२५ वैशाख, धनगढी । अखण्ड सुदूरपश्चिमको माग गदै आव्हान गरिएको सुदूरपश्चिम बन्द ११ दिन पुग्दा पनि जारी रहेको छ । बन्दको अनिश्चिततासँगै उक्त क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । बजार, उद्योग, सरकारकारी कार्यालय र वित्तिय संस्थाहरु ठप्प रहेका छन् ।
बैंकहरु र एटिएम सेवासमेत बन्द रहेका कारण सर्बसाधारण वेखर्ची बनेका छन् । उपचारका लागि आकस्मिक खर्चकोसमेत अभाव देखिन थालेको छ । प्रमुख तीन दलका शीर्षस्थ नेताहरुले बन्द-हड्तालप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको भन्दै बन्द फिर्ता लिन आग्रह गरेपनि आन्दोलनकारीले राज्यको पुनर्संरचना गर्दा अखण्ड सुदूरपश्चिम कायम गर्ने प्रतिबद्धता जाहेर नगर्दासम्म आफ्नो आन्दोलन जारी रहने भन्दै बन्द यथावत राखेका छन् ।
No comments:
Post a Comment