Thursday, June 20, 2013

अब लालपुर्जा पनि डिजिटलमा आउने

lalpurja
काठमाडौँ, ६ असार । घरजग्गा किनबेच या पुस्तौली नामसारी गर्दा मालपोतमा पुग्ने जो कोही सेवाग्राही लालपुर्जा खोज्न हैरान हुन्छन् । सबै सेवा ग्राहीकाो भिडभाड, पुराना झुत्रा कागजपत्र, फोटोकपिका मधुरो मसिले कित्ता पहिल्याउनै झन्झट । सेवाग्राहीको यी झन्झटलाई मालपोतले हटाउने तयारी गरेको आजको नागरिकमा खबर छ ।
सेवाग्राहीलाई छिटो र कर्मचारीलाई सेवाग्राहीको तीनपुस्ते खोज्न सजिलोको लागि मालपोत कागजविहिन हुँदैछ । तत्काल मालपोत विभागसहित घरजग्गा बढी बेचबिखन र नामसारी हुने १४ सहरी जिल्लामा लालपुर्जालाई डिजिटलमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । एसीयाली विकास बैकको अनुदानमा छिटोछिटो सेवा दिन मालपोत कार्यालय प्रविधिमैत्री बन्दैछ । आइसिटी परियोजना अन्तर्गत १५ महिनाभित्र जग्गा कारोबारलाई अनलाइनमय बनाउने तयारी भइरहेको विभागका आइटी निर्देशक श्रीचन्द्र साहले बताए ।

सुनको मुल्य आश्चार्यजनक रुपले घट्यो

Gold-150x150
काठमाडौं ६ असार- राजधानीमा सुनको बिक्री आश्चार्यजनक रुपले घटेको छ । सुन चादी व्यवशायी संधले दैनिक तोकेएको मुल्य भन्दा प्रतितोला ३ हजार भन्दा बढीमा अनौपचारिक बजारमा  किनबेच हुने सुनको आश्चार्यजनक रुपले कारोवारमा कमी आएको छ ।   एक साता भन्दा बढी समयसम्म सुन खरीद गर्ने नभेटिएपछि बिहिवार बैकको दर भन्दा सय रुपैया कम दरमै सुन काठमाडौको बजारमा पाउन थालेको छ । सम्बद्ध व्यवशायीका अनुसार तर पनि किन्ने ग्राहक कोही छैनन ।    ग्राहक आउन छाडेपछि दैनिक मध्यराती चढने बैकको व्याज घटाउन व्यवशायीहरुले बैकको दरभन्दा सय रुपैया कममा सुन बिक्री गर्न चाहेका हुन । यसैबीच सुन चाँदी व्यवशायीहरुले विभिन्न माग राख्दै व्यपार बन्द गरेकोले पनि कारोवारमा थप मन्दी आएको बताइन्छ ।      भारत र चीन दुवै देशका व्यवशायीहरुले सुन हाल किनेर राख्नु भंयकर घाटा हुनसक्ने प्रक्षेपण गरेपछि त्यसको असर नेपाली बजारमा समेत परेको बताइन्छ ।    डलर बढनेक्रम जारी रहेसगै सुनमा ठूला गिरावट आउने अनुमान गरिएको छ । साताको अन्तिम दिन शुक्रवार कारोवार बन्द हुन बेलासम्म सुनको मुल्यमा ठूला गिरावटको शुरुवात हुनसक्ने अनुमान विश्व बजारमा गरिएको छ ।

“तं घर जान पाउदैनेस, तं यही मर्नु पर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला)

balatkar2साउदी अरब/एन आर एन ए साउदी अरबले तीन नेपाली पीडित महिलालाई स्वदेस फिर्ताको लागि टिकट दिएको छ । उक्त तिनै जना महिलाहरु १८ जुन २०१३ रियाद बाट बिहान दुबइ सार्जहा हुँदै बेलुका ८:४५ बजे बेलुका काठमाण्डौ पुग्दैछन । साउदी अरबको बिभिन्न शहर बाट नेपाली दुताबासमा रहेको सेल्टरमा उद्दारको पर्खाइमा रहेका मध्य ३ जना पीडित महिलाहरूलाई टिकटको ब्यबस्था गरिदिन नेपाली दुताबसबाट अनुरोध गरे मुताबिक एन आर एन ए को महिला उद्दार कोषबाट २,०८५.७५ साउदी रियाल कोषबाट खर्च गरी टिकट को ब्यबस्था सस्थाले गरिदिएको छ । टिकट पाउने पीडित महिला हरु – संगिता मार्दी, लीलादेबी राजबंशी र पार्वती बि.क. हुन।
यी तीन जना पीडित महिलाहरूका पीडा भने बेग्ला बेग्लै रहेको छन, जसमा संगिता मार्दी जिल्ला-झापा जलथलका ४० बर्सिय बिबहिता संगिता २ बर्ष ३ महिना अगाडि छिमेकी देश भारतको नयाँदिल्लीको बाटो हुँदै साउदी अरब आइ पुगेकी हुन, उनलाई नेपाल बाट दिल्ली सम्म पुर्याउने एजेन्ट(दलाल) हुन झापा बिर्तामोडका अरुण चौधरी । पीडितले बताए अनुसार उनी हरुको ५ जनाको समुह साउदी अरबको लागि दिल्ली बाट उडेको बताउछिन, हाल उनीसँग संपर्क नं. नभए पनि घरै चिनेको हुँदा एजेन्ट(दलाल)लाई भेट्न सक्ने बताएकी छन। संगिताले साउदी अरबमा मालिकको घरमा घरायसी धन्दा र बिरामीको स्याहार सुसार २४सै घण्टा गर्नु परेको, खाना खान राम्रो नदिएकोले ३(तिन)महिना पछी नै उक्त घर बाट भाग्न सफल भएकी थिइन, उक्त घर छोड्ने बितिकै रोडमा हिंडिरहंदा कहाँ जाने के गर्ने चिन्ताले सताए पछी अत्यन्तै त्रसित अवस्थामा हिडि रहदा एक साउदीले भेटी उसैको कारमा राखेर उक्त साउदीको घरमा लगेको र २ बर्ष सम्म त्यहीं काम गर्न वाध्य भएको बाताइन् ।
खान बस्न दिएर महिनाको ५०० सा.रि. तलब दियको, २ बर्ष बसेपछी उक्त घर मालिकलाई घर जान्छु भन्दा ९ हजार ८ सय साउदी रियाल दिए पनि अन्ततः तत्कालै संगिता लाई उक्त साउदी मालिकले छोडिएको स्थानबाट एक अपरिचित साउदी केटाले कुट्दै ६ हजार सा. रि. लुटेर गएको बाताइन् । त्यस पछी फेरी अर्को साउदीले नेपाली दुताबासको ढोका अगाडि छोडेर गएको बताइन उनीसँग बाँकी रहेको भए जती पैसा पनि दुताबासको सेल्टरमा झोलामा राखेको अवस्थामा साथीले नै चोरेर लगेकोले उनी रित्तो हात बन्दै बेसहारा बनेकी हुन । उक्त चोरी गर्ने ब्यक्ती संगै बस्ने नेपाली नै रहेको र उनिहरु नेपाल गएको दुई दिन पछी मात्र थाहा भएको बाताइन् । उनले थपिन आँफै जस्तो सोचेर नहुदो रहेछ नेपाली दिदी बहिनीहरुलाई आफुजस्तो कोही नहुने रहेछ उनले गहभरी आंसु पार्दै सुनाइन उनको बेदना । उनले भनिन तपाईंहरुको सहयोगमा नेपाल त जाने भैइयो तर छोरा छोरीलार्इ मुख देखाउने हो, श्रीमान पनि मरीसकेकोले घरमा ज्यादै दु:ख छ, केही होलाकी भनेर बिदेस आएको तर आंफु जताततै लुटिएको, जे सोचेको त्यो नपाएकोले अब घरमा ज्यालादारी काम गरेर दु:ख सुख चलाउने सोंचमा पुगेको बाताइन् ।
