Tuesday, May 1, 2012

'बिष्फोटमा जो मैले देखें'


                           'बिष्फोटमा जो मैले देखें'

 काठमाडौ, वैशाख १८ - माओवादीका सचिव सिपी गजुरेलको पत्रकार सम्मेलन बीचमै छाडी म साँढे ९ वजे रामानन्द चौक पुगेको थिएँ । गर्मीबाट जोगिन त्रिपाल झुण्ड्याएर प्रदर्शनकारीहरु बीच सडकमै धर्ना बसेका थिए । उनीहरु आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुँदै थियो । बीच बीचमा हँसी मजाकको दौड पनि चल्दै थियो । यसैबीचमा विमल शरणजी हातमा चिनीको झोला बोकेर आए । उनले मिथिला नाट्यकला परिषद्का कोषाध्यक्ष विष्णुकान्त मिश्रलाई चिनीको झोला थमाउँदै सर्वत बनाएर ल्याउन आग्रह गरे । विष्णुजीलाई चियाको अमल लागेको थियो । विष्णु, मिनाप अध्यक्ष सुनिल मल्लिक, पूर्व अध्यक्ष सुनिल मिश्र चिया पिउन भनि चौकको पूर्वतिर लागे । विमलजी आफै एउटा होटलमा गई सर्वत बनाएर ल्याए र सहभागीहरुलाई खुवाउँन थाले । सर्वतको पिइसकेपछि, कार्यक्रम स्थलमै राखिएको सुपारी बाँड्ने क्रम सुरु भयो । सुपारी बाड्ने काम मैले नै गरें । कागजमा राखिएको सुपारी बाँड्दै गर्दा पश्चिमतर्फबाट ठुलो आवाज आयो । म एक छिन मूर्तिवत्त भएँ । कानले सुन्न छाडयो । के भयो भनी ठम्याउँनै सकिन । पछि हेर्दा मेरो दाहिने पाखुरा र ओठमा पनि वमको छर्रा लागेको रहेछ । कार्यक्रम स्थलमा भागाभाग सुरु भयो । म पनि भागें । अलि परबाट हेर्छु परमेश्वर भैया (परमेश्वर कापडि) भुईमा लडी राहनु भएका थिए । रंजु रोई कराई गरिरहेकी थिईन । एक दाह्रीवाल पुरुषको आन्द्रा भुंडी बाहिर आई सकेको थियो । अरु पश्चिम तिर बस्नेहरु लम्पसार परेका थिए । यसैबीच रुदै कराउँदै सुनिल मिश्र र सुनिल मल्लिक आए । घाईतेहरुलाई अस्पताल लग्नु पर्यो भन्ने सल्लाह भयो । मैले परमेश्वर भैयाको अनुहारमा सर्वत पानी छर्केर होसमा ल्याएँ । सिकिस्त घाईतेहरुलाई प्रहरीकै भ्यानमा राखेर अस्पताल पुर्र्याइएको थियो । अन्यलाई भने एम्बुलेन्समा राखेर अस्पताल पुर्याइयो । पछि थाहा भयो, 'घटनास्थलमा मृत्यु हुने दाह्रीवाल पुरुष हामी सबैलाई सर्वत खुवाउँने विमल शरण नै थिए ।' ईकान्तिपुर डट कमबाट

अचेल बोल्नै चाहन्नन् रत्न, छोरा ज्ञानेन्द्रसँग भनाभन पनि भयो

दरबार हत्याकाण्डपछि निरास र एक्लो महसुस गर्दै आउनुभएकी पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह पूर्वराजाले नारायणहिटी दरबार छाडेर नागार्जुन दरबार गएपछि पाँच वर्षको अवधिमा अहिलेसम्म नौ पटक मात्र बाहिर निस्कनुभएको छ। छोरा ज्ञानेन्द्रले रत्नलाई पटकपटक आफूसँगै बस्ने आग्रह गर्दा समेत उहा“ले इन्कार गर्दै आउनुभएको छ। ‘कतिपटक त घर सर्ने विषयमा आमा र छोराबीच भनाभनसमेत भएको थियो, आमा रत्नले नमानेपछि दुवैबीच केही बेर बोलचालसमेत हु“दैनथ्यो’ –दरबार निकट स्रोतले नेपाल समाचारपत्रस“ग भन्यो। एक्लै बस्न मन पराउने मुमा रत्न आफ्नो श्रीमानले बनाएको महेन्द्र मञ्जिललाई छाडेर आफू कतै नजाने प्रण गर्नुभएको छ। ‘म यही दरबारमै जिन्दगी बिताउन चाहन्छु, मलाई कुनै घर र दरबार चाहिँदैन’, छोरा एवम् पूर्वराजा ज्ञानेन्द्रसँग हुने गरेको कुराकानीका क्रममा रत्नले भन्ने गर्नुहुन्थ्यो– ‘मलाई यहीं ठीक छ।’ पछिल्लो पटक आमाको मुख हेर्ने दिन महेन्द्र मञ्जिल पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आमासँग दुई घण्टा व्यतीत गर्नुभएको थियो। ‘राजाको शासन हुँदा प्रत्येक सोमबार सबै परिवारसँग भेटघाट हुने प्रचलन अहिले हराइसकेको छ। अब त बिरलै भेट हुने गरेको छ, आमा रत्न दरबार छोडेर कतै जानु हु“दैन, पूर्वराजाको परिवार आक्कलभुक्कल मात्र आउ“छ’ –स्रोतले भन्यो। एक दर्जनको संख्यामा रहेका सुसारे, बज्यै र आफ्न केही कर्मचारीसँगa बस्दै आउनुभएकी रत्नले आफ्ना छोरा, बुहारी नातिनातिनालाई मात्र भेट गर्ने गर्नुभएको छ। ‘भेट गर्न समय माग गर्न आउनेको संख्या थुप्रै भए तापनि उहा“ले हालसम्म कसैलाई समय दिनुभएन’ –स्रोतले भन्यो। ‘केही दिनअघि नेपाल संस्कृत विश्वविद्यालयका उच्च अधिकारीले भेट्ने प्रयास गरेका थिए, उँहाले इन्कार गर्नुभयो’ –स्रोतले भन्यो। बिहान पूजापाठ, त्यसपछि आराम गर्ने गर्नुभएका पूर्वमुमाबडामहारानी रत्नले दिउँसो २ बजे खाना खाने र राति एक गिलास मात्र दूध खाएर सुत्ने गर्नुभएको छ। माथिल्लो कोठामा बस्दै आउनुभएकी रत्न दिनभर एक्लै बस्ने गर्नुभएको छ। ‘दरबार हत्याकाण्डपछि उहांको दैनिकी पूरै परिवर्तन भएको छ, न कोहीसँग त्यति धेरै बोल्नुहुन्छ, न त हाँसखेल नै’ –स्रोतले भन्यो। भदौ ४ गते ८४ वसन्त पार गर्न लाग्नुभएका मुमाबडामहारानी रत्नले ८४ वर्ष नमनाउने हुनुभएको छ। विशेष गरी हिन्दु परम्पराअनुसार ८४ वर्ष विषेष पूजा गरी मनाउने प्रचलन छ। ‘खै के भयो उहँलाई जन्मदिनको इच्छा नै छैन, यसअघि पनि राम्रोसँग मनाउनुभएन’ –स्रोतले भन्यो। उमेरका कारणले गर्दा त्यति हिँडडुल गर्न नसक्ने उहाँलाई हरेक मंगलबार राजपरिवारका चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठले नियमित परीक्षण गर्ने गर्नुभएको छ। १० जना सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहँदै आउनुभएका पूर्वमुमाबडामहारानी दिनभर आफ्नै कोठामा बस्दै आउनुभएको छ। नेपाल समाचार पत्रबाट

भिडियो: फिन्ल्यान्डमा एनआरएनको च्यारिटी डिनर तथा दोहोरी कार्यक्रम

 गैर-आवासीय नेपाली संघ, फिन्ल्यान्डले हिजो (अप्रिल २८) शनिबार हेल्सिन्कीमा च्यारिटी डिनर तथा लोकदोहोरी कार्यक्रम सम्पन्न गरेको छ । एनआरएन फिन्ल्यान्डद्वारा सन्चालित परियोजनाहरुको लागि रकम सङ्कलन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाली खानाको स्वादका साथै लोक-दोहोरी घम्साघम्सीले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । हेल्सिन्की काईसानियमी स्थित लालीगुराँस रेष्टुरेन्टमा बेलुकी ५ बजे देखी साढे ९ बजे सम्म चलेको उक्त कार्यक्रमबाट उठेको रकम नेपालमा अपाङ्गबालबालिकाको सिप बिकासमा तथा घ्युकुमारी अनी सजीवन कृषकहरुलाई सहयोग गरिने एनआरएन फिन्ल्यान्डले जनाएको छ । कार्यक्रमका सहभागीहरुलाई २५ युरो शुल्क तोकिएको थियो भने विद्यार्थी सहुलियत शुल्क २० युरो रहेको थियो । त्यसैगरी दम्पतीको लागि ४० युरो अनी बालबच्चाको लागि १५ युरो तोकिएको थियो । कार्यक्रममा फिन्ल्यान्डमा बसोबास गरिरहेका विद्यार्थी, ब्यापारी, कामदार तथा उनिहरुको परिवारको उल्यख्य उपस्थिती रहेको थियो ।
You might also like:

एएफसी प्रेसिडेन्ट्सको छनौट खेल खेल्न नेपाल पुलिस कम्बोडिया जाँदै


एएफसी प्रेसिडेन्ट्सको छनौट खेल खेल्न नेपाल पुलिस कम्बोडिया जाँदै

२० वैशाख, काठमाण्डौ । नेपाल पुलिस क्लब एएफसी प्रेसिडेन्ट्स कप फुटबलको छनोट खेल्न आज कम्बोडिया जाँदै छ । राष्ट्रिय लिगको विजेताका रुपमा पुलिसले एएफसी प्रेसिडेन्ट्स खेल्न लागेको यो पाँचौ पटक हो ।
सन् २००७ मा भएको पहिलो सहभागितामा नै फाइनलसम्म पुगेको पुलिस त्यसलाई दोहोर्‍याउन असफल हुँदै आएको छ । त्यसपछि सेमिफाइनलबाट बाहिरिएको पुलिस त्यसयता समूह चरणबाट बाहिरिँदै आएको छ ।
प्रतियोगितामा पुलिस आयोजक कम्बोडियाको नेम फेन क्राउन, किर्गिस्थानको डोरडोई डाइनामो र भुटानको यडजिन एफसी क्लबसँगै समूह बी मा रहेको छ । समूहमा डोरडोईलाई तुलनात्मक रुपमा बलियो टोली मानिएको छ ।
पुलिसले बैशाख २३ गते डोरडोईसँग, २५ गते फेन क्राउनसँग र २७ गते यडजिन एफसी क्लबसँग खेल्नेछ । प्रतियोगितामा आफ्नो समूहमा पहिलो र दोस्रो हुने टोलीले अघिल्लो चरणमा प्रवेश पाउनेछ ।

तरकारी भित्र लुकाएर सेन्ट्रल जेलमा हतियार


तरकारी भित्र लुकाएर सेन्ट्रल जेलमा हतियार

२० वैशाख, काठमाण्डौ । केन्द्रीय कारागार -सेन्ट्रल जेल) मा रहेका सञ्चार उद्यमी युनिस अन्सारीमाथि गोली प्रहार भएको पेस्तोल कैदीले नै जेल भित्र लगेको खुलासा भएको छ । कारगारमै रहेको एक सुरक्षाकर्मीले कैदीले नै उक्त हतियार जेलभित्र लगेको रहस्य खोलेका हुन् ।
स्रोतले दिएको जानकारी अनुसार कारागारका चौकीदार वीरबहादूर तामाङको सहयोगमा अन्सारीमाथि गोली प्रहार गरिएको पेस्तोल जेलभित्र पुर्‍याईएको हो । चौकीदार तामाङले जेलभित्र सञ्चालन गरेको क्यान्टिनको सामान खरिदका लागि बाहिर निस्कँदा अर्का कैदी अमर टण्डनमार्फत सो हतियार कारगार भित्र्याईएको स्रोतको दाबी छ । उक्त हतियार कालिमाटी तरकारी बजारबाट ल्याइएको खबर आजको राजधानी दैनिकले छापेको छ ।
जेलमा रहेका १ हजार १ सय कैदीलाई पुग्ने तरकारी खरिद गर्न जाँदा उनले तरकारीमै लुकाएर हतियार ल्याएका हुन् । तामाङले २०६७ फागुन २६ गते कालिमाटीबाट तरकारीसँगै ल्याएको पेस्तोल शौचालयमा लुकाएर राखेका थिए । अन्सारीलाई गोलीहान्ने मनमित सिंहले आफै हतियार ल्याउन सक्ने स्थिति नभएपछि उनले तामाङको सहयोग लिएका थिए । २०६७ माघ २५ मै अन्सारीको हत्या गर्न मनमित नेपाल आएपनि सेन्ट्रल जेलमा मेटल डिटेक्टरको प्रयोग भएपछि अन्सारीलाई भेट्न गएका उनले तामाङको प्रयोग गरेका थिए ।
स्रोतका अनुसार अन्सारीलाई बोलाउने चिट दिएपछि उनी शौचालयमा लुकाएको हतियार लिन गएका थिए । चौकीदारले ल्याएको सामान प्रहरीले चेकजाँच नगर्ने भएकाले जेलमा हतियार भित्रीएको बताईएको छ ।
सञ्चार उद्यमी अन्सारीमाथि आक्रमण भएपछि घटनाको छानविन गर्न गठित समितिले जेलभित्र पनि नक्कली भारतीय रुपैया र खैरो हेरोइनको कारोबार भईरहेकाले हत्याको प्रयास भएको बताईएको छ ।

बंगलादेशमा एक ६ वर्षका बालक विश्वका सबैभन्दा कान्छा कम्प्युटर विशेषज्ञको रुपमा नाम लेखाउने तयारीमा छन् ।वासिक फरहान रुपकोथा नामका ती बालक आफ्नो विशेषज्ञतालाई माइक्रोसफ्ट तथा गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले मान्यता दिने आशामा छन् । वासिक दुइ वर्षको उमेर देखि कम्प्युटर चलाउन थालेका थिए । उमेरगत हिसाबले कम्प्युटरको विषयमा उनको ज्ञान तथा बुझ्ने क्षमता कल्पनै गर्न नसकिने खालको रहेको बताइन्छ ।
गएको जनवरीमा ६ वर्ष पुगेका वासिक मोर्डन वारफेयर तथा मेटल गियर सोलिड जस्ता कठीन तथा लोकपृय कम्प्युटर खेलमा पारंगत बनिसकेका छन् । उनले ३ वर्षको उमेरदेखि टाइपिङ गर्न सुरु गरेका र ४ वर्षको हुँदा गेम्स डाउनलोड गर्न सिकेका थिए ।वासिककी आमा सिन्थिया फरहान रिसाले आफ्नो छोरा ७ महिनाको छँदादेखि नै कम्प्युटरमा खेल्न थालेको र उक्त कुराबाट आफुपनि आश्चर्यचकित भएको बताइन् । आफ्नो छोराको नाम गिनिज बुकमा लेखाउने आमा सिन्थियाको धोको छ ।तथापि गिनिज बुकले पनि आफुले यस्तो प्रकारको विषयको अनुगमन नगर्ने र यस्तो कुनै रेकर्ड राख्ने नगरेको बताएको छ । आफ्नो छोरो भविष्यमा कम्प्युटर विज्ञानमा ठूलै मान्छे बन्ने भन्दै आमा सिन्थियाले छोराको शिक्षामा सहयोग गर्न बंगलादेशी सरकारसँग पनि आग्रह गरेकी छिन् ।
                               स्रोत:अनलाइन खबर

सरकार ढाल्ने कुरा चियाको कपमा उठेको तुफानमात्र : सापकोटा



 संवाददाता - एकीकृत नेकपा माओवादीका नेता अग्नि सापकोटाले सरकार ढाल्ने कुरा चियाको कपमा उठेको तुफानमात्र भएको बताएका छन् ।

उनले अविश्वास प्रस्ताव ल्याएर सरकार ढाल्न कांग्रेस र एमालेलाई चुनौती समेत दिएका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले माओवादी र मधेसवादीबीच एग्रिमेन्ट भईसकेको भन्दै अविश्वासको प्रस्ताव ल्याए फेस गर्न तयारर रहेको पनि बताएका छन् ।

कार्यक्रममा उनले मोहन वैद्य पक्षले बाबुराम सरकारलाई रौ जति पनि हल्लाउ नसक्ने पनि बताए ।
संविधान बनाएर निकास दिने अवस्थामा सरकार ढाल्छु भन्नुमा कुनै अर्थ नरहेको उनको भनाई थियो ।