| सशस्त्र प्रहरीले बुधबार महोत्तरीको बिसपिट्टी गाविसबाट १५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। | |
| गौशाला, ८ जेठ । सशस्त्र प्रहरीले बुधबार महोत्तरीको बिसपिट्टी गाविसबाट १५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । भारततर्फ तस्कारीका लागि राखिएको अवस्थामा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले बिसपिट्टी–७ स्थित सडकमा बा.९प.८८४५ नम्बरको मोटरसाइकलसहित १५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद चौधरीले बताउनुभयो । बरामद गरिएको गाँजा बुधबार नै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा जलाएर नष्ट गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले भारतबाट तस्कारी भइआएको औषधि, किरानाका सामान, मोटरपार्टस, खानेतेल, बिस्कुटलगायतका करिब एक लाख मुल्य बराबरको सरसामान बरामद गरेको छ । सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै गाँजा तस्कर र सरसामान छाडेर भागेका थिए । बरामद गरिएका सरसामान आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय |
Wednesday, May 21, 2014
लागुऔषध गाँजा बरामद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment