चितवनको पिप्लेकी सात वर्षीय एक चेपाङ बालिकालाई नजिकैको जङ्गलमा लगेर स्थानीय एक युवाले बलात्कार गरेका छन् । बलात्कार पछी बालिकालाई भरतपुरमा उपचारपछि आज घर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बलात्कार गर्ने पिप्ले ७ सिमराका १६ वर्षीय किरण राई फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
शुक्रबार राति बालिकामाथि बलात्कार भएपछि प्रहरीलाई समयमै खबर गर्दासमेत दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले हिजो झन्डै पाँच घन्टा हेटौँडा नारायणगढ सडक बन्द गरेका थिए। प्रहरीले तीन दिनभित्रमा दोषी पत्ता लगाएर कारबाही गर्ने प्रतिबद्धता जनाएपछि राजमार्ग सुचारु भएको थियो।

No comments:
Post a Comment