
प्रधानमन्त्रीले उक्त क्षेत्रको अवलोकन गर्दै ।
सिराहाको औरही गाविसमा भएको आगलागीको अवस्था बुझ्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज सिरहा जाँदै हुनुहुन्छ । हिजो दिउँसो दुई बजे गाविसको पश्चिम भागमा रहेको औरही–३ का नथुनी यादवको घरबाट सल्केको आगो फैलिएर गाविसको छ वटा वडाका घर पूर्ण रुपले जलेको हो । नथुनी यादवको घरमा आगलागी भएपछि सोही बेला चलेको तातो हावाले आगोलाई विकराल बनाएको थियो । ३ देखि ८ वडासम्मका करीब १५ सय घरपरिवारका तीन हजारभन्दा बढी घरमा आगलागी भएको बताइए पनि यकिन तथ्यांकका लागि रेडक्रसले सर्वेक्षण गरिरहेको छ । आगलागीबाट गाविसका पाँच हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । ६ हजार जनसंख्या रहेको गाविसमा १, २ र ९ नम्बर वडाका करीब ८ सय जनाको ३ सय ५० घर मात्र बचेको बताइन्छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् भने तीन जना बेपत्ता र एक बालकको उपचारको क्रममा आज मृत्यु भएको छ । बेपत्ता भएका तीन जनाको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उता, सिरहामा क्रियाशील बिभिन्न संघसंस्थाले पीडितका लागि खानपानको व्यवस्था मिलाएका छन् ।
No comments:
Post a Comment