Monday, April 30, 2012

पाल्पामा बस दुघर्टना,दुई जनाको मृत्यु


पाल्पाको तानसेनबाट बुटवलतर्फ गइरहेको बस आज बिहान तानसेनको लामडाँडामा दुघर्टना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । १४ जना यात्रु गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन १० गैरागाउँका अनिल कार्की र बसका सहचालक भैरहवाका दिपक लामा छन् । घाइते मध्ये एकको अवस्था चिन्ताजनक रहेको लुम्विनी मेडिकल कलेज पाल्पाले जनाएको छ । तानसेनवाट वुटवल जाने क्रममा लामडाँडाको ठूलो घुम्तिमा मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटना भएको प्रहरी नायव उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।

भारतको ब्रम्हपुत्र नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा १ सय ३ जनाको मृत्यु


 सय भन्दा वढी वेपत्ता

भारतको आसाम राज्यको ब्रम्हपुत्र नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको छ । भने सय भन्दा बढी हराइरहेका छन् । रातीको समयमा दुर्घटना भएकोले उद्धारकार्यमा कठिनाई भएको उद्धारकर्मीहरुले जनाएका छन् । आसामको मुख्य शहर गुवाहाटीदेखि ३ सय ५० किलोमिटर पश्चिममा रहेको नदीमा डुंगा डुबेको हो । तीब्र हावा र बर्षापछी आएको आँधीले डुंगा डुबाएको अनुमान गरिएको छ । उद्धारका लागि सेना, प्रहरी घटनास्थलमा पुगेका छन् ।

वैद्य पक्ष पनि सरकारमा जाने तयारीमा !


वैद्य पक्ष पनि सरकारमा जाने तयारीमा !

१९ बैशाख, काठमाण्डौ ।  प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नेतृत्वमा बन्ने सहमतिको सरकारमा आफू पनि सहभागी हुने माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले जनाएको छ । भट्टराई नेतृत्वको सरकारमा भने सहभागी नहुने बताएको छ ।
भट्टराई सरकारको राजीनामा माग्दै आएको वैद्य पक्षकी पोलिटब्युरो सदस्य पम्फा भुसालले सरकारको राजीनामापछि मात्र सहमतीय सरकारको वातावरण बन्ने बताइन् । ‘पहिले बाबुरामजीको सरकार जानुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि बन्ने सहमतिको सरकारमा हामी पनि सहभागी हुन्छौं ।’ उनले भट्टराई सरकार बन्ने बेलामा मधेसी मोर्चासँग भएको ४ बुँदे सहमति खारेज नभएसम्म वर्तमान सरकार सहमतिकै बने पनि सहभागी नहुने बताएको आजको कान्तिपुर दैनिकले छापेको छ ।
आफैंले भट्टराई सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भएकाले कांग्रेसलगायतले त्यस्तो प्रस्ताव ल्याए समर्थन गर्न सकिने वैद्य पक्षको भनाइ छ । ‘अहिले पार्टी एउटै भएको हुनाले अविश्वास प्रस्ताव ल्याउन मिल्दैन,’ उनको भनाइ छ, ‘अरू कसैले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए विचार गछौर्ं, किनकि हामी यो सरकार जाओस् भन्ने चाहन्छौं ।’
संस्थापनले सरकार टिकाउन मधेसी मोर्चासँग छलफल गरिरहेको उल्लेख गर्दै सरकार गिराउन कांग्रेस र एमालेसँग कुराकानी हुनु स्वाभाविक भएको भुसालको भनाइ छ । ‘बाबुरामजीहरूले सरकार टिकाउन मधेसी मोर्चासँग छलफल गर्न मिल्छ भने सरकार फेर्न अन्यसँग छलफल हुनु स्वाभाविक हो,’ उनको भनाइ छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल शान्ति, संविधान र सहमतिको सरकार प्याकेजमै हुनुपर्ने पक्षमा छन् । राष्ट्रपति कार्यकारी हुने शासकीय स्वरूपमा कांग्रेस, एमाले लचिलो भए दाहाल सहमतिको सरकारका लागि बाटो खोल्न तयार देखिएका छन् । दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले शान्ति र संविधान निष्कर्षमा नपुर्‍याई सरकार फेर्ने कुरा अनावश्यक भएको बताए ।
‘शान्ति, संविधान र सहमतिको सरकारको कुरा प्याकेजमै हुनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले कान्तिपुरसँग भने, ‘शान्ति र संविधान निष्कर्षमा नपुर्‍याई सरकार फेर्ने कुरा अनावश्यक हो । यसमा शान्ति र संविधान अवरुद्ध गर्ने गन्ध लुकेको छ ।’ प्रधानमन्त्री भट्टराईले पनि आइतबार कान्तिपुरसँग कुरा गर्दै आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्ने दाबी गरेका थिए ।
यसैबीच माओवादी र मधेसी मोर्चा भट्टराई सरकारलाई निरन्तरता दिने टुंगोमा पुगेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र वर्तमान सरकारलाई राष्ट्रिय स्वरूप दिने सहमति भएको नेताहरूले बताए ।
‘वर्तमान सरकारलाई बलियो गराउँदै शान्ति र संविधान समयमै जारी गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी तमलोपाका नेता हृदयेश त्रिपाठीले भने । दुई पक्षले संविधान जारी नगरी सरकार परिवर्तन गर्न नहुने निष्कर्ष निकालेका थिए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले शान्ति र संविधान अघि बढाउन सरकार बाधक नभएको उल्लेख गर्दै यही सरकारलाई राष्ट्रिय स्वरूप दिने निष्कर्ष निकालेको बताए । ‘शान्ति र संविधान अघि बढाउन सरकार प्रयत्नशील छ,’ उनले भने, ‘सरकार फेर्ने कुराले संविधान निर्माण अवरुद्ध गर्छ ।’
बैठकमा माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव पोस्टबहादुर बोगटी र मोर्चाका तर्फबाट उपप्रधान तथा मोर्चाका संयोजक विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्त ठाकुर, गणतान्त्रिक फोरमका कार्यवाहक अध्यक्ष राजकिशोर यादव, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री राजेन्द्र महतो, सिँचाइमन्त्री महेन्द्र यादवलगायत नेताको उपस्थिति रहेको थियो ।

जनकपुर विष्फोटको घटनामा संलग्न रहेको आशंकामा २ पक्राउ


जनकपुर विष्फोटको घटनामा संलग्न रहेको आशंकामा २ पक्राउ

१९ बैशाख, जनकपुर । जनकपुरको रामानन्द चोकमा सोमबार भएको बम विष्फोटको घटनामा संलग्न भएको आसंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोटरसाईकल चालक जयनारायण साह र मोटरसाईकलको पछाडी बसेका जय नारायण देब रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनिहरुका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बम विष्फोटमा परि मृत्यु भएकाहरुको अन्तिम संस्कार मंगलबार हुँदैछ । विहान ९ बजे देखि जनकपुर अञ्चलअस्पतालबाट शव यात्रा निकाल्ने तयारी भएको मिथिला राज्य संघर्ष समितिले जनाएको छ । समितिका अनुसार शवलाई जनकपुरको परिक्रमा गराउदै आजै अन्तिम सँस्कार गरिने छ ।
बम बिष्फोट भए लगत्तै नेपाल सरकार गृह मन्त्रालयले घटनाबारे अनुसन्धान गर्न तीन सदस्यीय अनुसन्धान टोलि जनकपुर पठाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले सरकारले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरिक्षक भूपेन्द्र खत्रीको नेतृत्वमा ३ सदस्यीय टोलि जनकपुर पठाएको जानकारी दिनुभयो ।
टोलिले सोमबारेदेखि नै अनुसन्धानको कामकाज सुरु गरिसकेको प्रजिअ गौतमले बताउनुभयो । मृतकलाई शहीद घोषणा, राहत र घाईतेहरुको उपचार खर्च उपलब्ध गराउन सरकार समक्ष सिफारीश गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले घटनापछि मृतकको परिवारजनलाई तात्कालै शहीद घोषणा गरी राहत उपलब्ध गराउन आग्रहसहितको पत्र गृहमन्त्रालय पठाईसकिएको जनाउनुभयो ।
एकीकृत नेकपा माओवादीले प्रस्तुत गरेको राज्य पुनसंर्रचनाको प्रस्तावमा मिथिला राज्य हटउनु पर्ने र मधेशी मोर्चाले समेत यसमा समर्थन गरेको भन्दै जनकपुरमा मिथिला राज्य संघर्ष समितिले आन्दोलन सुरु गरिरहेको समयमा सोमबार विहान बम बिस्फोट भएको थियो ।
मृत्यु भएकाहरुमा जनकपुर नगरपालिका वडा नं ८ बस्ने वर्ष ४० का बिमल शरण राउत कुर्मी, जनपा ४ बस्ने मिथिला नाट्यकला परिषद्की सदस्य रञ्जु झा, जनपा ४ बस्ने सुरेश उपाध्याय र जनपा १० का झगरु दास रहनु भएको छ । राउतको विष्फोट भएलगत्तै तात्काल घटनास्थलमै मृत्यु भएको हो भने उपाध्याय, झा र मण्डलको उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा ल्याउनुभन्दा अगाबै मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो ।

संबिधानसभा छाडेर होटल साहुनीसँग


संबिधानसभा छाडेर होटल साहुनीसँग

१९ बैशाख, काठमाण्डौ । संबिधानसभा निर्माण गर्ने गहन जिम्मेवारी दिएर जनताले चुनावमा जिताएका एक सभासद् एक बर्षदेखि बेपत्ता छन् ।
पर्वत क्षेत्र न २ बाट संबिधानसभा चुनाव जितेका माओवादी सभासद गुणाखर अर्याल वेपत्ता भएको एक बर्ष पुग्दा पनि न त उनको पार्टीले खोजेको छ नत संबिधानसभा सचिवालयले । आखिर के गर्दैछन यी जनप्रतिनिधि ?
प्रहरी स्रोतका अनुसार उनी नयाँ बसपार्क क्षेत्रमा भट्टी पसल चलाउने तामाङ थरकी एक महिला लिएर भागेका छन् । गत जेठ महिनासम्म संबिधानसभामा हाजिर रहेका सभासद बस्याल त्यसयता त्यहाँ पुगेका छैनन् । बिबाहित बस्यालकी श्रीमती खिमाले श्रीमानको खोजीका लागि गरेको प्रयास पनि सफल हुन नसकेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिले छापेको छ ।
मुलुक बनाउने भन्दै ज्यान हत्केलामा राखेर युद्ध लडेका बस्याल ती महिलाको प्रेममा यति पागल भइसकेछन की उनले सभासद् पद नै दाउमा राखे । उनले हालै सभासद् पदबाट राजीनामा दिएका छन तर स्वीकृत भइसकेको छैन् ।
मृगौला रोगी पत्नी खिमाले पतिको खोजीका लागि पुलिस र पार्टी गुहारिन् । पुलिसमा श्रीमान अपहरणमा परे भनेर निबेदन दिइन, तर पुलिस अनुसन्धानले उनी केटी च्यापेर चितवनतिर बसिरहेको पत्तो लगायो र थप खोज्नु नपर्ने निष्र्कष पनि निकाल्यो । त्यसपछि उनी अध्यक्ष प्रचण्डलाई गुहारिन तर पार्टीले पनि पति खोज्ने रुची देखाएन् ।

गर्मीका रोग र रोकथामका उपाय



गर्मीको तातोसँगै डिहाइडे्रसन, सनवर्नजस्ता समस्या सुरु हुन्छन्। यस्तो अवस्थामा स्वास्थ्यको विशेष ख्याल राख्नु जरुरी हुन्छ। समयमै सजग भए स्वस्थ जीवन बिताउन सकिन्छ। गर्मीमा आउटडोर एक्टिभिटिज धेरै हुन्छ। यसअन्तर्गत लडेर, एक्सिडेन्ट परेर पनि धेरै बिरामी अस्पताल आउँछन्। गर्मीमा पखाला लाग्ने तथा उल्टी हुने समस्या पनि बढी देखिन्छ। अझ तराईमा फोहोर-मैलाका कारण डेंगु, मलेरिया आदि रोग लाग्छन्। नदी एवं खोलानालाको वरपर फोहोर जम्ने भएकाले त्यस्ता ठाउँमा लामखुट्टे धेरै हुन्छन्। त्यही फोहोरमा बसेको लामखुट्टेले टोक्दा मलेरिया हुने सम्भावना बढ्छ।

गर्मीमा बढी हावाहुरी चल्ने भएकाले आँखामा धूलो पर्छ। फलस्वरूप कन्जेटोभाइटिस -आँखा रातो हुने समस्या) देखा पर्छ। यसैगरी धूलोको एलर्जीले पनि धेरैलाई पिरोलेको पाइन्छ।