त्यसै गरी अर्की महिला हुन लीलादेबी राजबन्सी, जिल्ला मोरङ अमरदह ८ घर भएका ३५ बर्सिय लीलादेबी भने ३(तीन)महिना अघी मात्र साउदी अरब आइ पुगेकी हुन । उनी पनि भारतको दिल्ली हुँदै आएकी हुन। उनी साथीहरुको लहै लहैमा लागेर बिदेस आएको बताउछिन । उनिलाई दिल्ली पुर्याउने एजेन्ट(दलाल) नचिनेको बताउछिन, तराइ मुलको भएको मात्र देखेको बताइन् । उनी साउदी मालिकको मनसिक यातना खप्न नसकेर उक्त घरबाट भागेर हिंडेको बाताइन् । बिहान् ६ बजेबाट बेलुका ९ बजेसम्म जुठो भात खाएर काम गर्नु पर्ने, ३ महिना काम गरे पनि तलब नपाएकोले उक्त घरबाट भागेर बाटोमा हिड्दै गर्दा नेपाली जस्तो लागेर गाडीको ड्राइभर लाई बोलाएर सहयोग गर्न अनुरोध गरे पछी उक्त ड्राइभरले ट्याक्सिमा राखेर नेपाली दुताबास सम्म ल्याइ दिएकोमा धन्यवाद दिइन । अपरिचित मान्छेले सहयोग गरेकोमा र टिकटको ब्यबस्था गरी स्वदेस फर्किन सहयोग गरेकोमा एन आर एन ए साउदी अरब लाई पनि बिशेष आभार ब्यक्त गरिन । नेपालमा गएर चेतना फैलाउने र संपर्कमा साथीहरु आए, एन आर एन ए सस्थामा आफ्नु दु:ख पिडा राख्न लगाउने बाताइन् । उनको २ सन्तान रहेको र सन्तानको भबिश्य उज्वल बनाउने सपना पालेर साथीहरुको संगतमा लागेर दु:ख पाएको उनको पनि पीडा उस्तै छन । बस्नलाई घर त छ तर कमाइ गरी खाने जग्गा जमिन छैन । श्रीमानले कान्छी श्रीमती भित्र्याएर आफुलाई हेला गरेकोले यो दु:ख र समस्या भोग्नु परेको दुखेसो गरिन ।
त्यस्तै गरी अर्की पीडित महिला हुन् पार्बती बि. क. । २२ बर्षिया अबिबाहित पार्बती बि. क. कास्की पोखरा १७ बिरौटाकी हुन् । उनलाई साउदी अरबको रियाद भन्दा झन्डै १२ सय कि.मी. टाढा आब्बा खमिस भन्ने ठाउँबाट गत २४ अप्रिलमा उद्धार गरिएको हो । उद्धार कार्यमा एन आर एन ए महासचिव जैबी राईको पहलमा नेपाली जनप्रगतिशील मन्च साउदी अरबको सकृयतामा उद्धार कार्य सफल भएको हो । उद्धार कार्य अब्बा खमिसमै कार्यरत शम्भुराज भट्टको सकृय सहभागिता, जैबि राईको समन्वय र नेपाली राजदुतावासको कानुनी सहयोगमा सम्पन गरिएको हो । शम्भुराज भट्टले उक्त उद्धार कार्यमा अतुलनीय सहयोग गर्नु भएको थियो । उहाले आफ्नो कार्यव्यस्थताका बाबजुत कम्पनीबाट छुट्टि लिएर कम्पनीकै गाडि प्रयोग गरी १२ घन्टाको निरन्तर यात्रा पछि नेपाली राजदुतावास समक्ष पीडित महिलालाई बुझाउनु भएको थियो । पीडित पार्वती बिक जेद्धामा कार्यरत मित्र दुर्गा बि.क.