पाल्पाको तानसेनबाट बुटवलतर्फ गइरहेको बस आज बिहान तानसेनको लामडाँडामा दुघर्टना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । १४ जना यात्रु गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन १० गैरागाउँका अनिल कार्की र बसका सहचालक भैरहवाका दिपक लामा छन् । घाइते मध्ये एकको अवस्था चिन्ताजनक रहेको लुम्विनी मेडिकल कलेज पाल्पाले जनाएको छ । तानसेनवाट वुटवल जाने क्रममा लामडाँडाको ठूलो घुम्तिमा मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटना भएको प्रहरी नायव उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment