मेरो दिगाम काठमाडौं, ५ असार । नेपालमा मनसुन प्रवेश भएलगत्तै मुलुकभर अविरल वर्षा भई जनजीवन प्रभावित बनेको छ । मौसम पूर्वानुमान
महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले उच्च वायुमण्डलमा पश्चिमीवायुको प्रभाव पर्न गएकाले देशका विभिन्न स्थानमा वर्षात् भएको छ भन्दै सामान्य अवस्थाभन्दा करिब चार दिनपछि प्रवेश गरेको मनसुनले देशका पूर्वी भेग हुँदै मध्य तथा पश्चिमी भेगमा गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष जुन १४ मा मनसुन प्रवेश गरेको जनाएको छ ।
सुदूरपश्चिम तथा पश्चिमी भेगमा दुई तीन दिनमा मनसुनको गतिविधि कमजोर भई पूर्वी भेगमा वर्षा हुने र काठमाडौं उपत्यकामा भने बुधबारदेखि नै मौसममा केही सुधार आउने मौसमविद् श्रेष्ठले बताउनुभयो । काठमाडौँ उपत्यकाको मौसममा सुधार आएपछि पनि आकाशमा बदली भई छिटफुट वर्षा भने हुने सम्भावना छ ।
त्यसैगरी उपत्यकालगायत स्थानमा सडक विस्तार भइरहेका अवस्थामा वर्षात् भएकाले विभिन्न सडकका छेउ छाउमा पानी जम्ने र हिलाम्य हुन गई सवारी साधन ओहोरदोहोर गर्दा विशेष गरी पैदल यात्रु समस्यामा परेका छन् । गए रातिदेखि भएको अविरल वर्षात्का कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पनि आज केही समय प्रभावित भएको छ ।
मेरो दिगाम

मेरो दिगाम


No comments:
Post a Comment