को संपर्कबाट पीडित लाई संपर्क गरी उद्धार गरिएको हो । उनी पनि १ बर्ष अगाडि भारतको नयाँ दिल्ली हुँदै साउदी अरब आइ पुगेकी हुन । उनलाई आफ्नै दाजुको साथी मार्फत एजेन्ट(दलाल)लाई संपर्क गराइ बिदेस गए पछी पैसा धेरै कमाइ हुन्छ भन्ने लोभ देखाएकोले आंफु लालयित भएर बिदेस हिंडेको बताउछिन । उनले साउदीको घरमा ७ महिना काम गरेको जम्मा २४ सय साउदी रियाल तलब पाएको, उक्त रकम तत्कालै नेपाल पठाएको, त्यस पछी तलब नपाएको र बिमारी हुँदा पनि उपचार नगराएको, घर जान्छु भन्दा “तं घर जान पाउदैनेस, तं यही मर्नु पर्छ” भन्ने गरेको । समयमा खाना नदिएकोले नै आफु बिरामी परेको, साउदीले मनसिक यातना अझै बढी दिन थाले पछी त्यसै घरमा काम गर्ने घरको ड्राइभरलाई सहयोग गर्न अनुरोध गरेपछी अर्कै नचिनेको ड्राइभरलाई संपर्क गराइ उक्त घरबाट उनी भाग्न सफल भएको बाताइन् । उनी भागे पछी तिनै ड्राइभरको सहयोगमा अर्को कुनै साउदीकै घरमा खान बस्न दिएको आंफुले उक्त घरमा पनि काम गरेको तर कुनै तलब नदिएको बाताइन् । नेपालमा आफन्त लाई पहिले नै जानकारी गराइ सकेकोले आफन्तले साउदीमा चिने जानेको ब्यक्तिलाई आफ्नो संपर्क नं. दिएर यहाँ सम्म आउन सफल भएकोमा सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद भनिन । उनले थपिन अब नेपाल गएर आफुलाई बिचल्लिमा पार्ने एजेन्ट(दलाल)लाई खोजी गर्ने उनले वाचा गरिन तर आफ्नु दाजुको मोटरबाइकमा दुर्घटना परी मरी सकेको हुँदा कठिन हुने उनले बातएकी छिन । उनी अब नेपाल गएर बिदेस भन्ने नामै नलिने बताउछिन ।
उपरोक्त जानकारीहरू लिन एनआरएनए साउदी अरबका उपाध्यक्ष डोर बहादुर कार्की र महासचिव जैबी राइ सुस्तरी नेपाली दूतावास रियादस्थित पीडित महिलाहरूको आश्रयस्थलमै पुगी भेटवार्ता गर्नुभएको थियो भने तिनैजना पीडित महिलाहरूसंग एनआरएनए साउदीकी महिला प्रतिनिधी (सदस्य) उषा के.सी.ले पनि टेलि सम्वाद गर्नुभएको थियो । यसरी नव निर्बाचित एनआरएनए एनसिसी साउदी अरबले यी ३ जना नेपाली महिलाहरूको उद्धारबाट आफ्नो सामाजिक कार्यको शुभारम्भ गरेको छ । यस अघि पनि एनआरएनए साउदी अरबले २५ जना पीडित महिलाहरूको स्वदेश फिर्तीका लागि हवार्इ टिकट उपलब्ध गराइसकेको छ । साउदीमा हाल आममाफीको बेला छ तर यहां रहेको हजारौं घरेलु महिला कामदारहरू यो आममाफीबारे बेखबर छन र उपलब्ध अवसरबाट बञ्चित रहने देखिएको छ । फाट्टफुट आइरहने यस्ता पीडित महिलाहरू यतिखेर करीब ६० जना दूतावासको सेल्टरमा छन भने जेद्धाबाट अन्य १९ जना महिलाहरूले स्वदेश फर्किनका लागि आउटपास फारम भरेका पीडित महिलाहरूको नामावली सहितको जानकारी एनआरएनए एनसिसीका पुर्ब सदस्य कृष्ण पोखरेलले दिनुभएको छ । जेद्धा र रियाद बिचको भौगोलिक दूरी करीब १२ सय कि.मी.को रहेकाले यी १९ जनालार्इ जेद्धाबाटै स्वदेश फर्काउने कोशिसमा छ दूतावास, यदी त्यसो सम्भव नभए रियाद ल्याएरै भए पनि नेपाल फर्काइने दूतावासले जनाएको छ -NRNA साउदी अरब

Tuesday, June 18, 2013

साउदी अरवबाट ३५ हजार नेपाली घर फर्किने तयारीमा


saudi-arab२ असार, काठमाडौं । साउदी अरेबियामा अवैधानिक रुपमा रहेका ३५ हजार नेपालीले स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिएका छन् । पछिल्लोपटक साउदी सरकारले ल्याएको ‘घर फर्क वा बैधानिक होउ’ अफर अन्र्तगत रियादस्थित नेपाली दूताबासबाट ३५ हजारभन्दा बढी नेपालीले स्वदेश र्फकन ट्राभल डकुमेन्ट लिएका हुन् ।
‘स्वदेश फिर्तीका लागि ३५ हजार नेपालीको रिटर्न भिसामा नेपाली मिसनले छाप लगाएको छ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गाबहादुर सुवेदीले सिन्हृवा समाचार संस्थासँग भन्नुभयो । साउदी अरेबियामा झण्डै ४ लाख नेपाली कामदार छन्, उनीहरुमध्ये करिव ७० हजार अवैधानिक रुपमा बस्दै आएको अनुमान छ ।
साउदीमा रहेका मध्ये २० प्रतिशत अर्थात करिव ८० हजार महिला छन्, जो घरेलु कामदारका रुपमा कार्यरत छन् । नेपाली राजदूत उदयराज पाण्डेले अवैधानिक रुपमा बस्दै आएका अधिकांश नेपाली अशिक्षित र ग्रामिण भेगबाट आएको र उनीहरुलाई साउदी सरकारले अघि सारेको आममाफीको मौकाबारे समेत जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो-’लक्षित समूहका सिमितले मात्र स्वेदश फर्कन आएका छन् । धेरै घरको घेरा भित्रै रहेका छन् ।’
पाण्डेका अनुसार सबैभन्दा ठूलो समस्या भारत हुँदै साउदी पुगेका महिलाहरुबारे जानकारी नहुनु हो, जो कुनै कागजाज विना नै दालालको माध्यमबाट पुग्ने गरेका हुन्छन् । साउदी अरेबियामा ६ सय ८८ नेपाली महिला कामदार रहेको सरकारी तथ्यांकले देखाउँछ । साउदी अरेबियाले अवैधानिक रुपमा काम गर्दै आएका भण्डै १५ लाख विभिन्न देशका नागरिकलाई लक्षित गरी आममाफीको अबसर दिएको छ । जसमा १ लाख ८० हजार आफ्नो घर फर्किसकेका छन् भने ५ लाखले त्यहाँको कानुन अनुसार वैधानिक रुपमा काम गरेर बस्ने अनुमति लिएका छन् । स्रोत-अनलाइनखबर
विभिन्न जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस।
-

मुलुकभर अविरल वर्षा भई जनजीवन प्रभावित

      मेरो दिगाम 
काठमाडौं, ५ असार । नेपालमा मनसुन प्रवेश भएलगत्तै मुलुकभर अविरल वर्षा भई जनजीवन प्रभावित बनेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले उच्च वायुमण्डलमा  पश्चिमीवायुको प्रभाव पर्न गएकाले देशका विभिन्न स्थानमा वर्षात् भएको छ भन्दै सामान्य अवस्थाभन्दा करिब चार दिनपछि प्रवेश गरेको मनसुनले देशका पूर्वी भेग हुँदै मध्य तथा पश्चिमी भेगमा गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष जुन १४ मा मनसुन प्रवेश गरेको जनाएको छ ।
सुदूरपश्चिम तथा पश्चिमी भेगमा दुई तीन दिनमा मनसुनको गतिविधि कमजोर भई पूर्वी भेगमा वर्षा हुने र काठमाडौं उपत्यकामा भने बुधबारदेखि नै मौसममा केही सुधार आउने मौसमविद् श्रेष्ठले बताउनुभयो । काठमाडौँ उपत्यकाको मौसममा सुधार आएपछि पनि आकाशमा बदली भई छिटफुट वर्षा भने हुने सम्भावना  छ ।
त्यसैगरी  उपत्यकालगायत स्थानमा सडक विस्तार भइरहेका अवस्थामा वर्षात् भएकाले विभिन्न सडकका छेउ छाउमा पानी जम्ने र  हिलाम्य हुन गई सवारी साधन ओहोरदोहोर गर्दा विशेष गरी पैदल यात्रु समस्यामा परेका छन् ।  गए रातिदेखि  भएको अविरल वर्षात्का कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पनि आज केही समय प्रभावित भएको छ ।
                        मेरो दिगाम 

मोबाईल चार्ज गर्न पनि बिजुली छैन, सिडियो सहितको टोली बिजुली माग्दै काठमाण्डौमा डेलिगेशन

गुल्मी, ४ असार । आइतवार राती देखि अवरुद्ध भएको विद्युत सुचारु हुन नसक्दा गुल्मी र पाल्पाको जनजिवन प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा गुल्मी संचार विहिन बनेको छ ।

प्राधिकरण प्रमुख नवलकिशोर गोईतका अनुसार पाल्पाले विद्युतमा भएको फल्ट पत्ता लगाउन नसक्दा विद्युत नियमित हुन नसकेको हो । पाल्पाको झुम्सा देखि नयाँपाटीसम्म लाईन फल्ट देखिएको र पानी परिरहेको र ठुलो जंगल भएकाले मर्मत हुन नसकेको गोईतले जानकारी दिनुभयो । बुधवार दिउँसोसम्ममा विद्युत सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ । विद्युत नहुँदा देशभर भएको बाडीपहिरोको प्रभावका बारेमा समेत जिल्ला बेखबर बनेको छ । लगातार लामो समयसम्म विद्युत नभएपछि सर्वसाधरणले मोवाईल चार्ज गर्न समेत पाएका छैनन् । त्यस्तै संचार माध्यमहरु समेत नियमित संचालन हुन सकेका छैनन् । बुटवल देखि पाल्पा हुँदै गुल्मीसम्मको लामो प्रशारण लाईन भएकाले जिल्लाबासीले पटक पटक लामो समय विद्युत अवरुद्ध हुने समस्या भोग्दै आएका छन् ।
नियमित विद्युत आपूर्तिको माग गर्दै जेठ अन्तिम साता सर्वसाधरण सहित उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, स्थानीय संचारमाध्यमहरु र जिल्लाका विभिन्न क्लबहरुले आन्दोलन नै  गरेका थिए । जिल्लाको विद्युत समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालको संयोजकत्वमा राजनीतिक दल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगायतको टोली काठमाण्डौमा डेलिगेशन गएको छ । टोलीले विद्युतको दिर्घकालिन समस्या समाधानका लागि पहल गर्न बुधवार सरकारका मुख्य सचिव लिलामणी पौडेललाई भेट्ने कार्यक्रम रहेको टोली संयोजक कबिन्द्र नेपालले बताउनु भएको छ ।

अहिले यस्तो छ दार्चुलाको अवस्था ! दैलेख र बैतडीमा १७ को मृत्यु

अहिले यस्तो छ दार्चुलाको अवस्था ! दैलेख र बैतडीमा १७ को मृत्यु

landslideतीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन् । सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन् । घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले राससलाई बताउनुभयो ।सुदुरपश्चिममा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या दश पुगेको छ । बाढी पहिरोमा परि दुई घाइते भएका छन् । बैतडी सिद्धेश्वर गाविस वडा नं ९ मा खोर्पको रामसिंह ऐरीको घर पहिरोले पुरिँदा उनकी श्रीमती सिताम, छोरी परमेश्व, एक वर्षिय छोरा अर्जुन र उनकै घरमा बस्ने कलावती ऐरी र उनकी छोरी विन्देश्वरीको मृत्यु भएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