डिहाइड्रेसन गर्मीमा धेरैलाई डिहाइड्रेसन हुन्छ। बढ्दो तापक्रमसँगै वरपरको वातावरण पनि सुख्खा हुन्छ अनि गर्मी हुने भएकाले पसिना बढी आउँछ। फलस्वरूप शरीरमा पानीको मात्रा कम हुन्छ। यसबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ। धेरै तिर्खा लागेको छ भने त्यही समयमा पानी पिउनुपर्छ। एकछिनपछि पिउँछु भनेर बस्नु हुँदैन। काँक्रा, खरबुजा, भुइँकटहरले पनि शरीरलाई रसिलो बनाउँछ। यसैगरी नरिवल पानी सेवन गर्नु पनि लाभदायक हुन्छ।

झाडापखाला तथा बान्ता गर्मीमा फोहोर-मैला व्यवस्थापन राम्रोसँग नहुँदा यस्तो समस्या बढी देखा पर्ने गरेको छ। आकाशबाट पानी पर्ने भएकाले घर वरपर फोहोर पानी जम्मा हुन्छ। फोहोर तथा नपखालिएको खानेकुरा खाए झाडापखाला लाग्ने सम्भावना हुन्छ।

दमका रोगीले विशेष ध्यान पुर्‍याउनुपर्छ गर्मीमा बढी धूलो उड्ने भएकाले दमका रोगीलाई समस्या हुन्छ। हावाहुरी चल्ने समयमा घरबाहिर निस्कनु हुँदैन। घाममा हिँडडुल गर्नुपरे छाता ओढ्नुपर्छ। एकपटक दम रोग लागेपछि पछिसम्म पनि त्यसले पिरोल्ने भएकाले ध्यान पुर्‍याउनुपर्छ।

कन्जेक्टोभाइटिस गर्मीमा कन्जेक्टोभाइटिस -आँखा रातो हुने) पनि बढी हुन्छ। हावाहुरी चल्ने भएकाले धूलो उडेर आँखामा पर्छ। फूलको परागकणले गर्दा पनि यस्तो समस्या देखापर्छ। त्यसैले घाममा एक्सपोज हुनुअघि सनग्लास लगाएर हिँड्नुपर्छ। बाहिर हिँडड्ुल गरेर आएपछि चिसो पानीले आँखा धुनुपर्छ।

छालाको समस्या

गर्मीको आगमनसँगै छालामा पर्याप्त समस्या देखापर्छन्। धूलो तथा फूलको परागकणले गर्दा छाला चिलाउनुका साथै रातो पनि हुन्छ। छाला कालो हुने साथै चिलाउने समस्या देखिन्छ। त्यसैले छालालाई घामबाट जोगाउन हिँडडुल गर्नुअघि क्रिम लगाउनुपर्छ। त्यसले सूर्यको प्रकाशबाट आउने हानिकारक किरणले छालामा पुर्‍याउने असरबाट जोगाउँछ। शरीरमा मोस्चराइजर पनि प्रयोग गर्नुपर्छ। पुरुषले सेभिङ गर्दा छालामा समस्या देखापर्न सक्छ। त्यसैले राम्रो सेभिङ लोसन तथा अफ्टर सेभ
प्रयोग गर्नुपर्छ।

खानपानमा ध्यान
गर्मीमा खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ। हल्ाुका तथा चिल्लोरहित खानेकुरा खानुपर्छ। गर्मीमा धेरै चिल्लो एवं मसलायुक्त खानाले फाइदा हुँदैन। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। रसिला फलफूल तथा सागपात बढी खानुपर्छ। खानामा सलाद पनि प्रयोग गर्नुपर्छ।
व्यायाम
 नियमित रूपमा बिहान सबेरै हिँडडुल गर्नुपर्छ। गर्मीमा बेलुका तातो हावा बहने भएकाले बिहानको स्वच्छ र ताजा हावामा हिँडडुल गर्नु उत्तम हुन्छ। धेरै व्यायाम गर्दा शरीरबाट बढी पसिना बाहिर निस्कने भएकाले हल्का व्यायाम गर्नुपर्छ।

टाउकाको पीडा
गर्मीमा टाउको दुख्ने समस्याले पनि सताउँछ। न्यूरोलोजिकल डिसअर्डरले गर्दा यस्तो हुन्छ। शरीरमा पानीको मात्रा कम हुने भएकाले टाउको दुख्छ। डिहाइडे्रसनका कारण पनि टाउको दुख्छ। त्यसैले बढी रसिला खानेकुरा खानु लाभदायक हुन्छ। पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ।

समाधानका उपाय
गर्मीमा सूर्यको तापक्रम बढी हुने भएकाले छालामा एलर्जी हुने समस्या पनि देखा पर्छ। त्यसैले भरसक घाममा हिँडडुल गर्नुहुँदैन। हिँड्नै परे छाता ओढेर हिँड्नुपर्छ। शरीर तथा शरीरका अन्य खुल्ला भागमा घामबाट जोगिने खालको क्रिम लगाउनुपर्छ। यसैगरी कन्जेटिभाइटिसबाट बच्न सनग्लास लगाउनुपर्छ। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। बासी, सडेगलेका खानेकुरा खानु हुँदैन। चिल्ला खानेकुरा नखाई पानीको मात्रा बढी भएका रसिला फलफूल एवं तरकारी खानुपर्छ। राम्रोसँग पखालेर पकाइएको खानेकुरा खानुपर्छ। गर्मीमा वरपरको वातावरण सफा राख्नु जरुरी छ। 

नाङ्गिदै नेपाली मोडलहरु (फोटो फिचरसहित)


पश्चिमा संस्कृतिको प्रभाव पछिल्लो समयमा नेपाली सिनेमा र मोडलिङ क्षेत्रमा खुलेरै पर्न थालेको छ । बिस्तारै बिस्तारै नेपाली नायिका र मोडेलहरु आधुनिक बन्दै छन । समयानुकुल नेपाली नायिका र मोडेलहरु ले आफुलाई अरु भन्दा बढी सेक्सी देखाउन लागीपरेका छन् । आफू चर्चामा आउन उनिहरुको अभिव्यक्ति नै अडियन्सलाई तान्ने खालको हुन्छ ।

डेढ दुई दशक अघिसम्म नेपाली महिलाहरु जहाँतहीँ अर्धनग्न अवस्थामा बाटाघाटामा देख्न पाउनु भनेको अनौंठो लाग्थ्यो । गुन्यु चोलीमा टिपिक्क भएर हिँडने महिलाहरु आजभोलि टु पिस (कट्टु-ब्रा) मा मात्रपनि देखिन लाज मान्दैनन् । 

शरीरका नलुकाई नहुने संवेदनशील अंगहरुपनि छेउछाउबाट देखियोस भन्ने मनसायले अन्तःवस्त्रहरु पहिरिन्छन् । 

अझ नेपाली नायिका र मोडेलहरुको त कुरै नगरौं, जतिपनि नांगिन खोज्छन उनीहरु, मानौं नांगिने होडबाजीमा छन् । परिवारमा सँगै बसेर हेर्न नसक्ने दृष्यहरु यूवाहरुकोलागी एक्लै हेरेर मनोरन्जन लिने साधन बनेको छ । 

केहि नेपाली मोडलहरुको तस्विहरु हामिले यहाँ राखेका छौं ।

by nepalarab
by nepalarab

by nepalarab

 


मेरो दिगाम:-जनकपुरमा आज भएको बम विष्फोटका सवत्र विरोध भएको छ । विष्फोटमा परी चार जनाको मृत्यु भएको छ भने कयौँ व्यक्ति घाइते भएका छन् ।
विष्फोटको घटनाप्रति विभिन्न संघ संस्था तथा राजनीतिक दलले निन्दा गरेका हुन । यसरी निन्दा गर्ने संस्था र राजनीतिक दलले मृतकप्रति श्रद्धान्जलि, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
 घटनाको निन्दा गर्दै नेपाली कांग्रेसले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा मानवताविरोधी घटनाको घोर निन्दा गरेको छ  । त्यस्तै घटनामा संलग्नलाई छिटो भन्दा छिटो कारबाही गर्न माग गरेको छ ।
घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघले समेत देशको राजनीतिक तरलतालाई अपराधीक समूहले प्रयोग गरेको ठहर गरेको छ । महासंघले राजनीतिक दललाई संविधान निर्माणको कामलाई गम्भिरताका साथ अगाडि बढाएर राजनीतिक तरलताबाट देशलाई मुक्ति दिन समेत आवहान गरेको छ ।

