निर्माता छविराज ओझाले नायिका रेखा थापालाई छोडेका छन् । पारपाचुकेको हल्ला चलिरहेका बेला निर्माता छविराज ओझाले आफ्नी पत्नीको नाममा रहेका रेखा फिल्मस् नामको व्यानर र पत्नी रेखा थापालाई नै छाडेर नयाँ चलचित्र बनाउने भएका छन् ।
निर्माता ओझाले रेखा फिल्म र रेखालाई छोड्न कै लागि छविराज प्रोडक्सन नामको फिल्म निर्माण कम्पनी दर्ता गरेका छन् । छविराज ओझाले छिट्टै बनाउन लागेको चलचित्रमा रेखा थापालाई समावेश नगर्ने भएका हुन् । चलचित्रका नामको न्वारन भैं नसके पनि निर्देशकमा सविर श्रेष्ठलाई ओझाले चयन गरेका छन् । तर यो चलचित्रमा पत्नी रेखालाई नराखेपछि छविले अर्की रेखालाई भने समावेश गरेका छन् ।छविको चलचित्रमा समावेश भएकी उनी हुन संगीतकार रेखा पौडेल । चलचित्रमा उनको संगीत रहने निर्माता ओझाले बताए । उनले भने निर्देशक र संगीतकारको टुङ्गो लाग्यो तर कलाकारको भने लागेको छैन । तर रेखा फिल्मबाट चलचित्र नबनाउने भएपछि ओझाले आफ्नै नामबाट नयाँ कम्पनी दर्ता गरेका हुन् ।
समचार डीसी नेपाल बाट
No comments:
Post a Comment