भिडियो अश्लिल भएको भन्दै चलचित्र 'जिन्दगानी दर्पण छाँया'को एउटा आइटम गीत र भिडियोलाई नेपाल टेलिभिजनले प्रसारण हुनबाट रोक लगाएको छ । नायिका सुष्मा कार्कीको आइटम नृत्य रहेको 'यति यति पानी गंगै रानी' बोलको गीतमा नेपाल टेलिभिजनले प्रतिबन्ध लगाएको हो । चलचित्रको प्रवद्र्धनका लागि नेपाल टेलिभिजन र प्लसमा देखाएको दुई हप्तापछि गीतमाथि प्रतिवन्ध लगाइएको चलचित्रका निर्देशक मनिष पन्तले जानकारी दिनुभयो । टेलिभिजनले भिडियो अश्लिल भन्दै रोक लगाएको हो । रोहित पुरी निर्माता रहेको चलचित्र जिन्दगानी दर्पण छाँयाको यो गीतमा पुष्पा पौडेलको स्वर छ । |
Thursday, May 3, 2012
अश्लिल भएको भन्दै 'जिन्दगानी दर्पण छायाँ'को गीतलाई प्रतिबन्ध
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment