Tuesday, May 1, 2012

'बिष्फोटमा जो मैले देखें'


                           'बिष्फोटमा जो मैले देखें'

 काठमाडौ, वैशाख १८ - माओवादीका सचिव सिपी गजुरेलको पत्रकार सम्मेलन बीचमै छाडी म साँढे ९ वजे रामानन्द चौक पुगेको थिएँ । गर्मीबाट जोगिन त्रिपाल झुण्ड्याएर प्रदर्शनकारीहरु बीच सडकमै धर्ना बसेका थिए । उनीहरु आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुँदै थियो । बीच बीचमा हँसी मजाकको दौड पनि चल्दै थियो । यसैबीचमा विमल शरणजी हातमा चिनीको झोला बोकेर आए । उनले मिथिला नाट्यकला परिषद्का कोषाध्यक्ष विष्णुकान्त मिश्रलाई चिनीको झोला थमाउँदै सर्वत बनाएर ल्याउन आग्रह गरे । विष्णुजीलाई चियाको अमल लागेको थियो । विष्णु, मिनाप अध्यक्ष सुनिल मल्लिक, पूर्व अध्यक्ष सुनिल मिश्र चिया पिउन भनि चौकको पूर्वतिर लागे । विमलजी आफै एउटा होटलमा गई सर्वत बनाएर ल्याए र सहभागीहरुलाई खुवाउँन थाले । सर्वतको पिइसकेपछि, कार्यक्रम स्थलमै राखिएको सुपारी बाँड्ने क्रम सुरु भयो । सुपारी बाड्ने काम मैले नै गरें । कागजमा राखिएको सुपारी बाँड्दै गर्दा पश्चिमतर्फबाट ठुलो आवाज आयो । म एक छिन मूर्तिवत्त भएँ । कानले सुन्न छाडयो । के भयो भनी ठम्याउँनै सकिन । पछि हेर्दा मेरो दाहिने पाखुरा र ओठमा पनि वमको छर्रा लागेको रहेछ । कार्यक्रम स्थलमा भागाभाग सुरु भयो । म पनि भागें । अलि परबाट हेर्छु परमेश्वर भैया (परमेश्वर कापडि) भुईमा लडी राहनु भएका थिए । रंजु रोई कराई गरिरहेकी थिईन । एक दाह्रीवाल पुरुषको आन्द्रा भुंडी बाहिर आई सकेको थियो । अरु पश्चिम तिर बस्नेहरु लम्पसार परेका थिए । यसैबीच रुदै कराउँदै सुनिल मिश्र र सुनिल मल्लिक आए । घाईतेहरुलाई अस्पताल लग्नु पर्यो भन्ने सल्लाह भयो । मैले परमेश्वर भैयाको अनुहारमा सर्वत पानी छर्केर होसमा ल्याएँ । सिकिस्त घाईतेहरुलाई प्रहरीकै भ्यानमा राखेर अस्पताल पुर्र्याइएको थियो । अन्यलाई भने एम्बुलेन्समा राखेर अस्पताल पुर्याइयो । पछि थाहा भयो, 'घटनास्थलमा मृत्यु हुने दाह्रीवाल पुरुष हामी सबैलाई सर्वत खुवाउँने विमल शरण नै थिए ।' ईकान्तिपुर डट कमबाट

No comments:

Post a Comment