अहिले यस्तो छ दार्चुलाको अवस्था ! दैलेख र बैतडीमा १७ को मृत्यु
तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन् । सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन् । घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले राससलाई बताउनुभयो ।सुदुरपश्चिममा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या दश पुगेको छ । बाढी पहिरोमा परि दुई घाइते भएका छन् । बैतडी सिद्धेश्वर गाविस वडा नं ९ मा खोर्पको रामसिंह ऐरीको घर पहिरोले पुरिँदा उनकी श्रीमती सिताम, छोरी परमेश्व, एक वर्षिय छोरा अर्जुन र उनकै घरमा बस्ने कलावती ऐरी र उनकी छोरी विन्देश्वरीको मृत्यु भएको छ ।भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
बाढी पहिरोबाट बढि प्रभावित दार्चुलाको धाप गाविस–५ की सरस्वती रैखेलाको नदीमा खसेर हिजो मृत्यु भएको थियो भने हिजै कञ्चनपुरको चाँदनी गाउँ विकास समिति वडा नम्बर ६ कानन्दसिंह ठगुन्ना र कौशल्या सुनुवारको पनि मृत्यु भएको हो । त्यस्तै अछामको कुन्ती वण्डली गाविसका अनिता बोगटी र उनको छोरी मृत्यु भएको छ भने उनका श्रीमान र छोरा घइते भएका छन् ।
३ दिन देखि परेको अविरल वर्षातको कारण दैलेखको मालिका गाविस वडा नं. ७ का मोहन कुमालको घर भत्किदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोहन कुमाल, उनकी श्रीमती तुलसा कुमाल, छोरी विष्ना कुमाल र सन्तोला कुमाल छोरा नगेन्द्र कुमाल, गणेश कुमाल र खगेन्द्र कुमाल रहेको प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment