Monday, September 12, 2011

चालु आर्थिक वर्षको बजेट परिमार्जन हुदैनः अर्थमन्त्री



अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको बजेट परिमार्जन नगरि आगामी असोजभित्र पारित हुने दाबी गर्नुभएको छ । यसअघि सरकार गठनका क्रममा मधेशी मोर्चा र एकीकृत माओवादीवीच वजेट परिमार्जन गर्ने सम्झौता भएको थियो ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले सरकारले चालू वर्षको वजेट परिमार्जन नगरी जस्ताको तस्तै पारित गर्ने दाबी गर्नुभएको हो । बजेट पास गर्न समयतालिका समेत तय भइसकेको भन्दै उहाँले सरकारले अब बजेट कार्यान्वयनलाई ध्यान दिने बताउनुभयो ।

क्यासिनो विवाद पनि सरकारले चाँडै अन्त्य गर्ने दावी गर्दै मन्त्री पुनले क्यासिनोको वक्यौता रकम सरकारले इजाजत प्राप्त संस्था वा व्यक्तिवाट नै असुल गर्ने बताउनुभयो । नक्कली भ्याट बिलमा संलग्न व्यवसायीको नाम सार्वजनिक गर्न व्यवसायीहरुले नै माग गरिरहेपनि मन्त्री पुनले भने कानुनी प्रावधानका कारण
नाम सार्वजनिक गर्न कठिन भएको जिकिर गर्नुभयो ।

औद्योगिक सुरक्षा र लगानी मैत्री वातावरण निर्माण गर्न सरकार, व्यवसायी र मजदुर युनियनवीचको संयन्त्र गठन गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाइ छ । दशै, तिहार, छठ जस्ता पर्वमा उपभोक्तालाई सहुलियत दरमा खाद्यवस्तुको प्रवन्ध गरिने अर्थमन्त्रीले बताउनुभयो । मिसावट नियन्त्रण र कालोवजारी नियन्त्रणका लागि अनुगमन र कारवाहीलाई तीव्रता पार्ने मन्त्री पुनले बताउनुभयो
 

No comments:

Post a Comment