बाढी पहिरोबाट बढि प्रभावित दार्चुलाको धाप गाविस–५ की सरस्वती रैखेलाको नदीमा खसेर हिजो मृत्यु भएको थियो भने हिजै कञ्चनपुरको चाँदनी गाउँ विकास समिति वडा नम्बर ६ कानन्दसिंह ठगुन्ना र कौशल्या सुनुवारको पनि मृत्यु भएको हो । त्यस्तै अछामको कुन्ती वण्डली गाविसका अनिता बोगटी र उनको छोरी मृत्यु भएको छ भने उनका श्रीमान र छोरा घइते भएका छन् ।
३ दिन देखि परेको अविरल वर्षातको कारण दैलेखको मालिका गाविस वडा नं. ७ का मोहन कुमालको घर भत्किदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोहन कुमाल, उनकी श्रीमती तुलसा कुमाल, छोरी विष्ना कुमाल र सन्तोला कुमाल छोरा नगेन्द्र कुमाल, गणेश कुमाल र खगेन्द्र कुमाल रहेको प्रहरी कार्यालयले जनाएको छ ।

टेलिकमले ब्यालेन्स निष्कृय हुने समय थप गर्‍यो

४ असार, काठमाडौं । नेपाल टेलिकमको जिएसएम र सिडिएमए पि्र-पेड मोबाइल प्रयोगकर्ताले एउटै रिचार्ज कार्डबाट लामो अवधिसम्म सेवा उपभोग गर्न पाउने भएका छन् । टेलिकमले जिएसएम र सिडिएमए पि्रपेड मोबाइल रिचार्ज गर्दा हाल कायम रहेको ब्यालेन्स निष्कृय हुने समयावधी बढाएको छ । नयाँ समयावधी बुधबारदेखि लागु हुने टेलिकमले जनाएको छ ।
एमपीओएस पिनलेस रिचार्ज सेवाबाट जिएसएम पि्र-पेड मोबाइल रिचार्ज गर्दा पनि ब्यालेन्स निष्त्रिय हुने समय बढाइएको छ । हाल कायम अवधीबाट एउटै रिचार्ज कार्डबाट लामो समय सेवा लिन खोज्ने ग्राहकहरुलाई अप्ठ्यारो परेको थियो । समयावधी थप गर्दा यस्ता ग्राहक लाभान्वीत हुने टेलिकमले विश्वास लिएको छ ।
थप गरिएको समयावधी यस्तो छ :
 Telecomeee

५ दिनदेखिको बर्षाले बिभिन्न स्थानमा क्षती, १ को ज्यान गयो

गुल्मी, ४ असार । लगातार ५ दिनदेखि परेको अविरल बर्षाले गुल्मीका बिभिन्न स्थानमा क्षती पुराएको छ । बर्षाका कारण जिल्लाका ग्रामिण क्षेत्रमा जाने सबै सडकहरु अवरुद्ध भएका छन । ५ दिनदेखि लगातार बर्षा भएकाले जिल्लाका बिभिन्न गाविसहरुमा बिद्यालय तथा घरहरुमा क्षती भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । बर्षासँगै माथीबाट आएको पहिरोले जिल्लाको सदरमुकाम तम्घास ५ का खगेन्द्र बिकको घर पुरेको छ त्यसैगरी सिमीचौर गाविस २ का बेद बहादुर दर्जीको घर पुरेको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै धुर्कोट रजस्थलको धुर माध्यमिक बिद्यालयको समेत २ कोठा पहिरोले पुरेको छ । यता बढीघाट खोलाले बगाएर १ जनाको ज्यान गएको छ । ५ दिनदेखि परेको अविरल बर्षाका कारण खोलाको सतह बढेकाले बम्घा २ की झमकली माझीलाई बढीघाट खोलाले बगाएको प्रहरीले जनाएको छ