दरबार हत्याकाण्डपछि निरास र एक्लो महसुस गर्दै आउनुभएकी पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह पूर्वराजाले नारायणहिटी दरबार छाडेर नागार्जुन दरबार गएपछि पाँच वर्षको अवधिमा अहिलेसम्म नौ पटक मात्र बाहिर निस्कनुभएको छ। छोरा ज्ञानेन्द्रले रत्नलाई पटकपटक आफूसँगै बस्ने आग्रह गर्दा समेत उहा“ले इन्कार गर्दै आउनुभएको छ। ‘कतिपटक त घर सर्ने विषयमा आमा र छोराबीच भनाभनसमेत भएको थियो, आमा रत्नले नमानेपछि दुवैबीच केही बेर बोलचालसमेत हु“दैनथ्यो’ –दरबार निकट स्रोतले नेपाल समाचारपत्रस“ग भन्यो। एक्लै बस्न मन पराउने मुमा रत्न आफ्नो श्रीमानले बनाएको महेन्द्र मञ्जिललाई छाडेर आफू कतै नजाने प्रण गर्नुभएको छ। ‘म यही दरबारमै जिन्दगी बिताउन चाहन्छु, मलाई कुनै घर र दरबार चाहिँदैन’, छोरा एवम् पूर्वराजा ज्ञानेन्द्रसँग हुने गरेको कुराकानीका क्रममा रत्नले भन्ने गर्नुहुन्थ्यो– ‘मलाई यहीं ठीक छ।’ पछिल्लो पटक आमाको मुख हेर्ने दिन महेन्द्र मञ्जिल पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आमासँग दुई घण्टा व्यतीत गर्नुभएको थियो। ‘राजाको शासन हुँदा प्रत्येक सोमबार सबै परिवारसँग भेटघाट हुने प्रचलन अहिले हराइसकेको छ। अब त बिरलै भेट हुने गरेको छ, आमा रत्न दरबार छोडेर कतै जानु हु“दैन, पूर्वराजाको परिवार आक्कलभुक्कल मात्र आउ“छ’ –स्रोतले भन्यो। एक दर्जनको संख्यामा रहेका सुसारे, बज्यै र आफ्न केही कर्मचारीसँगa बस्दै आउनुभएकी रत्नले आफ्ना छोरा, बुहारी नातिनातिनालाई मात्र भेट गर्ने गर्नुभएको छ। ‘भेट गर्न समय माग गर्न आउनेको संख्या थुप्रै भए तापनि उहा“ले हालसम्म कसैलाई समय दिनुभएन’ –स्रोतले भन्यो। ‘केही दिनअघि नेपाल संस्कृत विश्वविद्यालयका उच्च अधिकारीले भेट्ने प्रयास गरेका थिए, उँहाले इन्कार गर्नुभयो’ –स्रोतले भन्यो। बिहान पूजापाठ, त्यसपछि आराम गर्ने गर्नुभएका पूर्वमुमाबडामहारानी रत्नले दिउँसो २ बजे खाना खाने र राति एक गिलास मात्र दूध खाएर सुत्ने गर्नुभएको छ। माथिल्लो कोठामा बस्दै आउनुभएकी रत्न दिनभर एक्लै बस्ने गर्नुभएको छ। ‘दरबार हत्याकाण्डपछि उहांको दैनिकी पूरै परिवर्तन भएको छ, न कोहीसँग त्यति धेरै बोल्नुहुन्छ, न त हाँसखेल नै’ –स्रोतले भन्यो। भदौ ४ गते ८४ वसन्त पार गर्न लाग्नुभएका मुमाबडामहारानी रत्नले ८४ वर्ष नमनाउने हुनुभएको छ। विशेष गरी हिन्दु परम्पराअनुसार ८४ वर्ष विषेष पूजा गरी मनाउने प्रचलन छ। ‘खै के भयो उहँलाई जन्मदिनको इच्छा नै छैन, यसअघि पनि राम्रोसँग मनाउनुभएन’ –स्रोतले भन्यो। उमेरका कारणले गर्दा त्यति हिँडडुल गर्न नसक्ने उहाँलाई हरेक मंगलबार राजपरिवारका चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठले नियमित परीक्षण गर्ने गर्नुभएको छ। १० जना सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहँदै आउनुभएका पूर्वमुमाबडामहारानी दिनभर आफ्नै कोठामा बस्दै आउनुभएको छ। नेपाल समाचार पत्रबाट
No comments:
Post a Comment