| पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा को नम्बर वान भन्ने होड नै चलेको छ। | |
![]()
डिसीनेपाल डटकम संवाददाता - पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा को नम्बर वान भन्ने होड नै चलेको छ ।
फिल्मको बजार त्यति उत्कृष्ट नभएपनि कलाकारबीचको प्रतिस्पर्धा कम भएको छैन । को भन्दा को कम भन्ने यो जमानामा अभिनेत्री निशा अधिकारीले भने प्रतिस्पर्धा गर्न आफुलाई कुनै रुची नभएको बताएकी छिन् । एक अनलाई पत्रिकाको अन्तर्वार्तामा निशालेआफूलाई नम्बरमा कुनै होडबाजी नभएको बताएकी हुन् ।
फिल्म ‘फस्ट लभ’ को सफल व्यापारसँगै अभिनेत्री निशा अधिकारीको व्यस्तता ह्वात्तै बढेको थियो । सर्वोच्च शिखर सगरमाथाको सफल आरोही निशाको भागमा पछिल्लो समय कम फिल्म छन् ।
पछिल्लो समय चलेका नायिका प्रियंका कार्की, नम्रता श्रेष्ठ, केकी अधिकारी र ऋचा शर्मासँग आफ्नो कुनै प्रतिस्पर्धा नै नरहेको जेठ ३० गते प्रदर्शन हुने ‘मुखौटा’की निशाले बताईन् ।
फिल्ममा काम गर्नु केवल आफ्नो चाहना भएको भन्दै फिल्म खेलेर नाम र दाम कमाउनु उद्धेश्य नभएको बताएकी छिन् ।
|
Wednesday, May 21, 2014
मेरो कसैसँग प्रतिस्पर्धा छैन: निशा अधिकारी
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment