकेन । 

विभागको अनुगमन टोलीले सो भण्डारमा म्याद नाघेका एवं लेबल नराखिएका खाद्यान्न, पेय पदार्थ पुनः विक्री गरेको भेटेको थियो । विभागका अनुगमन अधिकृत रत्नेश शशिले पसल बन्द गराउने अधिकार भएपनि सच्चिनको लागि पुनः मौका दिएको बताए ।

काठमाडौंबाट लुक्ला उडेको हेलिकप्टर दुर्घटना

काठमाडौं, आश्विन १० । काठमाडौंबाट लुक्लाको लागि उडेको एयर डायनेष्टीको हेलिकप्टर लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । क्याप्टेन अरुण मल्लसहित पाँच यात्रु रहेको हेलिकप्टरमा सबैजना सकुशल रहेका छन् । एक्वेरेवल हेलिकप्टर काठमाडौंबाट लुक्लाको लागि उडेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।