
काठमाडौ, वैशाख २१ - अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सबै मन्त्रीहरु सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कोही पनि सहमतीय सरकारको बाधक नरहेको बताए ।
मन्त्रिपरिषद् बैठकपछि सिंहदरवारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आवश्यकता अनुसार सबै मन्त्री आफ्नो पद त्यागका लागि तयार रहेको जनाए । उनले राजनीतिक उच्च तहमा भएको सहमति अनुसार राष्ट्रिय सरकार गठन हुने भए सबैले राजीनामा गर्न सक्ने संकेत दिए ।
मन्त्रिपरिषद् विघटन गरी कांग्रेस र एमालेलाई समेत सहभागी गराएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने उच्च राजनीतिक तहमा बुधकार सहमति भएको थियो । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले मन्त्रिपरिषद्को विघटनको सहमति नभएको भन्दै केही मन्त्रालय हेरफेर गरेर कांग्रेस र एमालेलाई सरकारमा सहभागी गराइने बिहीबार बिहान अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले बिरोधाभास उत्पन्न भएको थियो ।
No comments:
Post a Comment