लादेनका महत्वपूर्ण दस्तावेज सार्वजनिक
२१ वैशाख, काठमाडौं । अमेरिकी सेनाले अलकायदाका पूर्व नेता ओसामा बिन लादेनमाथि पाकिस्तानको ऐबोट्टाबादस्थित घरमा भएको कारबाहीका दौरान बरामद गरिएका दस्ताबेजहरु सार्वजनिक गरेको छ ।
सन् २०११ मे २ मा अमेरिकी सेनाले गरेको कारबाहीमा लादेन मारिएका थिए । दस्तावेज युएस मिलिठरी एकेडेमी कम्बाटिङ टेरेरिज्म सेन्टरको अनलाइनमा जारी गरिएको हो । दस्ताबेजमा अलकायताका नेता लादेन आफ्ना वरिष्ठ सहयोगीहरु मारिएको र संगठन समेत नचलेको चिन्तित रहेको वुझिन्छ । ६ हजारभन्दा बढी दस्ताबेजमा अहिले १७ बटा मात्र सार्वजनिक गरिएको छ ।
जसमा लादेनले आफ्ना साथीलाई लेखेको पत्र समेत संलग्न छ । यस्तै लादेनले आफ्नै हातले खेलेको डायरी समेत छ । यस्तै लादेनलाई उनका साथीहरुले खेलेको पत्र पनि रहेको छ । सार्वजनिक गरिएको जस्तावेजहरु सन् २००६ को सेप्टेम्बर देखि २०११ को अपि्रलसम्मका छन् । दस्तावेजका अनुसार लादेन मुसलमानहरु विभाजित भएकोमा चिन्तित रहेको पाइएको बीबीसीले जनाएको छ ।
इस्लामिक गजतमाथि आक्रमण गर्न सल्लाह दिएका उनी अमेरिकामाथि केन्द्रीत रहेको देखिन्छ । सन् २०११ को पत्रमा लादेनले अरब देशहरुमा भइरहेको क्रान्तिलाई महत्वपूर्ण घटना भनेका छन् ।
No comments:
Post a Comment