भिडियो: मान्छेलाई जिउँदै पुर्दै सिरियाली सेना


मध्य पुर्वी मुलुक सिरियामा सरकार विरोधी आन्दोलन निकै चर्को छ । त्यहाँ राज्य पक्षबाट गरिएका मानब अधिकार उल्लङ्घन र सरकारी दमनका कुराहरु त हामीले दिनिदिनै जसो समाचारहरुमा सुन्दै, पढ्दै र हेर्दै आएका छौ । त्यहाँको मानव अधिकारको स्थिती कस्तो होला यो भिडियो हेरे पछी थाहा हुन्छ । मान्छेलाई जिउँदै पुर्दै छन सिरियन सेनाहरु ।
साबधान: भिडियोले तपाईंलाई बिचलित गराउन सक्छ, कमजोर मुटु हुनेहरु र साना-साना भाईबहिनिहरुले नहेरिदिनुहोला ।
You might also like:

Sunday, April 29, 2012

अञ्जुको भन्दै अर्धनग्न तस्वीर फेसबुकभर


anju panta sexनेपालकी चलेकी गायीका अञ्जु पन्तको अश्लिल तस्विर अहिले इन्टरनेटमा जता-ततै देखिएको छ। तस्विरमा अञ्जु पन्तलाई चु्म्बन् गर्दै गरेको देखाएको छ।
विगत वर्षदिन देखि श्रीमान मनोज सेवासंग छुटिएर बसेकी अञ्जुको श्रीमानसंगको झगडाको कारण यही भएको उनलाई चिन्ने हरुले दावी गरेका छन।
पटक पटक विवादमा आऊने बानी परेकी अञ्जु कहिले रक्सी पिएका त कहिले अन्य कारणहरुले विवादित बनिसकेकी छिन्।
अहिले इन्टरनेटमा प्रसारित यो तस्विरलाई अञ्जुले आफ्नो नभएको बताएपनि उनले सो तस्विरमा औलामा  लगाएको औठी र उनका अन्य तस्विरमा भएको औठी भन्ने ठ्याम्मै मिल्दछन।
तर तस्विरमा देखिएका युवकको भने पहिचान भइसकेको छैन।
 
अपडेटः नेपाली हेडलाइन्सको खोजबाट यो तस्विर अञ्जु पन्तकै भए पनि सन २००९ को भएको पत्ता लागेको छ। केही भारतिय दोस्र ो श्रेणीका साइटहरुमा यो तस्विरलाई सन २००९ मै पोष्ट गरिएको रहेछ। यो खोजसंगै अञ्जु पन्तको तस्विर भएकोमा गंभीर आशंका पैदा भएको छ। 
तीन वर्ष अघिको यो तस्विरलाई अहिले आएर कसैले ठुलो स्केलमा फेसबुक लगायतका सोसियल मिडियामा सार्वजनिक गरिनुलाई नेपाली हेडलाइन्सले रहस्यमय षडयन्त्रको रुपमा हेरेको छ। विषयको गंभिरतालाई  हेरेर नेपाली हेडलाइन्सको मनोरञ्जन ब्युरो बिशेष छानविन प्रक्रिया शुरु गरेको छ।
यी दुइ साइटहरुमा उनको यो तस्विर देख्न पाइनेछ..
 

Thursday, April 26, 2012

बढ्दै छ यात्रामा जोखिम, ध्यान कहिले पुग्ने ?



मेरो दिगाम
ज्यादै नै जोखिम युक्त यात्रा गर्न बाध्य गुल्मी क्षेत्र न. १ का साथै बाग्लुङ्गका जनताहरु रिडी-रुद्रबेनी सडक बिस्तार र मर्मत हुन थाले पछी ज्यादै खुशी भएका छन । सडक बिस्तार र सुधार गर्न ठेक्का लिएको ठेकदारले राम्रो काम गरेता पनि केहि ठाँउमा पहिले भत्किएको सडकको मर्मत भने गरेको छैन । ठेकदारले सो काम आफ्नो ठेक्का भित्र नपरेको भन्दै पन्छिएको छ उता जीबिसले भने ठेक्दारकै आशा गरेको छ । जिविसले काम गर्न गार्हो छ ठाँउ खतरा छ भन्दै पन्छिदै छ । अत्यन्तै खतरा साँघुरेमा पहिले लगाएको पर्खाल भत्किएर सडक नै खस्ने अवस्था छ (हेर्नुस् माथि फोटोमा) लोड ट्रक बसमा यात्रा गर्दा  कतिखेर कालीगण्डकीमा पुगिने हो भन्ने त्रास लिएर यात्रा गर्न बाध्य यस भेकका जनताहरुले कहिले सम्म यस्तो यात्रा गर्नु पर्ने हो ? यस तर्फ बेलैमा सम्बन्धित निकायको ध्यान जाओस, ठुलो दुर्घटना भोगेर पछी पछुताउनु भन्दा बेलैमा मर्मत सम्भार तिर लागेर सम्भावित दुर्घटना हुनबाट बचाउने कि?
 समाचार गुल्मी न्युज डट कम बाट सवार  

