| सशस्त्र प्रहरीले बुधबार महोत्तरीको बिसपिट्टी गाविसबाट १५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। | |
| गौशाला, ८ जेठ । सशस्त्र प्रहरीले बुधबार महोत्तरीको बिसपिट्टी गाविसबाट १५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । भारततर्फ तस्कारीका लागि राखिएको अवस्थामा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले बिसपिट्टी–७ स्थित सडकमा बा.९प.८८४५ नम्बरको मोटरसाइकलसहित १५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद चौधरीले बताउनुभयो । बरामद गरिएको गाँजा बुधबार नै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा जलाएर नष्ट गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले भारतबाट तस्कारी भइआएको औषधि, किरानाका सामान, मोटरपार्टस, खानेतेल, बिस्कुटलगायतका करिब एक लाख मुल्य बराबरको सरसामान बरामद गरेको छ । सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै गाँजा तस्कर र सरसामान छाडेर भागेका थिए । बरामद गरिएका सरसामान आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय |
Wednesday, May 21, 2014
लागुऔषध गाँजा बरामद
विद्यालयको तालाबन्दी खुल्ने
| निजी तथा आवासीय विद्यालयले कानुन विपरीत शुल्क वृद्धि गरेकोविरुद्ध आन्दोलनरत् विद्यार्थी सङ्गठनले विभिन्न विद्यालयमा गरेको तालाबन्दी खुलाउने भएको छ। | |
![]()
काठमाडौँ, ७ जेठ - निजी तथा आवासीय विद्यालयले कानुन विपरीत शुल्क वृद्धि गरेकोविरुद्ध आन्दोलनरत् विद्यार्थी सङ्गठनले विभिन्न विद्यालयमा गरेको तालाबन्दी खुलाउने भएको छ । करिब दुई हप्तादेखि विभिन्न विद्यालयका लेखा शाखामा गरिएको तालाबन्दी भोलिदेखि खुल्ने भएको हो ।
शिक्षा विभागमा आज विद्यालय सञ्चालक, आन्दोलनरत् विद्यार्थी सङ्गठन र अभिभावक सङ्घबीच भएको वार्तामा निजी विद्यालयले नियविपरित शुल्कवृद्धि गरेका विद्यालयले अर्को महिनाको मासिक शुल्कमा समायोजन गर्ने, नियमविपरीत सञ्चालित विद्यालयहरुमा जेठ महिनाभित्र अनुगमन गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायतका सहमति भएपछि सङ्गठनले तालाबन्दीलगायत आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वार्तामा सहभागी अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार मनपरीरुपमा शुल्कवृद्धि गर्ने विद्यालयहरुमा उच्चस्तरीय अनुगमन समितिले अनुगमन गर्ने, शुल्क पुनरावलोकनका लागि सिफारिस गर्नेलगायत विषयमा छलफल भई सहमति भएको जानकारी दिनुभयो । रासस |
Thursday, October 10, 2013
विजया दशमी तथा दिपावली को शुभकामाना
फलोस फुलोस जीवन सयपत्री सरी ॥
मौलायोस सफलता जमरा सरी ॥
उदायोस खुशी विहानी को किरण सरी ॥
चम्कियोस भाग्य सप्तरङगी निधार
को टिका सरी ॥
!!!!!!! हाम्रो महान चाड !!!!!!!!!
विजया दशमी तथा दिपावली को शुभ उपलक्ष्यमा हजुरको शुख शान्ती समृद्धि तथा उत्तरोतर प्रगती को हर्दिक मँगलमय शुभ-कामना सम्पूर्ण आफन्त अनी साथिहरुमा विजयदशमी २०७० को मंगलमय शुभकामाना
मौलायोस सफलता जमरा सरी ॥
उदायोस खुशी विहानी को किरण सरी ॥
चम्कियोस भाग्य सप्तरङगी निधार
को टिका सरी ॥
!!!!!!! हाम्रो महान चाड !!!!!!!!!
![]() |
कसैको दशैं खसी र बोकोमा कसैको डोकामा
प्रेम सुनार असौज–२४, गुल्मी ।
बिहान भालेले डाको नछाड्दै एक डोको बेलौती (अम्वा ) को भारी बोकेर तम्घासतिर हिडेकी दर्लामचौरकी ८० वार्षया रुमकला अधिकारीलाई ९ वजेतिर तम्घासमा अम्बा बेच्न आएकी दशैंमा नुन भुटुनको जोह कसरी गर्ने हो भन्ने चिन्ता छ ।
उमेर कति भो आमा ? औला भाँच्दै ‘चार विसा ’ जवाफ दिने उनिलाई दशैंमा दुईचार सय कमाएर दिने कोहि छैन् । चार वर्ष अघि श्रीमानको मृत्यु भएर एकल बनेकी उनि तिन छोराहरु भारतमा भए पनि दुख नदेख्ने गरेको बताउ छिन् । ‘१० बर्ष भयो छोराहरु दिल्ली तिर ह्डिने थालेको रुमकलाले भनिन्–‘ उनिहरुको ज्यान पाल्दैमा ठिक्क छ , म बुढिको दुख देख्ने कोही छैन् । ’
अघि पछि आए पनि दशैंमा छोराहरु नआएको दश वर्ष भएको कलेश गर्ने उनि छिमेकी भाई भतिजा आउँदा दशैमा रित्तो हात फर्काउन नपरोस् भनेर दुई चार सय रुपैयाँको जोह गर्न हिडेको बताउछिन् ।
उन कै छिमेकी कुमाल समुदायका महिलाहरुको दशैं पनि रात दिन डोकामा निर्भर छ । त्यस गाविस सहित अमरपुर, ईस्मा रजस्थल, हस्तीचौरका कुमाल समुदायका महिलाहरु अर्घखाँची, बाग्लुङ्ग सम्म माटो बेच्न हिडेर दशैको जोह गर्दै छन् । यि ताका त्यस भेगका कुमालहरु अर्घखाँचीको मरेङ्ग, भगवती, अर्घातोष , ठुलापोखरा लगायतका स्थानमा हलो जोत्न जान्थे र दशैं खर्च बनाएर फर्किन्थे तर अहिले त्यही काम पनि नपाएर रित्तो हात फर्किएका छन् ।
वुल्मका विरबहादुर कुमाल सहित २० जना त्यस भेगकका कुमालहरु अर्घाखाँचीका ति स्थानहरुमा हलो जोत्ने काम खोज्न भौतारिए तर सवका घरमा जोत्ने हाते ट्याक्टर भित्रिए पछि उनिहरुलाई काम दिने कोहि भएनन् । स्थानिय संञ्चारकर्माी दिपेन्द्र श्रेष्ठका अनुसार उनिहरु एक हप्ता सम्म भौतारिदा खाने खर्चा नभएर चाउचाउ खाएर फर्किए । अहिले ति गाविसमा जोत्ने ट्याक्टर भित्रिए पछि उनिहरुले ल्याएका १२ हल गोरु पनि फर्किएको श्रेष्ठले बताए ।
उता वाङ्गलुङ्ग जलजलाबाट डाला बेच्न हिडेका मगर बन्धुहरु पनि तम्घास मै छन् । सम्पन्न परिवारको घर घरमा खसी र बोका तयारी हुँदा उनिहरुका लागि चारपाँच सयको मासु , नुन तेल चामलको जोह गर्न त्यो मुस्कील-नियाल्न सक्ने हो भने दशैं मित्तब्ययी बनाउन सकिन्थ्यो कि ?
तस्वीर -एडमिन प्रेम सुनार
Wednesday, October 9, 2013
आफ्नो पार्टी चुनावको लडाईमा छ ः काँग्रेस
संगिता कुवँर
गुल्मी, असौज १९ । हिन्दु नेपालीहरुको महानपर्व बडादशै तथा शुभ दिपावलीको अवसरमा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. ३ ले आज सदरमुकाम तमघासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आसन्न संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चित रहेको दावी गर्दै निर्वाचनलाई मध्यनजर गरेर आफ्ना गतिविधीहरुलाई थप सशक्त बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनीहरुले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता प्रेमनाथ अर्यालले शान्ति र विकासको पक्षमा रहेको प्रजातान्त्रिक शक्तिको सधै विजयी हुने बताउनुभयो । उहाँले बामपन्थी पार्टीहरुको जस्तो व्यवहार र प्रबृतिबाट प्रजातन्त्रबादी शक्तिहरु सधै टाढा रहनुपर्ने बताउँदै ती शक्तिहरु व्याक्तिको पक्षमा नभई संस्थाको हितको पक्षमा सधै लागिरहेको दावी गर्नुभयो । अन्याय, अत्याचार तथा आसुरी प्रवृतिको नास गरिएको खुशीयालीमा मनाईने यस पर्वले मुलुकमा विद्यमान अन्याय अत्याचार तथा विभिन्न व्याक्ति तथा राजनीतिक दलहरुमा विद्यमान आसुरी प्रबृतिको अन्त्य गर्न टेवा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै विशेष अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेद्वार त्रैलोक्यप्रसाद सेनले जित्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।
