Tuesday, September 13, 2011

सुरु भयो भ्रमण गर्न


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो विदेश भ्रमण अमेरिकाबाट थाल्नु हुने भएको छ । प्रधानमन्त्री डा. भट्टराई आगामी असोज ३ गतेबाट सुरु हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लाग्नुभएको हो ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठका अनुसार प्रधानमन्त्री भट्टराईसहितको टोली असोज २ गते-सेप्टेम्बर १९ तारिख) न्यूयोर्क जाने तयारीमा छ । उहाँले भन्नुभयो-’प्रधानमन्त्री भट्टराई राष्ट्रसंघको महासभामा भाग लिन जानुहुन्छ । असोज २ गते जानेगरि तयारी भइरहेको छ ।’
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखाले गृहकार्य गरिरहको छ । बालुवाटार श्रोतका अनुसार बिदेश भ्रमणमा जाँदा राज्यकोषबाट रकम खर्च हुने भएकाले अत्यावश्यक ब्यक्तिसहितको सानो टीममात्र लैजाने गरि तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री डा. भट्टराईसँगै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सरकारका मुख्य सचिव माधव घिमिरे, प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव गंगा श्रेष्ठ, अर्थमन्त्री बर्षमान पुनसहित ११ जनाको टोलीमात्र भ्रमणमा सहभागी हुने बताइएको छ । ‘यसअघि धेरै जम्बो टोली जाने गरेको यहाँहरुलाई थाहै छ’ श्रोतले भन्यो-’तर, यस पटक प्रधानमन्त्री स्वयंमले नगई नहुने अधिकारीहरुलाई मात्र लैजाने बताउनु भएकाले टोली सानो हुनेछ ।

६८ वर्षीय वृद्ध एसएलसी उत्तीर्ण

२५ भदौ, वीरगन्ज । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणको पात्र बनेका पर्साको दुर्गमबस्ती ठोरीका ६८ वर्षीय आशबहादुर गुरुङ अन्ततः प्रवेशिका परीक्षा उत्तीर्ण हुन सफल भएका छन् ।नेपाल राष्ट्रिय उच्च मावि, ठोरीबाट यस वर्षको प्रवेशिका परीक्षा दिएका ६८ वर्षीय गुरुङलाई अङ्ग्रेजी र गणित विषय लागेकोमा गत साउनमा सम्पन्न भएको पूरक परीक्षामा उनी उत्तीर्ण भएका हुन् । भारतको आछाम राइफलमा काम गरी अवकाश भएपछि आफ्नो जीवनको उत्तरार्द्धमा पढ्न सुरु गरेका उनी एसएलसी परीक्षा उत्तीर्ण भएपछि उत्साहित भएका छन् ।एसएलसी पूरा गर्ने आफ्नो चाहना पूरा भएकाले अब उच्च शिक्षालाई पनि निरन्तरता दिने उनले बताए । नातिनातिनासँगै एसएलसी दिएका गुरुङ विभिन्न सामाजिक क्षेत्रसँग सम्बद्ध संघसंस्थाहरुमा पनि आबद्ध छन् । उनी कक्षा ८ मा भर्ना भएदेखि नै राससले उनको पढाइप्रतिको रुचिको समाचारलाई निरन्तर प्रकाशन गर्दै आएको छ । रासस

Monday, September 12, 2011

संवैधानिक समितिको बैठक निष्कर्षहीन


२७ भदौ, काठमाडौँ । भावी संविधानको पहलो एकीकृत मस्यौदा तयार पार्ने मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक बिनानिष्कर्ष सकिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा विवाद समाधान उपसमितिले हालसम्म गरेका कामको प्रगति समीक्षा गरिएको थियो । बैठकमा संविधान निर्माण क्रममा देखिएका जटिलता हटाउने विषयमा छलफल भए पनि कुनै सहमति नभएको सदभावना नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसले शान्तिप्रक्रिया टुंगो नलागेसम्म संविधान लेखनको काम रोक्नु पर्ने अडान लिएको बुझिएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान लेखन भन्दा पहिला शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउनु पर्ने अडान दोहोर्‍याएर केहीबेरमै बैठक कक्षबाट बाहिरिनुभएको थियो ।
माओवादीले भने विवाद समाधान गर्न नसक्ने भए उपसमितिको अस्तित्व राखिरहनुको कुनै औचित्य नरहने भन्दै उपसमिति विघटनको प्रस्ताव गरेको बुझिएको छ । संयोजकसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले उपसमिति विघटनको प्रस्ताव राख्नुभएको एक सदस्यले जानारी दिए । बैठकमा उपसमितिको म्याद थपका विषयमासमेत छलफल भए पनि कुनै निष्कर्ष भने आउन सकेन । साना दलका सभासदहरुले भने समयमै संविधान बन्न नसक्नुको दोष ठूला दललाई दिएका थिए । बैठकमा संविधान निर्माणका क्रममा राज्य पुर्नसंरचनाका विषयमा देखिएको विवाद सुल्झाउे विषयमा छलफल भए पनि सहमति हुन नसकेको बैठकपछि नेताहरुले बताए ।
पूर्व एजेण्डबिना नै समितिको बैठक डाकिएको भन्दै स्वतन्त्र सभासद बबन सिंह संसद् सचिवालयको छिँडीमा बैठक अवधिभर एक्लै धर्नामा बसेका थिए । छिल्लोपटक संविधानसभाको म्याद तीन महिना थपिएपछि समितिको बैठक पहिलोचोटि बसेको हो । संधिवानसभाको पछिल्लोपटक थपिएको अवधि सकिन साढे दुई महिना बाँकी छँदा दलहरुबीच भावी संधिवानको शासकीय स्वरुप र निर्वाचन प्रणाली तथा राज्य पुर्नसंरचना गरी कूल ४८ विषयमा अझै विवाद छ 

गुल्मी जिल्लामा रहेका ७९ गाविसहरु |गुल्मीन्युज डट कम

गुल्मी जिल्लामा रहेका ७९ गाविसहरु |

Nepali Movies Collection: Available All Nepali Movie List

Nepali Movies Collection: Available All Nepali Movie List: Nepali Babu (नेपाली बाबु) Greater Nepal (ग्रेटर नेपाल) यतिको खोजिमा (Yeti Ko Khojima) Kanyadaan (कन्यादान) Mr. Don (मिस्टर डन) Mrityunjaya...

गुल्मीमा व्यावसायिक गाईपालनले सफल


केही समय अघिसम्म पांच लिटर दुध जम्मा गर्न सिंगो गाउ डुल्नुपर्ने गुल्मीमा अहिले एकै परिवारले  दैनिक दश लिटरसम्म दुध बिक्रि गर्न लागेका छन् । परम्परागत भैंसी पालन गरेका किसानले अहिले उन्नत जातका गाईपालन गर्न लागेपछि दुग्ध उत्पादनमा वृद्धि भएको हो। जिल्ला पशु सेवा कार्यालयले  उन्नत जातका गाइपालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेपछि गुल्मीमा गाईपालनले व्यावसायिक सफलता प्राप्त गरेको हो।
थानापति गाविस एक जना किसान दुई वटा गाई पालेर दुध विक्रि गरी मासिक रुपमा २५ देखी ३० हजार रुपैया आम्दानी गर्न सफल भएको वताउछन्। गुल्मी जिल्लामा व्यावसायिक रुपमा गाईपालन गर्नेहरुको संख्या एक सयभन्दा बढी पुगेको छ भने दैनिक एक हजार लिटरभन्दा वढी दुध उत्पादन हुन थालेको छ। युवाहरु व्यावसायिक पशुपालन कार्यमा संग्लन हुन थालेपछि किसानले जिल्लामा उत्पादित दुध पोखरासम्म पुर्‍याउने तयारी गरेका छन्
रोजगारीको खोजीमा युवाहरु विदेशिने क्रम चलेको बेला थानपती, हर्दीनेटा, बलेटक्सारलगायत एक दर्जनभन्दा बढी गाउ विकास समितिका यूवाहरुले तराईँवाट उन्नत जातका गाई पालन गरी दुधबाट राम्रो आम्दानी गर्न लागेका हुन्। स्थानीय तहमा व्यावसायिक रुपमा पशुपालन गरी दुध उत्पादन गर्ने कार्य गुल्मीका पूर्व सांसद् कमल श्रेष्ठले शुरुवात गरेपछि हाल व्यावसायिक गाई पालन गर्ने किसानको सहकारी सस्थाको संख्या  १३ पुगिसकेको छ भने दैनिक ५ सय लिटर दुध पाल्पाको तानसेनमा विक्रिका लागि पुर्‍याउने गरिएको छ।
                       समाचार सवार गुल्मीन्युज डट कम-बाट 

नेपाल २-० ले पराजित भयो ।


एएफसी अन्डर १६ च्याम्पियनसिप छनौट चरण अन्तरगत दशरथ रङ्गशालामा भएको खेलमा बल अघि बढाउदै सिरियाका खेलाडी र उनलाई पछ्याउँदै नेपाली खेलाडी ।खेलमा नेपाल २-० ले पराजित भयो ।