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा





मेरो दिगाम






-कुमार श्रेष्ठ "यात्री"
रामेछाप,कठजोर-६

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ ।
म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।
तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो ।
हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ?
राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो ।
मैले प्रतक्ष्य देखेको भने थिइन ?
कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु ।
रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।


आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो ।
साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ ।
हामी मतलब राज र म ।
हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ ।
राज सप्लाइ डिपार्टमा कार्यरत थियो ।
उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो ।
त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो ।
राज सँधै उनको बारेमा बताउथे ।
नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा ।
राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ ।
आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ ।
हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस् ।
राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु ।
उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ ।
हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ ।
मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला ।
हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मतीको पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ?
हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो ।
नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल जे होगा देखा जायगा ।।।


नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो ।
मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो ।
मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो ।
कहिले भेटेर त कहिले फोन बाट नै लामो समय सम्म उनिहरुको कुराकानी चल्थ्यो ।
म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार।
म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो ,
उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ)
“ राजले नरम भएर जवाफ दिन्थ्यो :“सदीग”(साथी)”बिशाल । ।
उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।
म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे ।


एक कान दुइ कान मैदान ।
उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए ।
उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे ।
ठुलो रडाको नै मच्चियो ।
अन्त्यमा राजलाइ फाँसी सुनाइयो ।
फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो ।
राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।
मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल ।
मेरो आँखा भरी आँसु टम्म थिए ।
म डाँको छाडेर रुन पनि सकि रहेको थिइन ।
तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन ।
माया प्रतक्ष झल्किन्थ्यो ।
राजको पत्र लिएर म राज सँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडी रहेको थियो ।
मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन।
म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए ।
मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले ।


'मेरी नुर
जुनी जुनी जिउनु ल ।


तिमी त अन्तिम पटक भेट्न पनि आइनौ ।
तर पनि मलाइ दुख मन छैन ।
किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु ।
तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु ।
भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे ।


तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ?
मेरो घर पहाडमा छ ।
प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराले भरीपुर्ण छ ।
तिमीलाइ थाहा नै छ होला ।
पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।
तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर ।
तर पनि मेरो ठम्याइ छ ।
त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए ।
कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो ।
अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।)


हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ ।
भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
आस छ भर छैन यो भाग्यको ।
भगवानको मर्जी न हो ।
जे चाहन्छ उही हुन्छ ।
तिमी भगवान भन्दा बुझ्दिनौ होला ।
तिमीले भगवानलाइ “अल्ला” भनेर चिन ।
भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा ।
तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ ।
तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन ।
तर मैले चाहिन त्यो ।
किनकी धर्म परिवर्तनमा के नै छ र ?
म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे ।
कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ....... भनेर ।
हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।
तिम्रो बाबालाइ सुनाइ देउ नुर ।
मेरो भगवान मानवता हो ।
तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।
हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन
त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।


धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।
मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो ।
तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ?
काटे रगत त रातै आउछ नी हैन र नुर ?
कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीयनको सेतो,हरियो हुन्छ
की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है ।
हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ?
सँधै पैसाकै पछाडी कुद्छन् ।
पैसा दिएर धर्म परिवर्तन गर भन्छन् ।
पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे ।
उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर ।
तिमीःलाइ त माया गर्न आउछ नी है ?


तिमी सँग भेट हुने यही अन्तीम हो ।
त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ ।
त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले ।
यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु ।
हाइयाक्अल्ला या नुर,मासलाम !!
राज !!


दाइ के छ हो आजको हट न्युज ?
म झसङ्ग भए ।
सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।
के छ दाजु सुनौ न त हामी पनि ।
नुरले आत्महत्या गरीछे यार ।
को नुर ? राजकी नुर ?
अँ हो ।


त्यसले यतीका पछी किन आत्महत्या गरी त ?
थाहा छैन यार ।
मैले केही थाहा पाउन सकेको छैन ।
कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो ।
एक छिन है मेल आएको रहेछ ।
अफिसीयल होला ।
मेल नयाँ ठेगाना बाट आएको थियो ।
मैले अल्मलीदै खोँले ।
अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने ।
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?


उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न ।
यो जमानामा पनि यति कुराको के चिन्ता ?
मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।


'नमस्ते देवर बाबु
सञ्चै हुनु हुन्छ ?


मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो ।
आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो ।
मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो ।
त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन ।
भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए ।
उहाँ सँग मैले पनि पत्रमा भेँटे ।
बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला ।
त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए ।
म निष्ठुरी होइन बिशाल बाबु ।
मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो ।
अनी गर्नेछु त त्यो पनि राजलाइ ।
सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन ।


म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ?
मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँग बिबाह गरौ ।
तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ?
त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ ।
मैले गल्ती त गरीन नी है बिशाल बाबु ?
बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु ।
त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु ।
मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।।
उही हजुरको हुन नसेकी,
हजुरले फोनमा जिस्काउने,
हजुरकी भाउजु
'नुर' !!!

(फेसबुक पेज नेपाल दर्पणबाट साभार गरिएको ।)

Tuesday, April 17, 2012

महिलामाथि सामूहिक बलात्कार

 कञ्चनपुरको दक्षिणी विकट क्षेत्र रैकवार विचवामा एक महिलामाथि गएराति सामूहिक बलात्कार भएको छ ।

विवाह गर्न भनेर रैकवार विचवा-३ का टेकबहादुर खड्काले ल्याएकी महिलालाई हतियार देखाएर स्थानीय चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय, रैकवारले जनाएको छ । बलात्कारपछि अचेत अवस्थामा रहेकी उनको परिचय खुल्न सकेको छैन ।

प्रहरीले अनुसन्धानका लागि टेकबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाएको छ । बलात्कारमा संलग्न भएको आशङ्का गरिएका चारजना घटनापछि फरार रहेको र उनीहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

बलात्कार भएकी भनिएकी महिलासमेत मदिराको नसामा रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बलराम विष्टले बलात्कृत भएको भनिएकी महिलाको स्वास्थ्य परीक्षणपछि मात्र यकिनसाथ भन्न सकिने बताउनुभयो

.गुल्मी न्यूज बाट सबार 

Saturday, April 7, 2012

नारायणी नदीमा डुबेर एक किसोर बेपत्ता

मेरो दिगाम समाचार दाता
सनिबार २५ ....नारायणी नदीमा डुबेर एक किसोर बेपत्ता ............चितवन / नारायणी नदीमा डुबेर आझ एक किसोर बेपत्ता भएका छन् पौडी खेल्न गएका बेला नदीमा डुबेर चितवन शरदनागेर-४ बस्ने १८ बर्साका रञ्जन पौडेल बेपत्ता भएको चितवन प्रहरी जानकारी दिएको छ ...गुजानगर ८ मझ्हुबा समुदेक बान नजिकै डुबेर बेपत्ता भएको र उनको खोजीका लागि प्रहरीको टोली खटिएको चितवन प्रहरीले जनाएको छ

दुर्घटनामा ज्यान जानेको संख्या ६ पुग्यो

बुटव l चैत्र 25...................रुपन्देहीको मुर्गियामा बुस र जीप ठोकिदा ६ जनाको मिर्तु भएको ६ भने ११ जना घाइते भएका छन् ......दुर्घटनामा परि स्याङ्गजा  फेदिखोलाका दिपेश पौडेल l र राधा कार्की,गजेडी २ रुपन्देहीका दीपक परियार र कमल परियार,रुपन्देही दुधरम ६ का जगेस्वोर चापागाई र टिकाराम चापागाई को ज्यान गएको छ .......सनिबार बिहान ६:४५ बजे तिर रुपन्देहीको हरैयाबता बुटवल को लागि छुटेको लु १ ज १४८ नुम्बर को जीप र पूर्व बाट पश्चिम का लागि छुटेको 1 ख ३१९५ नुम्बेर्को बुस एक आपसमा ठोकिदा ३ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा   लुम्बिनी अंचल हस्पिट बुटवलमा ज्यान गएको पर्हरिले जनाएको छ घाइते हरुको लुम्बिनी अंचल हस्पिटलमा उपचार भैरहेको छ  मेरो दिगाम समदाता ले जनयका छन्