२७ भदौ, काठमाडौँ । भावी संविधानको पहलो एकीकृत मस्यौदा तयार पार्ने मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक बिनानिष्कर्ष सकिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा विवाद समाधान उपसमितिले हालसम्म गरेका कामको प्रगति समीक्षा गरिएको थियो । बैठकमा संविधान निर्माण क्रममा देखिएका जटिलता हटाउने विषयमा छलफल भए पनि कुनै सहमति नभएको सदभावना नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसले शान्तिप्रक्रिया टुंगो नलागेसम्म संविधान लेखनको काम रोक्नु पर्ने अडान लिएको बुझिएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान लेखन भन्दा पहिला शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउनु पर्ने अडान दोहोर्याएर केहीबेरमै बैठक कक्षबाट बाहिरिनुभएको थियो ।
माओवादीले भने विवाद समाधान गर्न नसक्ने भए उपसमितिको अस्तित्व राखिरहनुको कुनै औचित्य नरहने भन्दै उपसमिति विघटनको प्रस्ताव गरेको बुझिएको छ । संयोजकसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले उपसमिति विघटनको प्रस्ताव राख्नुभएको एक सदस्यले जानारी दिए । बैठकमा उपसमितिको म्याद थपका विषयमासमेत छलफल भए पनि कुनै निष्कर्ष भने आउन सकेन । साना दलका सभासदहरुले भने समयमै संविधान बन्न नसक्नुको दोष ठूला दललाई दिएका थिए । बैठकमा संविधान निर्माणका क्रममा राज्य पुर्नसंरचनाका विषयमा देखिएको विवाद सुल्झाउे विषयमा छलफल भए पनि सहमति हुन नसकेको बैठकपछि नेताहरुले बताए ।
पूर्व एजेण्डबिना नै समितिको बैठक डाकिएको भन्दै स्वतन्त्र सभासद बबन सिंह संसद् सचिवालयको छिँडीमा बैठक अवधिभर एक्लै धर्नामा बसेका थिए । छिल्लोपटक संविधानसभाको म्याद तीन महिना थपिएपछि समितिको बैठक पहिलोचोटि बसेको हो । संधिवानसभाको पछिल्लोपटक थपिएको अवधि सकिन साढे दुई महिना बाँकी छँदा दलहरुबीच भावी संधिवानको शासकीय स्वरुप र निर्वाचन प्रणाली तथा राज्य पुर्नसंरचना गरी कूल ४८ विषयमा अझै विवाद छ
No comments:
Post a Comment