Monday, May 7, 2012

अनौठो देखियो सुपरमुन (फोटो फिचर)


अनौठो देखियो सुपरमुन (फोटो फिचर)

२४ वैशाख, काठमाडौं मेरो दिगाम । सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले परिक्रमा गर्ने क्रममा आज चन्द्रमा पृथ्वीबाट सवैभन्दा नजिक आउंदै छ ।
यसरी पृथ्वीको सवैभन्दा नजिक आएको चन्द्रमालाई अरु दिनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चहकिलो देख्न सकिन्छ । हरेक बर्ष एक दिन पृथ्वीको नजिक आइपुग्ने यही चन्द्रमालाई सुपरमुन भन्ने गरिन्छ ।
नेपाली समयअनुसार भोली बिहान ९ बजेर १९ मिनेटमा चन्द्रमा पृथ्वीको सवैभन्दा नजिक आएपनि अमेरिकासहित बिश्वका अन्य मुलुकमा त्यहांको समयअनुसार नजिक देखिएका सुपरमुनका रमाइलाई दृष्यहरु बिभिन्न एजेन्सीको सहयोगमा हामीले प्रस्तुत गरेका छौं ।

लेवनानको हारामौन पहाडमा सूर्य झैं उदाउँदै गरेको फुलमुन
न्यूजिल्याण्डको अकुल्याण्डस्थित माउन्ट इडनबाट देखिएको सुपरमुन

एरिजोनाको पापागो पार्कमा फुलमुनको पृष्ठभूमीमा दौडिरहेका पैदलयात्री
लसएन्जलसमा फुल मुनको पृष्ठभूमीमा उडिरहेको हेलिकोप्टर
लस एन्जलसको काइट टावरछेवैमा फुलमुन
क्यानडाको टोरन्टोस्थित ओन्टारियोमा टावरको छेउमा सुपरमुन

No comments:

Post a Comment