Thursday, May 3, 2012

‘प्रधानमन्त्रीले के अपराध गर्नु भएको छ र राजीनामा दिने ?’


‘प्रधानमन्त्रीले के अपराध गर्नु भएको छ र राजीनामा दिने ?’

२१ बैशाख, काठमाडौं । सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमतीय सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने कांग्रेस-एमालेको माग अस्वीकार गरेका छन् ।
सहमतीय सरकारका लागि सबै मन्त्री राजीनामा दिन तयार रहेको तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै हालतमा राजीनामा दिन नहुने मधेसी मोर्चाको भनाई छ । सिंहदरवारमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेसी मोर्चाको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले प्रधानमन्त्रीले के अपराध गर्नु भएको छ र राजीनामा दिने भनि प्रस्न गर्नु भएको छ । ‘सेना समायोजन गर्नु, संविधान निर्माणको वातावरण बनाउन अपराध हो’ त्रिपाठीले भन्नुभयो-’प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस-एमालेको लघुताभाष-सानो चित्त) मात्र हो ।’
यसअघि माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच भएको छलफलमा पनि मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका थिए । उपप्रधानमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्ताको साँचो आफूसँग रहेको भन्दै किन डराएको भन्दै प्रधानमन्त्रीसँग प्रश्न गर्नु भएको थियो ।

यसरी पो रहेछ कुरा विग्रेको ?


यसरी पो रहेछ कुरा विग्रेको ?

२१ बैशाख, काठमाडौं । बाबुरामकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेर बुधबार साँझ संविधानसभा भवनबाट उज्यालो अनुहार लिएर बाहिरिएका नेताहरुबीच अचानक मनपेट अमिलो हुनेगरि कुरा नमिल्नुका पछाडी एक गोप्य वैठकले भूमिका खेलेको रहस्य खुलेको छ ।
‘बाबुराम भट्टराईलाई राजीनामा नगराई सरकारमा जानु हुँदैन’ भन्दै एमाले, माओवादी र कांग्रेस नेताहरुले गठवन्धन गरेपछि बिहीबार अपरान्ह हुने भनिएको लिखित सम्झौता र मन्त्रीहरुको राजीनामा रोकिएको छ । सहमतिबाट आत्तिएको माओवादीको वैद्य समूह, एमालेको केपी ओली समूह र कांग्रेसको रामचन्द्र पौडेल र रामशरण महतसहितको समूहले सहमति भाँड्न बिहीबार दिनभर कसरत गर्‍यो ।
स्रोतका अनुसार उनीहरुबीच बुधबार दिउँसो संविधानसभा भवनमै घण्टौंसम्म गोप्य वार्ता भएको थियो । छलफलमा उनीहरुले बाबुराम भट्टराईलाई कुनैपनि हालतमा सहमतीय सरकारको नेतृत्व दिन नहुने भन्दै अबिश्वास प्रस्ताव ल्याएरै भएपनि हटाउनुपर्नेमा एकमत भएका थिए ।
बैठकमा एमालेका ओलीसहित भीम रावल र इश्वर पोखरेल, माओवादीका मोहन वैद्य, बादल र देव गुरुङ तथा कांग्रेसबाट रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी र रामशरण महत सहभागी थिए । बैठकपछि संबिधानसभा भवन परिसरमा रहेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने-’बाबुरामले राजीनामा नदिए बरु अबिश्वास प्रस्ताव ल्याएर हटाउँछौं, तर उनको नेतृत्वमा सरकारमा जान्नौं ।’
उनीहरुकै कारण साँझबाट सुरु भएको कार्यदल बैठक र शीर्ष वैठक पनि कुरा मिल्न सकेको छैन् । बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने-’हिजो सहमति गर्नेहरुको स्वर मधुरो भएको छ, भाँड्न खोज्नेहरुको स्वर चर्को भएको छ ।’ छलफलमा उनीहरु नै हावी भएका छन् र हिजो भएका सहमतिलाई पुरै उल्टाउने प्रयास गरिरहेका छन् । सोही कारण अपरान्ह बसेको एमाले स्थायी समिति बैठकमा पनि बाबुरामले राजीनामा नदिएसम्म सरकारमा नजाने निर्णय भएको बताइएको छ ।
बुधबार बिहानदेखि प्रचण्ड, कृष्ण सिटौला, माधव नेपाल र बिजयकुमार गच्छदारको कार्यदल सम्झौताको मस्यौदा बनाउन तल्लिन रहेपनि तीनै दलका केही नेताहरुको ध्रुवीकरणका कारण मस्यौदाले समेत अन्तिम रुप लिन सकेको छैन् ।
सहमति खोजिरहेका तीनै दलका नेताहरुले भने बुधबारकै सहमति अनुसार प्रधानमन्त्रीबाहेक अन्य सवै मन्त्रीलाई सामुहिक राजीनामा गराउने र कांग्रेस एमाले सम्मिलित नयाँ मन्त्रिपरिषद् बनाउनुपर्ने प्रस्ताव गरिरहेका छन् । हिजोको सहमति भांडिने अबस्था आएपछि मधेसी मोर्चाका नेताहरुले बरु अबिश्वास प्रस्ताव सामना गर्ने तर प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा गर्न नहुने अडान लिन थालेका छन् ।
दलहरुबीच संविधानसभा भवन परिसरमा अहिलेपनि सहमतिका लागि छलफल जारी छ । बैठकस्थल बाहिर आएका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र माओवादी नेता बर्षमान पुनले सहमतिको दस्तावेज तयार भइरहेको र त्यसलाई अन्तिमरुप दिने प्रयास भइरहेको बताए ।

दलहरुबीच वर्तमान मन्त्रीमण्डल विघटनको सहमती


दलहरुबीच वर्तमान मन्त्रीमण्डल विघटनको सहमती 

अश्लिल भएको भन्दै 'जिन्दगानी दर्पण छायाँ'को गीतलाई प्रतिबन्ध


 
 भिडियो अश्लिल भएको भन्दै चलचित्र 'जिन्दगानी दर्पण छाँया'को एउटा आइटम गीत र भिडियोलाई नेपाल टेलिभिजनले प्रसारण हुनबाट रोक लगाएको छ । नायिका सुष्मा कार्कीको आइटम नृत्य रहेको 'यति यति पानी गंगै रानी' बोलको गीतमा नेपाल टेलिभिजनले प्रतिबन्ध लगाएको हो ।

चलचित्रको प्रवद्र्धनका लागि नेपाल टेलिभिजन र प्लसमा देखाएको दुई हप्तापछि गीतमाथि प्रतिवन्ध लगाइएको चलचित्रका निर्देशक मनिष पन्तले जानकारी दिनुभयो । टेलिभिजनले भिडियो अश्लिल भन्दै रोक लगाएको हो । रोहित पुरी निर्माता रहेको चलचित्र जिन्दगानी दर्पण छाँयाको यो गीतमा पुष्पा पौडेलको स्वर छ ।

चलचित्र सायदको टपटेन डायलग



 - अहिले मलका स्क्रिन, हल ट्रेलर, टेलिभिजन, रेडियोमा जतासुकै हेर्नु र सुन्नु भयो भने एउटा डायलग सुन्नुहुनेछ -नाइन एइट् फोर वान..बाँकी सबै आफै हान् । यो डायलग (संवाद) यति चर्चित बनेको छ कि कलेज, क्यान्टिन, रेष्टुराँ र सार्वजनिक थलोमा समेत तन्नेरीले मोबाइल संवादमा यो डायलग बोल्ने गरेका छन् । अभिनेता विल्सनविक्रम राई अन्तवार्ता दिन टिभी र रेडियो छिर्‍यो कि यो डायलग बोलिहाल्छन् । 'बल हैन पासा, दिमाग लगा दिमाग' लुटको यो डायलग यति चर्चित भयो कि त्योभन्दा उचाइमा ‘सायद’को यो संवाद चलेको छ ।

‘सायद’का टपटेन डायलग यहाँ प्रस्तुत गरिएको छ । पछिल्लो समय सिनेमामा यथार्थ जीवनको कुराकानीलाई संवादको स्वरुप दिने ट्रेन्ड विकास भएको छ । छोटो, मीठा, मर्मस्पर्शी, उखान र बोलिचालीमा प्रयोग गरिने भाषालाई सिनेमाले टिप्न थालेको छ । जस्तै ‘सायद’का यी डायलगले कलेज तन्नेरीको मनोविज्ञान र शैलीलाई गजबले प्रतिविम्वित गरेको छ ।

१) नाइन् एइट् फोर वान..बाँकी सबै आफै हान् ।
२) बाजा भाडामा नलिएर के सारङ्गी भाडामा लिने ?
३) यो बबाल चीज कसले बनायो होला, त्यसलाई हाम्रो कलेजमा लगेर सम्मान गर्नुपर्ने ।
४) जाबो इलेभेनमा पढ्नेलाई भाइ नभनेर, के दाई भन्नु ?
५) मलाई कोरियन फर्सी भन्यो भने, भोलिदेखि नेपाल बन्द् ।
६) कलेज प्रिन्सिपल र फाउन्डरको मात्र होइन, हामी स्टुडेन्टहरूको पनि हो ।
७) तेरो दाईलाई त उल्टो फर्काएर देखाइदिनुपर्ने ।
८) तेरो बूढी च्वाँख लाग्यो, त्यसलाई उठाउनलाई हो ।
९) गए हाम्रा गाँजा खाने दिनहरू ।
१०) सुड्डी अन्टीहरूसँग लभ गर्‍यो, टेन्सन पनि हुन्न ।

मन्त्रीहरु पद छाड्न तयार

barsa man pun
काठमाडौ, वैशाख २१ - अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सबै मन्त्रीहरु सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कोही पनि सहमतीय सरकारको बाधक नरहेको बताए ।
मन्त्रिपरिषद् बैठकपछि सिंहदरवारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आवश्यकता अनुसार सबै मन्त्री आफ्नो पद त्यागका लागि तयार रहेको जनाए । उनले राजनीतिक उच्च तहमा भएको सहमति अनुसार राष्ट्रिय सरकार गठन हुने भए सबैले राजीनामा गर्न सक्ने संकेत दिए ।
मन्त्रिपरिषद् विघटन गरी कांग्रेस र एमालेलाई समेत सहभागी गराएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने उच्च राजनीतिक तहमा बुधकार सहमति भएको थियो । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले मन्त्रिपरिषद्को विघटनको सहमति नभएको भन्दै केही मन्त्रालय हेरफेर गरेर कांग्रेस र एमालेलाई  सरकारमा सहभागी गराइने बिहीबार बिहान अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले बिरोधाभास उत्पन्न भएको थियो ।


Wednesday, May 2, 2012

जनकपुरमा फेरि विष्फोट

जनकपुरको रामानन्द चोकमा फेरि बम विष्फोट भएको छ । केही बेर अगाडि चोक नजिकै रहेको राम जानकी सिनेमा हल अगाडि बम विष्फोट भएको हाम्रा संवाददाताले जनाएका छन् । घटनाको थप विवरण आउंन बांकी छ ।
समाचार  इमेज बाट सबार