निर्वाचनको युद्ध संग्राममा आफुहरु उत्रिएको र त्यसका लागि तैयारीका साथ लागिरहेको बताउँदै उम्मेद्वार सेनले न्याय र सत्यको पक्षमा साथ दिन आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । नेपाली काँग्रेसका सचिव छन्द पहराईले गर्दैै नगरेका काम पनि अरु दलका कार्यकर्ताहरुले हामीले गरेको भनिरहँदा काँग्रेसले केही भन्न नसक्ने तर आफुले गरेका राम्रा कामको विषयमा जनसमुदायलाई जानकारी गराउन नसकिरहेको बताउनुभयो । उहाँले अव काँग्रेस विगतका कमी कमजोरीलाई हटाउँदै एक भएर राष्ट्रियता, प्रजातन्त्र र समाजबादको पक्षमा पुर्ण प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । पहराईले समानता र इन्साफको आधारमा संबृध समाजको पुनर्निर्माण गर्नु काँग्रेसको आकांक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रोम विश्वकर्मा, महासमिति सदस्य विष्णु पन्थी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी, युवराज भण्डारी, तेजेन्द्र थापा मगर लगायतका वक्ताहरुले नेपाली काँग्रेसले राजनीति स्वतन्त्रताका साथै आर्थिक समानताको आधारमा उभिएको प्रजातन्त्रबादलाई आफ्नो आदर्श मानेर निर्वाचनमा एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी, पत्रकार तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो । क्षेत्रीय समिति सभापति दामोदर भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि युवराज अर्यालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने क्षेत्रीय सचिव रेखाकुमार जिसीले गर्नुभएको थियो

एमाओवादी गुल्मीको चुनावी अभियान तिब्र
प्रेम सुनार
असौज २३, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मीले चुनावी अभियानलाई तिब्र पारेको छ । उसले क्षेत्र नम्वर १ को २५ वटै गाविसमा चुनावी अभियान सुरु गरेको छ । त्यस्तै क्षेत्र नम्वर २ र ३ का पनि पुरै गाविसमा चुनावी अभियान तिब्र परेका सो पार्टीका निर्वाचन परिचालन समितिका संयोजक दिनेश पन्थीले बताए । उनका अनुसार क्षेत्र नम्वर १ को निर्वाचन परिचालन समितिको संयोजक युवराज के सीको नेतृत्वमा अभियना तिब्र पारिएको छ । क्षेत्रिय परिचालन समितिका संयोजक के सींका अनुसार सो क्षेत्रको सम्पर्क कार्यालय जोहाङ खैरेनीमा स्थापनमा भएको छ । त्यस्तै क्षेत्र नम्वर २ को तम्घासमा र क्षेत्र नम्वर ३ को सिमलटारीमा स्थापना भएको छ ।
एमाओवादीले जिल्लाको क्षेत्र नम्वर ३ मा चुनावी अभियान अलि बढि तिब्र पारेका देखिएको छ । हस्तीचौरबाट सुरु गरिएको अभियान दर्लामचौर, दोहोली, ईस्मारजस्थल, छापहिले, अर्जै, अमरपुरमा पुगेको क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष भरत पाण्डेले बताए । उनका अनुसार आज अमरपुरबाट एमालेका सक्रिय कार्यकर्ता कृष्णबहादुर थापा र टोपेन्द्र सिंह महार्जन एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
अभियानका क्रममा ३ नम्वर क्षेत्रका उमेदवार वामदेव क्षेत्रिले अव ब्याक्ति बिशेषका लागि काम गर्ने नेता होईन, समाज र देशका लागि काम गर्ने नेता छान्न जनतासंग आग्राह गरेका छन् । ब्याक्ति बिशेष गरी समाजका हुने खाने टाउकेहरुलाई अगाडी सारेर चुनाव जित्ने परिपाटीको अन्त्य हुने कुरालाई जोड दिदै क्षेत्रिले अव जनताले त्यस्ता नेता र दलहरुलाई चिन्न आग्राह गरेका छन् ।
अभियानमा गुल्मीका चुनावी अभियान जन परिचानल समितिका संयोजक एवं केन्द्रिय सदस्य दिनेश पन्थी, ३ नम्वर क्षेत्रिय चुनाव परिचालन समिति संयोजक बुद्धि जि.सी., राज्य समिति सदस्यहरु देविराम अर्याल, सुर्यबहादुर बुढा, शाहिद परिवार जिल्ला अध्यक्ष घनाश्याम पराजुली, जिल्ला सदस्य दुर्गाचन्द्र बोहरा, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भरत पाण्डे लगायतको सहभागिता रहेका छ ।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
गुल्मी, २३ असोज– गुल्मी जिल्लाको ग्वाघा गाविसमा आज राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भुर्तङ्ग प्रहरी चौकी इन्चार्ज पशुपती बोहोराका अनुसार बुटवलबाट खाध्य सामाग्री लिएर भुर्तुङ्ग तर्पm जा“दै गरेको लु. २ त. ६१४३ नम्बरके ट्याक्टर ग्वाघा गाविसको वार्ड नं. २ गम्देबेलौनी भन्ने स्थानमा राती दुर्घटनामा परेको थियो । दुर्घटनामा भुर्तुङ्ग गाविस वार्ड नं. ४ का ट्याक्टर मालिक नवराज श्रेष्ठ र भुर्तुङ्ग गाविस वार्ड नं. ५ का गुनबहादुर किसानको घटनास्थलमै मृत्यु भएको प्रहरी हवल्दार बोहोराले बताउनु भयो । ट्याक्टर सडकबाट झण्डै ७० मिटर तल खसेको छ । घटनामा ट्याक्टर चालक भुर्तुङ्ग गाविस ४ कै कुमार थापा र हुमबहादुर राना सामान्य घाइते भएको र उनीहरुको शान्तिपुर हेल्थपोष्टमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Posts (Atom)